• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
एन्फा नेतृत्वको अक्षमताले ‘रमिता’ बनेको अल्मुताइरी–नेम्वाङ विवाद
64x64
दीप सुवेदी बिहीबार, भदौ १०, २०७८  २१:१९
1140x725

राजनीति र अहिलेको खेल संरचनालाई छिचोल्ने हो भने नेपाली फुटबल कुनै पहाड भन्दा कम लाग्दैन। जसलाई पछिल्लो समय छिचोल्ने प्रयास गरेका थिए, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले। 

गत वर्षको अन्त्यतिर कतार फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिन आएका अल्मुताइरीलाई सुरुदेखि नै नेपाली फुटबल राजनीतिसँग जोडिएका केही ‘खेलाडी’ अर्थात् स्वार्थ समूहले विवादमा तान्ने कोसिस गरेका थिए। तर, प्रतिकूल अवस्थामा पनि उनले विश्वकप छनोट खेलमा नेपालको प्रदर्शनको स्तर खस्कन दिएनन्। 

उनको आगमनसँगै नेपाली स्ट्राइकरलाई ‘गोल हान्न नसक्ने’ भनेर लाग्दै आएको 'दाग’ केही हदसम्म मेटिएको थियो। उनको नेतृत्वमा ४ खेल खेल्ने क्रममा नेपालको प्रदर्शन सुधारिएको देखेपछि नेपाली फुटबलको सर्वोच्च निकाय, अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उनको सम्झौता अवधि बढाएको थियो। 

तर, करिब ५ महिना नेपाली फुटबललाई प्रशिक्षण दिने क्रममा उनी विवादको भूमरीमा परिरहे। उनलाई पहिले फुटबल नै खेलाउन नआउने प्रशिक्षक भएको आरोप लगाउने एउटा झुण्ड थियो। तर, विश्वकप छनोटमा नेपालको सुधारिएको प्रदर्शनपछि उनीविरुद्धको यो आरोप मत्थर भयो। 

त्यसपछि उनलाई मैदानभित्रको गतिविधिमा होइन, मैदानबाहिरको गतिविधिमा तान्ने काम भयो। उनको फुटबल खेलाउने शैलीको होइन, चुरोट पिउने शैलीको विरोध भयो। 

मैदान बाहिरको यही शैलीका कारण अल्मुताइरी यतिबेला विवादमा तानिएका छन् भने एन्फाको समग्र नेतृत्व त्यसमा 'नालायक' देखिएको छ। 

मैदानबाहिरको कुरामा आफूलाई बारम्बार विवादमा तान्ने काम भएपछि अल्मुताइरीले सामाजिक सञ्जालमा  एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दै आफूले प्रशिक्षकबाट राजीनामा गर्न लागेको घोषणा गरे। 

त्यतिबेला कतार दूतावासको पहलमा उनलाई राजीनामा गर्नबाट रोकिएको थियो। दूतावासको पहलमा एन्फाका शीर्ष पदाधिकारी, प्रशिक्षक अल्मुताइरी र नेम्वाङसहित तीनै पक्षलाई एकै ठाउँ राखेर समस्याको समाधान निकाल्न खोजिएको थियो। 

Ncell 2
Ncell 2

नेम्वाङले बैठकभन्दा एक दिनअघि कतारी राजदूतले राखेको प्रस्तावलाई स्वीकार गर्दै बैठकमा उपस्थित हुने जानकारी दिएका थिए। तर, भोलिपल्ट सम्पर्कबिहिन बनेका नेम्वाङले कतारी राजदूतको ‘मानमर्दन’ गरे। 

नेम्वाङको यो हर्कतबाट कतारी राजदूत दुःखी बने। उनले यसलाई आफूप्रति लक्षित नभइ कतार सरकारलाई होच्च्याउने घटनाको रुपमा लिए। 

कामको व्यस्तताले कतारी राजदूत स्वदेश फर्किएको बेला नेम्वाङको आग्रहमा नेपाल घोडचडी संघका अध्यक्ष रविराज कर्णिकारले प्रशिक्षक अल्मुताइरी र नेम्वाङबीच पुनः वार्ता गराएका थिए। पहिलो वार्ता गराउन पनि कर्णिकारको भूमिका महत्वपूर्ण थियो। 

नेम्वाङले आफूलाई अनादर गरेपनि कतारी राजदूतले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद मिल्छ भने किन पछि हट्ने भन्दै कर्णिकारलाई फोनमार्फत् वार्ता सम्पन्न गराउने ‘अथोरिटी’ दिएका थिए। 

ठमेलमा भएको वार्तामा दुवै पक्षले एकअर्काको सम्मान गर्ने र विवादभन्दा पनि मिलेर नेपाली फुटबलको विकासमा अगाडि लैजाने सहमति बनेको थियो। वार्तामा दुवै पक्षले आफूहरु मिलेको सन्देशसहितको विज्ञप्ती सार्वजनिक गर्ने वचनवद्धता प्रकट गरेका थिए। 

तर, प्रशिक्षक अल्मुताइरी राष्ट्रिय टोलीको अभ्यासका लागि पोखरा उडेपछि घटनाक्रममा नयाँ ‘ट्विस्ट’ आयो। उनले एक दुई दिन भन्दै कर्णिकारलाई झुलाइरहे। यसैबीच विवाद समाधानका लागि भन्दै एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई छानबिन गर्ने अधिकार प्रत्यायोजन गर्‍यो। 

अल्मुताइरी राखेपको छानबनिको रिपोर्ट आफ्नो पक्षमा आउनेमा ढुक्क थिए। सम्भवतः एन्फा पदाधिकारीले उनलाई आश्वस्त पनि तुल्याएका थिए। तर, बुधबार राखेपले छानबिन कमिटीको रिपोर्ट सार्वजनिक गर्ने क्रममा अल्मुताइरीलाई आचरण सुधार गर्न सुझाव दियो।  

