• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा
64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  ०९:३२
1140x725

काठमाडौं– यस सिजन (२०२३/२४) जिरोनाको प्रदर्शन साँच्चै प्रशंसनीय छ। ट्रान्सफर मार्केटको भ्यालुअनसार रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड जस्ता पावरहाउसभन्दा पछि छैटौं स्थानमा रहेको क्याटलान क्लब जिरोना ला–लिगाको आधा सिजन सकिँदा शीर्ष स्थानको लागि प्रतिस्पर्धा गरिरहेको छ।

ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान अंक (४८) का साथ शीर्ष स्थानको प्रतिस्पर्धामा छ। समान अंक भए पनि गोल अन्तरका आधारमा मात्रै रियल मड्रिड शीर्ष स्थानमा छ।

जारी सिजन जिरोनाले सरप्राइज नतिजा दिँदै आइरहेको छ। डेफिन्डिङ च्याम्पियन बार्सिलोनालाई ४–२ र एथ्लेटिको मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै जिरोनाले महत्त्वपूर्ण जित निकालेको छ।

यसबाहेक प्रशिक्षक मिशेलको कमाण्डमा रहेको जिरोनाले सबैभन्दा बढी आक्रमण लाइनलाई धारिलो बनाएको छ। १९ खेल सकिँदा ४६ गोल गर्दै सबैभन्दा बढी गोल गर्नेको सूचीमा जिरोना अगाडि छ। समान अंक भए पनि कम गोल खाएको आधारमा शीर्ष स्थानमा रहेको रियल मड्रिडको जबकी ४० गोल मात्रै छ।

आफूले गरेको गोल र खाएको गोलको अन्तर जिरोनाको २२ छ। जुन शीर्ष स्थानमा रहेको रियलको पछि दोस्रो फराकिलो अन्तर हो। अहिलेसम्म ला–लिगामा जिरोनाले एक खेलमात्रै हारेको छ। त्यो पनि शीर्ष स्थानको रियल मड्रिडसँग। १९ खेल सकिँदा १ खेल हारेको जिरोनाले ३ खेल बराबरी खेलेको छ भने १५ खेलमा जित निकालेको छ।

सिजन २०२३/२४ सुरु हुनु अघिसम्म फुटबल विश्लेषकहरु जिरोनाको अहिलेको चमत्कारबारे अड्कलसम्म काट्न सकेका थिएनन्। सिजन २०२३/२४ को ला–लिगाको उपाधि जित्नेहरुको सूचीमा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिल्लालाई क्रमश टप चार राख्दै विश्लेषण गरिएको थियो।

तर फुटबल विज्ञहरुको गरेको उक्त विश्लेषणलाई फ्लप खुवाउने गरी अहिले जिरोनाले ला–लिगामा चमत्कार गरिरहेको छ। आफ्नो इतिहासमै अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सुरुवात गर्दै जिरोनाले आफूलाई उपाधी दाबेदारमा राखेको छ। 

jirona-(1)-1704710645.jpg
जिरोनाको यो सफलताको आर्टिटेक्चरको रुपमा मुख्य प्रशिक्षक मिचेल उर्फ मिगुएल एन्जल सान्चेन मुनोजलाई लिइन्छ। मड्रिडका ४७ वर्षीय प्रशिक्षक मिचेलको आक्रामक फुटबल खेलाउने शैलीलाई जिरोनाको सफलतासँग जोडिएको छ।

Ncell 2
Ncell 2

जिरोनाको क्लबको इतिहासमा मिचेलको प्रशिक्षकत्वको यो नै अहिलेसम्मकै उत्कृष्ट सफलता हो। मिचेलले यो सफलतालाई सामान्य रुपमा भने लिएका छैनन्। उनले यसअघि स्पेनिस फुटबलको शीर्ष डीभिजनमा रायो भाल्कानोका र हुएस्काको प्रशिक्षक भएर काम गरेका थिए। उनको कोचिङ करिअर नै यी दुई क्लबबाट भएको थियो।
 
तर यी दुबै क्लब उनको प्रशिक्षकत्वम रेलिगेशमासमेत परेका थिए। र मिचेललाई दुबै क्लबले बर्खास्तसमेत गरेका थिए। यसअघि दुई वटा क्लबमा प्रशिक्षक भएर काम गरेका र दुबैमा बर्खास्त परेका उनै मिचेल अहिले जिरोनामा आएर चमत्कार गरिरहेका छन्। एस्टाडी मोन्टिलिभी (गिरोनाको रंगशाला) मा  मिचेल उत्रिएपछि धेरै सुधार भयो।

मिचेलको प्रशिक्षणमा २०२१/२२ मा जिरोना सेगुन्डा डिभिजनमा छैटौं स्थानमा रह्यो। सेगुन्डा डिभिजनका टप ३ क्लबहरु ला–लिगामा बढुवा हुन्छन् भने टप ६ मध्ये अन्तिमका ३ क्लबले ला–लिगा खेल्नका लागि प्लेअफ खेल्ने मौका पाउँछन्। छैटौं स्थानमा रहँदै सेगुण्डा डिभिजन टुंग्याएको जिरोनालाई प्लेअफमार्फत् मिचेलले ला–लिगामा बढुवा गराए।

