• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
डाक्टर बन्न किर्ते कागजात : जीपीए पुर्‍याउन यसरी अंक बढाएर सर्टिफिकेट किर्ते गरियो
64x64
नारायण अधिकारी बुधबार, वैशाख २९, २०७८  १९:५४
1140x725

काठमाडौं– चिकित्सा शिक्षा अध्ययनका लागि कागजात किर्ते गरेको आरोप लागेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालकको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा पुगेको छ। 

नेपाल मेडिकल काउन्सिल (एनएमसी) इलिजिबिटी कमिटीका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको पालामा एमबीबीएस अध्ययन गर्न बंगलादेश, चीन गएकामध्ये ७ जना विद्यार्थीका शैक्षिक प्रमाणपत्र किर्ते भएको भन्दै त्यसको छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थियो। 

पक्राउ परेका ७ जना डाक्टरहरुले एमबीबीएस अध्ययन गर्ने बेलामा लिनुपर्ने इलिजिबिटीका लागि एनएमसीमा पेश गरिएका डकुमेन्ट नै नक्कली भएको निष्कर्ष सीआईबीले निकालेको छ। एनएमसीमा पेश गरिएको मार्कशिट भेरिफाइका लागि सीआईबीले राष्ट्रिय परीक्षा बोर्डमा पठाएकोमा 'नट भेरिफाइड' भनेर आएको छ। 

तर, प्रहरीले पक्राउ गरेपछि उनीहरुको साथबाट बरामद गरेका सर्टिफिकेट भने सक्कल नै रहेको भनेर परीक्षा बोर्डले प्रमाणित गरेको छ। जसकारण उनीहरुले एनएमसीमा पेश गरेको सर्टिफिकेट नक्कली रहेको पुष्टि भएको हो। 

बंगलादेश, चीनमा एमबीबीएस अध्ययन गर्न जाँदा सरकारी कलेजमा अध्ययन गर्न ८ जीपीए र निजी कलेजमा अध्ययन गर्न ७ जीपीए चाहिन्छ। त्यसका लागि पनि निश्चित विषयमा न्यूनतम अंक ल्याउनुपर्ने भनेर तोकिएको हुन्छ। अध्ययन गर्नका लागि जीपीए पुर्‍याउन र निश्चित विषयमा चाहिने न्यूनतम अंकका लागि अंकभार समेत थपघट गरिएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी गंगा पन्तले बताइन्।

कसको कति अंक थपघट ?
सप्तरी, मकरपूरा–९ घर भएका ३१ वर्षीय अखिलेश कुमार देवको एसएलसीको ऐच्छिक गणितको १ अंक घटाएर स्वास्थ्य, जनसंख्या तथा वातावरणमा १ अंक बढाइएको पुष्टि भएको छ। कक्षा ११ को बायोलोजीमा स्टार रिमार्कस भएकोमा कक्षा १२ मा १४ अंक बढाइएको छ। त्यसैगरी फिजिक्समा १४ अंक र केमेस्ट्रिमा २ अंक बढाएको पुष्टि भएको छ। ग्याप नदेखाउन पास भएको वर्षसमेत सच्चाएको पाइएको छ।  उनले चीनको हुबेई युनिर्भसिटी फर नेसनालिटीमा एमबीबीएस अध्ययन गरेका थिए। उनले सन् २०२० मा एमबीबीएस सकेका हुन्। 

जनकपुरबाट पक्राउ परेका सुभाषप्रसाद साहको एनएमसीमा पेश भएको सर्टिफिकेटको विवरणसँग राष्ट्रिय परीक्षा बोर्डको विवरण मेल खाँदैन। एसएलसीको मार्कसिटको विवरणमा उनले परीक्षा वर्ष नै फरक पारेका छन्। जम्मा प्राप्ताङ्क नबढाए पनि कुनै विषयको नम्बर यताको उता, उताको यता पारिएको छ। गणितको ४ अंक घटाइएको छ। विज्ञानमा ५ अंक बढाइएको छ। सामाजिक शिक्षाको ८ अंक घटाएर ३ अंक स्वास्थ्य जनसंख्या तथा वातावरणमा थप गरिएको छ। ५ अंक भने ऐच्छिक गणितमा थप गरिएको छ। हेल्थ एण्ड साइक्लोजीमा ३ अंक बढाइएको छ। उनले सन् २०१७ मा बंगलादेशको ट्रष्ट मेडिकल कलेज चटगाउँ विश्वविद्यालयबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। साहले एनएमसीबाट अस्थायी चिकित्सा सेवा गर्न पाउने अनुमति लिएका छन्।

रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा दीपेन्द्र गौतमको एसएलसीको परीक्षा वर्ष फरक छ। कक्षा ११ को केमेस्ट्रिमा ५ अंक बढाएर बायोलोजीको ५ अंक घटाइएको छ।

उनले ढाका नेशनल मेडिकल कलेजबाट एमबीबीएस उत्तिर्ण गरेका हुन्। उनले एसएलसीमा ६३.५ प्रतिशत र प्लस टु मा ६६.८ प्रतिशत अंक ल्याएका थिए।

फराज हुसेन खाँको एनएमसीमा पेश भएको एसएलसीको मार्कसिटको सिरियल नम्बर र परीक्षा वर्ष फरक पारिएको छ। कक्षा ११ मा फिजिक्समा १० अंक बढाएर बायोलोजीको १० अंक घटाइएको पाइएको छ। कक्षा १२ मा भने नेपालीको २ अंक र फिजिक्सको १ अंक घटाएर बायोलोजीमा १ अंक र केमेस्ट्रिमा २ अंक थप गरिएको पुष्टि भएको छ।

