• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
जम्न नसकेका ज्ञानेन्द्र  करण चम्किँदै 
64x64
दीप सुवेदी शनिबार, भदौ ११, २०७९  १९:४८
1140x725

काठमाडौं– पछिल्लो समयमा नेपाली क्रिकेटमा धेरै उत्तरचढाव आए। कहिले प्रशिक्षकको राजीनामा त कहिले खेलाडी वर्गीकरणको विवादले नेपाली टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन। यता, राष्ट्रिय टोलीमा १६ वर्ष योगदान दिएका ज्ञानेन्द्र मल्ल पनि लामो समय मैदान बाहिर रहे। 

करिब ५ महिना मैदान बाहिर रहेर सबैभन्दा भरपर्दा र अनुभवी ब्याट्सम्यानको रुपमा नेपाली टोलीमा पुनरागमन गरेका ज्ञानेन्द्रबाट मुख्य प्रशिक्षक मनोज प्रभावकरले कम्तिमा सुधारिएको प्रदर्शनको आशा राख्दै आएका छन्। त्यसैले होला उनले केन्याविरुद्धको ५ टी२० आई सिरिजका सुरुआती खेलमा मल्ललाई नै मौका दिइरहेका छन्। 

तर, ज्ञानेन्द्रले भने आशाअनरुप खेल प्रदर्शन गर्न सकेका छैनन्। नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा जारी सिरिजमा मल्लले दुई खेलमा ३४ बलमा २४ रन मात्र बनाए। पहिलो सिरिजमा ३० बलमा २३ रन बनाएका मल्ल दोस्रो खेलमा भने १ रनमै समेटिन पुगे। यी दुवै खेलमा मुख्य प्रशिक्षक मनोजले पछिल्लो समय उत्कृष्ट लयमा रहेका युवा ब्याटर देव खनाललाई बेञ्चमा राख्दै मल्ललाई मौका दिएका थिए। तर, लामो समयपछि मैदानमा देखिएका मल्ल चुस्त देखिएनन्। 

पहिलो खेलमा ओपनर पवन सराफ आउट भएपछि मैदान छिरेका मल्ललाई २३ रन बटुल्न निक्कै संघर्ष गर्नुपरेको थियो। ३० बलमा ३ चौका मात्रै प्रहार गरेका मल्लले कुनै समय पनि अनुभवी ब्याट्सम्यानको रंग देखाउन सकेनन्। उनलाई विराज पटेलले ११औं ओभरको अन्तिम बलमा राकेप पटेलको हातबाट क्याच गराए। 

लगत्तै रोहित पौडेल आउट भएपछि समस्यामा परेको नेपाललाई मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेखले २४ रन बटुल्दै नेपाललाई ५ विकेटको जित दिलाएका थिए। तर, दोस्रो दिन भने नेपाली टोलीले केन्यासँग पहिलोपटक हार बेहोर्‍यो। 

सन् २०१३ मा भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा ६ विकेटको पराजय भोगेको केन्याले नेपाललाई १८ रनले पराजित गर्न पुग्यो। यो खेलमा न ज्ञानेन्द्र चले न दीपेन्द्र र आरिफ नै। 

सन् २०१३ मा केन्याविरुद्ध मैदान उत्रिँदाको टोलीमा मल्ल पनि थिए। त्यस खेल खेलेका शेम एनगोचे, एलेक्स ओबान्डा, कोलिन्स अबुया, राकेप पटेल, एलिजाह ओटिएनो र नेहेमिह ओडएम्बो अहिले पनि केन्याको टोलीमा छन्। उक्त खेलमा शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जिताएका थिए। अन्तिम ओभरमा शरदले ३ छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए।

तत्कालीन कप्तान पारस खड्का तथा सुवास खकुरेलले ५४-५४ र शरदको अविजित २३ रन मद्दतमा नेपालले १८३ रनको लक्ष्य दुई बलअगावै ४ विकेट गुमाएर पूरा गरेको थिए। त्यही खेलबाट शरदले ‘मिस्टर फिनिसिर’को उपनाम पाएका थिए। शरदको उत्कृष्ट फिनसिङले केन्याका राकेप पटेलको शतक नै छायामा परेको थियो।

Ncell 2
Ncell 2

त्यसअघि सन् २०१२ मा भएको टी–२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र केन्याबीच खेल भएको थियो। उक्त खेल नेपालले ३ विकेटले जितेको थियो।

सामान्य खेल, अपेक्षा धेरै
सन् २०१४ मा हङकङविरुद्धको पहिलो टी–२० आई खेलमा डेब्यू गरेका मल्लले त्यसयता ४२ खेल खेलिसकेका छन्। यसबीचमा ७७७ रन बटुलेका ज्ञानेन्द्रले १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। 