छानबिन कमिटीको रिपोर्ट सार्वजनिक भएपछि अल्मुताइरीले ‘आएम आउट, लेट्स डु वर्क पोलिटिक्स ...’ भन्दै सोसल मिडियामा एउटा सन्देश पोस्ट गरे। उनको यो सन्देशले उनी कुनै पनि बेला प्रशिक्षक पद त्यागेर फर्किने सम्भावना बढेको छ। 

कतारी राजदूतको आग्रहमा दोस्रोपल्ट भएको वार्ता सहमतिमा टुंगिएपनि अल्मुताइरीले हस्ताक्षर नगर्दा यो परिस्थिति निर्माण भयो। 

एन्फा नेतृत्वको अक्षमता
प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको लफडामा एन्फा नेतृत्वको भूमिकालाई लिएर पनि शंका गर्ने अनेकौ ठाँउ देखिन्छन्। नेम्वाङ र अल्मुताइरीबीचको सम्बन्धको तितोमिठो कडी एन्फा नेतृत्वलाई पहिले नै थाहा नभएको होइन। आफै वरिष्ठ उपाध्यक्ष भएर प्रशिक्षकविरुद्ध आउने समाचार लाइक गर्ने, शेयर गर्ने जस्ता कार्यले प्रतिशक्षकप्रति नेम्वाङको नजरिया ठिक थिएन भन्ने एन्फाका पदाधिकारीहरुलाई जानकारी थियो। 

अझ, प्रशिक्षकको खेलाउने योग्यता भन्दा पनि व्यक्तिगत चरित्रको विषयमा प्रश्न उठाउने खेल पत्रकारहरु प्रायः नेम्वाङको कार्यकक्षमा देखिनु संयोग मात्र थिएन। यति हुँदाहुँदै पनि फुटबलभित्रको विवाद खेलकुद मन्त्रालय हुँदै राखेपमा छानबिनका लागि पठाउनु एन्फा नेतृत्वको सबैभन्दा ठूलो कमजोरी थियो 

सामाजिक सञ्जालमा लेखिएको विषयलाई ठूलो ‘इस्यु'  बनाएर, आफूले छलफल तथा सहमतिमा टुंग्याउनै नसक्ने गरी मन्त्रालय पठाउनुले एन्फा नेतृत्वको नालायकी उदांगो भयो। यसले वर्तमान एन्फा नेतृत्वको हविगत दर्शाउँछ। 

त्यसैले हुनसक्छ, राखेपको छानबिन कमिटीको रिपोर्टमा पनि एन्फा नेतृत्वलाई नसिहत दिइएको छ– आपसी विवाद कि घरमा सुल्झाउनू, नभए राखेपमा ल्याउनू भनेर। यसको स्पष्ट अर्थ हो, विवाद जति बढायो, बदनामी एन्फा नेतृत्वकै हुन्छ। 

राखेपलाई पनि यो कुराको हेक्का नभएको होइन। संयमित स्वभावका सदस्य सचिव रमेश सिलवालसमेत विवादले अर्को रुप लिनेबारे जानकार थिए। उनले आफ्नो विवाद आफैं हल गर्न पहलसमेत नगरेका होइनन्। गत बिहीबार ललितपुरस्थित एक होटलमा उक्त विवाद सुल्झाउन गरिएको छलफलमा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्यसमेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय सहभागी थिए।

यता, राखेपको तर्फबाट सदस्यसचिव सिलवाल, संयोजक पुरेन्द्रविक्रम लाखे, समितिका अन्य तीन सदस्य सहभागी थिए।

करिब तीन घण्टा छलफल चले पनि त्यसले कुनै निष्कर्ष निकाल्न सकेन। ‘आफ्नो घरमा लागेको आगोले छिमेकीको घरलाई पनि हानी गर्ने निश्चित थियो। यहीकारण हामीले विवाद मिलाउन पहल गरेका थियौं। प्रशिक्षक राख्ने कि नराख्ने भन्दा  एन्फा अध्यक्षले राख्ने भन्नुभयो। त्यसो भए विवाद सुल्झाउनुस् भन्दा होइन, हामीलाई प्रतिवेदन चाहिन्छ भन्नुभयो,’ सदस्यसचिव सिलवालले भने। 

उनी शेर्पा र तुलाधरको फट्याइँकै कारण विवाद लम्बिएको र फरक नतिजा आएको दाबी गर्छन्। 

‘विवाद मिलाउँदै जाँदा कुरा सरीमा अड्किएको थियो। वरिष्ठ उपाध्यक्षले मेरो मान–मर्यादामा दाग लाग्यो, ‘सरी’ माग्न लगाइदिनु भनेकाले मैले आग्रह गर्दा महासचिव तुलाधरले ‘उहाँले सरी भन्नुहुन्न त्यसैले म सक्दिनँ’ भन्नुभयो। त्यसपछि एन्फा अध्यक्षलाई यसबारेमा प्रशिक्षकलाई एक पत्र काटिदिनुस् भन्दा म पनि गर्न सक्दिनँ भन्नुभयो। माफी माग्नु नमाग्नु आफ्नो ठाउँमा थियो। तर, एन्फा नै यो विवाद समाधान गर्ने मुडमा देखिएन। यो फट्याइ जस्तै हो’, सदस्य सचिव सिलवालले भने।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ बुधबार, जेठ ७, २०८२
एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति ? बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला बुधबार, जेठ ७, २०८२
सिग्मा कलेजको क्यान्टिनमा आगलागी बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्