उनले बंगलादेशको इब्राहिम मेडिकल कजेलबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। सन् २०१९ मा एमबीबीएस सकेर उनी नेपाल आएका थिए।

धनुषा, सवैला नगरपालिका–५ घर भइ दीर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत २८ वर्षाीय मोहम्मद शाहिद राजाले एसएलसीमा सामाजिक विषयको २ अंक घटाएर ऐच्छिक गणितमा २ अंक थप गरेका छन्। उनले बंगलादेशको नर्थ इष्ट मेडिकल कलेजबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। 

महोत्तरी, मनरा–५ घर भई भक्तपुर बस्ने २७ वर्षीया पल्लवी सिंहको पनि एसएलसीको मार्कसिटमा अंक थपघट गरिएको छ। नेपालीको अंक घटाएर अंग्रेजीमा २ अंक थप गरिएको छ। उता गणितमा ७ अंक थप गरेर सामाजिकको ५ अंक घटाइएको छ। उनी ललितपुरकै किष्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन्।

सप्तरी, विष्णुपुर–२ घर भइ न्यूरो अस्पताल विराटनगरमा कार्यरत २८ वर्षीय मोहमद सिद्दिकीको पनि एनएमसीमा पेश भएको सर्टिफिकेट किर्ते भएको पुष्टि भएको छ। एसएलसीको अंग्रेजी विषयमा उनले २ अंक थप गरेका छन्। विज्ञानमा ७ अंक घटाइएको छ भने स्वास्थ्यमा ४ अंक थप गरिएको छ। सामाजिकमा ६ अंक घटाइएको छ। हेल्थ एण्ड साइक्लोजीमा ७ अंक थप गरिएको छ।

एनएमसीको इलिजिबिटी सर्टिफिकेटबिनै कन्सल्टेन्सीले बंगलादेश पठाएपछि फिर्ता
आरोपित सबै विद्यार्थीले आफूलाई लागेको आरोपबारे इन्कारी बयान दिएका छन्। किर्ते सर्टिफिकेट बनाइएकोबारे केही पनि जानकारी नभएको उनीहरुको दाबी छ। यसरी बयान दिनेमध्ये आरोपित विद्यार्थी अखिलेश कुमार देव पनि हुन्। उनले  ज्योति दिप कन्सल्टेन्सीका सञ्चालक अरुणकुमार चौधरीले इलिजिबिटी सर्टिफिकेटबिनै आफूलाई बंगलादेश पठाएको र पछि फर्केर आउनु परेको बताएका छन्।

अखिलेश कुमार देवले प्रहरीसमक्ष  दिएको बयान–
एमबीबीएस पढ्ने उद्देश्यले कन्सल्टेन्सी बुझ्ने क्रममा अरुणकुमार चौधरीले सञ्चालन गरेको ज्योति दीप कन्सल्टेन्सीमा पुगेको थिएँ। त्यसपछि अरुणले सहजै बंगलादेश अध्ययन गर्न पठाइदिने आश्वासन दिए। मेरा सबै ओरिजिनल डकुमेन्ट, फोटा र प्रोसेसिङ चार्ज भनेर १ लाख समेत दिएँ। 

अरुणले सबै प्रक्रियाहरु पूरा गरी सम्पूर्ण कागजातहरु आफ्नो साथमा राखी मलाई प्लेन टिकट मात्र दिएका थिए। यकिन मिति याद छैन, दिउँसोको २/३ बजेको फ्लाईटमा म लगायतका ५/७ जना बिद्यार्थीहरु अरुणसँगै बंगलादेशको ढाकामा गएका हौं। बंगलादेशमा पुगेपछि साथीहरुले डकुमेन्ट साथमा छ भनि मसँग सोधेकोले मेरो सबै डकुमेन्टहरु अरुण कुमार चौधरीसँग छ, मैले बोकेको छैन भने। 

साथीहरुले नेपाल मेडिकल काउन्सिलको इलिजिबिटी सर्टिफिकेट भएमात्रै बंगलादेशमा अध्ययन गर्न पाइन्छ, नत्र पाइँदैन भने। त्यसपछि अरुणसँग सम्पर्क गर्दा उक्त लेटर ल्याउन केही दिन लाग्छ भनेपछि म बंगलादेशबाट फर्कि नेपाल आएँ। त्यसपछि म बंगलादेश नजाने बताएपछि अरुणले १ लाख प्रोसेसिङ चार्ज र बंगलादेश जाँदा लागेको खर्च काटेका थिए। त्यसपछि सन् २०१३ मा  पुतलीसडकमा रहेको डाक्टर मिसन कन्सल्टेन्सीमार्फत सबै प्रोसेसिङ गरी चाइना गएर एमबीबीएस अध्ययन गरेको हो। मेरो सर्टिफिकेट सच्याएको बारेमा मलाई केही पनि थाहा छैन।

विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्र नक्कली बनाउने काम आफूहरुलाई अध्ययनका लागि विदेश पठाउने बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक अरुण कुमार चौधरी, बागबजारमै रहेको ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानले गरेको हुनुपर्ने दाबी गरेका छन्। कन्सल्टेन्सी सञ्चालकले भने आफूहरुको काम प्रोसेसिङ मात्रै भएकाले किर्तेको बारेमा केही जानकारी नभएको दाबी गरेका छन्। यद्यपि सीआईबीले किर्ते काम कन्सल्टेन्सीले गरेको र त्यसमा विद्यार्थीले थाहा पाएर पनि चुप लागेर बसेको निष्कर्ष निकालेको छ।

यो पनि पढ्नुहोस्

डाक्टर बन्न किर्ते कागजात : कन्सल्टेन्सीले ‘नक्कली कागजपत्र’ बनाएको सिआइबीको निष्कर्षमंगलबार, वैशाख २८, २०७८

 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्