• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
भरतपुर महानगरमा गठबन्धनलाई चुनौतीका रुपमा हेरेका छैनौँ : विजय सुवेदी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  ०९:३४
1140x725

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मतबाट निर्णय गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीसमेत सहभागी नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पाँच दलीय गठबन्धन एकातिर र एमाले एकातिर भएर स्थानीय तहको निर्वाचनमा होमिने परिस्थिति निर्माण हुँदै गर्दा एमालेले एक कदम अघि बढेर उम्मेदवार टुंगो लगाएको हो।

सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए। तीन कार्यकाल नेकपा एमाले चितवनको जिल्ला नेतृत्व हाँकिसकेका सुवेदी अहिले पार्टीको बागमती प्रदेश कमिटी सचिव छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा स्नातक तथा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बुद्धिजम’मा स्नातकोत्तर गरेका सुवेदीसँग आसन्न स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

पार्टीले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। यसलाई कसरी लिनुभएको छ?
म पहिलेदेखि नै जनतासँग जोडिएर काम गर्न चाहने मानिस हुँ। परिणाममुखी काम गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै मान्यता हो। यसअघि मैले पार्टी अध्यक्षलाई टिकटको लागि भनेको थिएँ तर अहिले टिकटका लागि अनुरोध गर्न गएको थिइनँ। हाम्रै जिल्लाका नेताहरुको सरसल्लाहअनुसार नै अहिले मलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको हो। जनतासँग जोडिएर काम गर्न चाहेकाले नै मलाई साथीहरुले उपयुक्त ठान्नुभएको हो।

२०७४ को निर्वाचनमा पनि मैले मेयरको उम्मेदवार हुन्नँ, बरु वडाध्यक्ष हुन्छु, सांसद हुन्न भनेको थिएँ। तर, पछि मेयरमा मभन्दा सिनियर देवी ज्ञवालीजी उम्मेदवार बन्नुभयो। त्यतिबेला वडाध्यक्षको सबै टुंगो लागिसकेको थियो। त्यसपछि प्रदेश सभाको निर्वाचनमा पार्टीले नै उम्मेदवार बनाएपछि निर्वाचित भएको थिएँ। मैले जति सकेँ, प्रदेश सांसद भएर भूमिका खेलेँ। तर, अब मेरो इच्छा भनेको जनतासँग दैनिक रुपमा जोडिएर जनताकै सेवा गर्ने भन्ने हो। महानगरीय सरकारमार्फत त्यो बढी सम्भव हुने भएकाले यो जिम्मेवारीमा आउन चाहेको हो।

पाँचदलीय गठबन्धन एकातिर छ, अर्कोतिर एमाले एक्लै छ। तपाईंले कसरी भरतपुर महानगरमा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ?
चितवन भनेको साक्षर मानिसहरुको बसोबास भएको ठाउँ हो। केही नयाँ सुरुवात हुन्छ भने त्यो चितवनबाट नै हुन्छ। २०३६ देखि २०४६ साल लगायतका विभिन्न आन्दोलनमा पनि चितवनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसैले यहाँ धेरै सचेत नागरिक हुनुहुन्छ। आज हामी जुन अवस्थामा छौं, यो अवस्थाबाट पार हुन चाहन्छौँ। चितवन एउटा योग्य र सफा स्वच्छ शहर बनोस् भन्ने सबैको चाहना पनि छ। त्यो चाहना पूरा गर्नको लागि अहिले कोसँग कहाँ गठबन्धन भयो भनेर होइन, त्यो परिकल्पना पूरा गर्न सक्ने मानिसलाई नै जिताउने हो।

यहाँका आम मानिसले पनि बुझेका छन्, किन गठबन्धन गर्ने, जनता जसलाई चाहन्छन्, उसैलाई भोट दिन्छन्। आ-आफ्नै हिसाबले चुनावमा जाऔँ, प्रतिस्पर्धा गरौँ भन्ने मेरो मान्यता हो। जनताले जिम्मेवारी दिए काम गर्ने हो। दिएनन् भने जबर्जस्ती गठबन्धन वा अन्य केही गरेर बस्ने काम नगरौँ भन्ने मेरो बुझाइ हो। गठबन्धनलाई मैले धेरै चासोको रुपमा लिएको छैन। म यति चाहन्छु कि प्रजातान्त्रिक किसिमको संस्कारयुक्त साथी प्रतिस्पर्धामा आउनुभयो भने प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिन्थ्यो।

पाँच दल एकातिर हुँदा त एमालेलाई चुनौती नै होला नि, होइन र?
अघिल्लो पटक पनि भरतपुरमा गठबन्धन भएकै हो र नेकपा एमालेले एक्लै चुनाव लडेको हो। हाम्रा उम्मेदवार देवी ज्ञवालीलाई एमालेले मात्रै मतदान गरेका थिएनन्, सबैले मतदान गरेका थिए। त्यस कारणले गठबन्धन भन्ने कुरा केही निश्चित कार्यकर्तासँग जोडिएको विषय मात्रै हो। तर, आम जनताको कुराचाहिँ गठबन्धनसँग जोडिँदैन। मतदाताले स्वतन्त्र रुपमा नै मत हाल्ने कुरा हो। यति धेरै पार्टी भनेर केही हुँदैन। हामीलाई जनताले भोट दिएर जिताउनुहुन्छ। त्यसैले पाँच दल मिले भन्दैमा चुनौती छ भन्ने रुपले बुझ्दैनौं।