सन् २०१९ मा सिंगापुरमा आयोजना भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा ५१ रन प्रहार गरेका मल्लले त्यसैवर्ष घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध कीर्तिमानी शतक बनाएका थिए। ५५ बल खेल्दै १०७ रन मल्लले ५ चौका र ९ छक्का प्रहार गरेका थिए। 

त्यसयता मल्ल खराब प्रदर्शन र लगातार पाइरहेको अवसर सदुपयोग गर्न नसकेको भन्दै लगातार आलोचनाको शिकार भइरहेका थिए। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमासमेत आलोचना हुन थालेपछि तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले मल्ललाई यूएईमा गत मार्च २१ मा भएको विश्वकप लिग टू अन्तर्गत घरेलु टोलीसँग खेलेको खेलयता टोलीबाट बाहिर राख्दै आएका थिए।  उनको अनुपस्थितिमा नेपालले यस अवधिमा ३ आधिकारिक र २ अनौपचारिक सिरिज खेलेको थियो। यी ५ सिरिजमा ज्ञानेन्द्रलाई नै बाहिर राखेर पूर्वप्रशिक्षक पुबुदुले युवा खेलाडीको प्रयोग गरेका थिए।

मल्लको अनुपस्थितमा यू–१९ टोलीका कप्तानसमेत रहेका देव खनाललाई मैदान उतारिएको थियो। ३ नम्बरमा उत्रिएका देवले यसैवर्ष मार्च २५ मा घरेलु मैदानमा आयोजना भएको पपुवा न्यू गिनीविरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसयता १० एकदिवसीय खेल खेलेका देवले २ अर्धशतकसहित ५३ रन बनाइसकेका छन्। 

बलिङकै भरमा नेपाल
केन्या भ्रमणमा रहेको नेपाली टोलीले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ। दुवै खेलमा टस जितेर पहिला बलिङमा उत्रिएको नेपालले केन्यालाई सस्तैमा समेटेको थियो। पहिलो खेलमा निर्धारित २० ओभरमा केन्यालाई १३० रनमा रोकेको नेपालले दोस्रो खेलमा पनि आफ्नो दबदबा कायमै राखेको थियो। 

जारी प्रतियोगितामा नेपाली टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेले ५ विकेट लिसकेका छन्। यता, दीपेन्द्र ४ विकेट लिँदा सोमपाल कामीले भने ३ विकेट लिएका छन्।

नेपालले पहिलो जित बलरको राम्रो प्रदर्शनले हासिल गरेको बताउँछन् कप्तान सन्दीप। ‘हामीले सोच अनुसार नै बलिङ गरेका छौं। यसले केन्यालाई दबाब राखेको छ। हामीले दुवै खेलमा सामान्य लक्ष्य पाएका थियौं, बलियो ब्याटिङ लाइनअप हुँदा पनि लक्ष्य पूरा गर्न सकेनौं।’

करण चम्किँदै 
नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। शुक्रबार केन्यासँगको दोस्रो टी–२० म्याचमा २ विकेट लिएसँगै करणले सय विकेट पूरा गरेका हुन्।

उनले १०१ अन्तर्राष्ट्रिय विकेट लिइसकेका छन्। ४० टी–२० आईमा उनले ५९ रन विकेट लिएका छन्। जसमा एक ह्याट्रिक पनि समावेश छ। २१ रन दिएर ५ विकेट लिनु करणको उच्च टी–२० आई बलिङ स्पेल हो। यसका साथै उनले २५ एकदिवसीयमा ४३ विकेट लिएका छन्। एकदिवसीय उनको उच्च प्रदर्शन ३३ रन दिएर ५ विकेट लिनु हो।

नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान कप्तान सन्दीपको नाममा रहेको छ। उनले कूल १ सय ४७ विकेट लिइसकेका छन्। उनले टी–२० आईमा ७८ र एकदिवसीयमा ६९ विकेट लिएका छन्। यस सूचीको तेस्रो स्थानमा सोमपाल कामी छन्। उनले कूल ८० अन्तर्राष्ट्रिय विकेट लिएका छन्। उनले एकदिवसीय ४३ र टी–२० आईमा ३७ विकेट लिएका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
एन्फासँग अल्मुताइरीको टसलले प्रदीपलाई दशैंमा परेको ‘चिठ्ठा’!
सम्बन्धित सामग्री
थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १ सय ५९ रनको लक्ष्य दिएको छ । मंगलबार, जेठ ६, २०८२
थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुर... मंगलबार, जेठ ६, २०८२
हैदरावाद संग पराजित भए संगै प्ले अफ दौडबाट बाहिरियो लखनउ २०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो । २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्