त्यसपछिको गत सिजन मिचेलले ला–लिगाको १० औं स्थानमा राख्दै जिरोनामा धेरै सुधार गरे। जारी सिजन त जिरोनाले चमत्कार गरिहरेको छ। रेलिगेशनमा पर्दै लगातार तीन सिजन ला–लिगाबाट बाहिरिएको जिरोनाको अहिलेको यो सफलतामा प्रशिक्षक मिचेल भन्छन्, ‘मलाई थाहा छ कि तीन सिजनमा हामी बाहिर रह्यौं। जसकारण ला–लिगामा आउनु हाम्रो पहिलो उदेश्य थियो। अब हाम्रो लक्ष्य उपाधी हो।’

जिरोनाको सफलतामा सबैभन्दा बढी भूमिका अट्याक लाइनको रहेको बताइएको छ। डिफेन्स लाइन जति गिरोनाको मजबुद छ त्योभन्दा बढी अट्याकिङ लाइन तगडा छ। यो तथ्यांकले पनि पुष्टि गरेको छ। ला–लिगाको सबैभन्दा बढी गोल गर्ने टिम नै अहिले गिरोना हो।

त्यसैगरी गोलका चान्स क्रिएयट गर्न पनि जिरोना माहिर छ। जिरोनाको यो सफलतमा मुख्यगरी प्रशिक्षक मिचेल नै जोडिन्छन्। किनकी उनी आफैं एक कुशल गोलस्कोरर थिए। धेरै समय ला–लिगा क्लब रायो भाल्कानोमा बिताएका मिचेल उक्त क्लबका लागि अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

जसकारण पनि उनले आफ्नो टिम गिरोनाको आक्रमण पंक्ति धारिलो पार्नुलाई स्वभाविक रुपमा लिइएको छ।
 
मिचेल आफ्नो फरवार्ड लाइनबाट ढुक्क देखिन्छन्। जुनसुकै बेला पनि कमब्याक गर्नसक्ने मानसिकतामा उनी ढुक्क देखिन्छन्। त्यसैले मिचेल भन्छन्, ‘म खेलको आक्रमणको बारेमा चिन्तित छैन। किनकी हामीसँग धेरै विकल्पहरु छन्। हामी कुनै पनि विपक्षीलाई समस्यामा ल्याउन सक्छौं।’

jirona-(2)-1704710644.jpgउनले भनेजस्तै साँच्चै गिरोनामा अहिले फरवार्ड लाइनको चिन्ता छैन। गिरोनाका जुनसुकै खेलाडीले जतिबेला पनि गोल गर्नसक्ने क्षमता देखाइसकेका छन्। नभन्दै उनैले भनेजस्तो ९० मिनेटपछि अतिरिक्त समयमा गोल गर्दै एथ्लेटिकोविरुद्ध ४–३ को नतिजा जिरोनाले निकालेको थियो। जिरोनाको अहिलेसम्मको यो सबै सफलतामा टिमवर्कले काम गरेको मिचेलको भनाइ छ।

जिरोनाले यो सिजन टिमका महत्त्वपूर्ण खेलाडीहरु ओरियोल रोमेउ, ट्याटी कास्टेलानोस, रोड्रिगो रिक्वेल्मेजस्ता खेलाडी गुमाएको थियो। तर गिरोनाका स्पोर्टिङ विभागका डाइरेक्टरले उनीहरुको अभाव खड्किन नदिने गरी पूर्ति गरिदिए।

यो जिरोनाका लागि निकै नै रोमान्चक समय हो। मिचेलसँग गिरोनाले सन् २०२६ सम्मको सम्झौता गर्नुको पछाडि पनि अहिलेको यो सफलता जोडिएको छ। मिचेलका प्रशिक्षकत्वमा धेरै सफलताका कथाहरु लेखाउने बाटोमा अहिले गिरोना छ।

यो प्रभावशाली फर्मलाई कायमै राख्न सके जिरोनाले फुटबलमा नयाँ कथा जन्माउने र ऐतिहासिक उपलब्धिहरु हात पार्न सक्ने फुटबल पण्डितहरुले लख काट्न थालेका छन्।

यस्तै एउटा सफलताको कथा सिजन २०१५/१६ मा लेस्टर सिटीले कोरेको थियो। क्लाउडिओ रानिरीको प्रशिक्षकत्वमा रहेको लेस्टरले त्यतिबेला प्रिमियर लिगको उपाधि जित्दै सनसनी मच्चाएको थियो।

यस्तै अर्को सफलता सिजन २०२०/२१ मा लिलेले दिएको थियो। लिग वानको चमत्कारीक प्रदर्शन गर्दै लिले च्याम्पियन बनेको थियो। नेयमार, एमबाप्पले सम्मिलित टिम पीएसजीलाई पराजित गर्दै एक दशकपछि उपाधी उचाल्दै लिले विश्वलाई चकित पारेको थियो।

यी सफलताका कथाहरु अहिले जिरोनाका प्रेरणका स्रोतहरु हुन्। अब प्रश्न उठ्छ के जिरोनाले इतिहास रच्न सक्छ र इतिहासमै पहिलो पटक ला–लिगा च्याम्पियन बन्न सक्छ? यो प्रश्नको जवाफ भने सिजनको बाँकी खेलमा भर पर्छ। यदी जिरोनाले यही लय कायमै राखे नयाँ इतिहास बनाउने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
गभर्नर सिफारिस समितिको बैठक जारी
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्