भरतपुर महानगरमा एमालेले पनि कसैसँग तालमेल गर्छ कि?
अहिलेसम्म पार्टीले केन्द्रबाट तालमेल गर्ने कुरा गरेको छैन। गठबन्धन भनिएका दलहरु कसरी आउँछन्, त्यो हेर्छौँ। त्यसपछिको परिस्थिति कस्तो बन्छ र केन्द्रले के भन्छ, त्यसै अनुसार नै निर्धारण हुन्छ। तर, मलाई के लाग्छ भने गठबन्धन गरेर जानेभन्दा पनि जो उठ्ने हो, आ–आफ्नो हिसाबले प्रतिस्पर्धा गर्नु उपयुक्त हुन्छ। त्यसको आधारमा जनताले मतदान गर्छन्। गठबन्धन भएमा थोरै मतको मात्रै प्रभाव पर्ने हो, ठूलो प्रभाव पर्दैन।

गठबन्धन भयो र अहिलेकै मेयरले टिकट पाएमा उहाँसँग नै तपाईंले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ नि। कठिन हुँदैन?
म उम्मेदवारको रुपमा प्रस्तावित भएको छु। अब अर्को पक्ष गठबन्धन गरेर हुन्छ वा छुट्टाछुट्टै आउनुहुन्छ, जसरी आए पनि हाम्रो प्रतिस्पर्धा त स्वभाविक नै भइहाल्छ। चाहे अहिलेको मेयर नै उम्मेदवार हुनुहोस् वा कांग्रेसको होस् वा अन्य कुनै उम्मेदवार होस्, जो भए पनि स्वस्थ हिसाबले प्रतिस्पर्धा गरौँ, जनताले आफूले विश्वास गरेकालाई मत दिइहाल्नुहुन्छ। पदमा पुग्नका लागि कुनै पनि प्रकारको गलत काम नहोस्। हाम्रो संस्कार, संस्कृति, प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गर्नुपर्छ। जस्तो, यसअघि चुनाव जित्नका लागि गरिएका कामहरु नगरौँ। हामीले निर्वाचन आयोगको आचारसंहितालाई अक्षरश: पालना गरेर प्रतिस्पर्धामा जाऔँ भन्ने नै हो।

भरतपुर महानगरको मेयर लड्दै गर्दा तपाईंले जनतासँग भोट माग्ने आधार के हुन्?
२०७२ मा संविधान जारी भएपछि संघीय शासनअनुसार महानगरीय सरकार बनेको छ। जनतासँग प्रत्यक्ष जोडिएको सरकारका रुपमा स्थानीय सरकार रहेको हुन्छ। त्यस कारणले गर्दा यो सरकारले जनताको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्नुपर्ने हुन्छ। सुरुमा त मैले महानगरका सम्पूर्ण नागरिकहरुको अभिलेख राख्ने काम गर्नेछु। त्यसको आधारमा गरिबीको रेखामुनि रहेका जति पनि मानिसहरु हुनुहुन्छ, उहाँहरुको शिक्षा, स्वास्थ्य, खानेबस्ने लगायतका समस्याहरुलाई सम्बोधन गर्ने नै हुन्छन्।

कुनै पनि मानिस भोकै बस्नु हुँदैन भन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर नै काम गर्छु। भौतिक पूर्वाधार विकासको हकमा गुरुयोजना नै बनाएर काम अघि बढाउने हो। भरतपुरलाई कस्तो महानगर बनाउने भन्ने गुरुयोजना बनाएर त्यसैअनुसार अघि बढ्छौँ। यहाँको भौतिक, पर्यावरणीय र वातावरण, सामाजिक, सांस्कृतिक लगायतको योजना बनाएर अबको १० वर्षभित्रमा कस्तो महानगर बनाउने भन्ने उद्देश्य राखेर आगामी ५ वर्षमा एउटा स्वरुप दिने भन्ने नै हो। 

प्रत्येक वर्षको कार्ययोजना छुट्टाएर काम गर्छौं। नेपालकै नमूना महानगरको रुपमा अघि बढाउने भन्ने योजना हो। अहिलेदेखि नै योजना बनाएर काम गरेमा नमूना सहरको रुपमा विकास गरेर लैजान सक्ने पर्याप्त सम्भावना रहेको ठाउँ हो, भरतपुर महानगर। अहिलेसम्म हामीले राजनीतिक क्रान्ति गर्‍यौं। अब आर्थिक, सामाजिक क्रान्तिको समयमा छौँ। त्यसैले गर्दा जनताको जीवनस्तर परिवर्तन गर्ने कुरा नै महत्त्वपूर्ण पक्ष हो भन्ने छ। त्यसैले भरतपुरलाई नमुना सहर बनाएर देखाउनका लागि एमालेलाई जिताउनुस् भनेर नै हामी महानगरवासीसँग भोट माग्छौं।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ)
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक बुधबार, असार १८, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्