काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रमा समेट्ने सुझाव दिन आग्रह गरेको छ।
नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिएको सुझाव समेट्ने उद्देश्यले फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको हो।
कांग्रेसले महामन्त्री गगन थापा नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ।
टोल फ्रि नम्बर १६६००११५८८८ मार्फत् तथा ९८५१३४२५५५ नम्बरमा भाइबर गरेर सुझाव दिन पनि सकिने कांग्रेसले जनाएको छ।
आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले बुधबार दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकसमेत बोलाएको छ।
पार्टीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तयरी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।