• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डाक्टर बन्न किर्ते कागजात : कन्सल्टेन्सीले ‘नक्कली कागजपत्र’ बनाएको सिआइबीको निष्कर्ष
64x64
नारायण अधिकारी मंगलबार, वैशाख २८, २०७८  ०७:०६
1140x725

काठमाडौं– शैक्षिक प्रमाणपत्र कीर्ते गरेर नक्कली प्रमाणपत्रका आधारमा डाक्टरी अध्ययन गरेको आरोप लागेका ७ जना डाक्टरसहित दुई कन्सल्टेन्सी सञ्चालकहरुमाथिको अनुसन्धान सकिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पेश गरेको छ। 

२५ दिन लामो अनुसन्धान गरेर सोमबार रायसहित फाइल सरकारी वकिल कार्यालयमा पेश गरिएको सिआइबीका प्रवक्ता तथा एसपी गंगा पन्तले बताइन्।

एसएलसी लगायतका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर–२ घर भई न्यूरो अस्पताल विराटनगरमा कार्यरत २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भई जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भई दिर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ घर भई चौरजहारी अस्पतालमा कार्यरत रहेका दिपेन्द्र गौतम पक्राउ परेका थिए। उनीहरुसँगै सप्तरी मकरपुरा–९ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई भक्तपुर बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका–२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि पक्राउ परेका थिए।

उनीहरुका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक महोत्तरीका अरुण चौधरी, बागबजारमै रहेको ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सिआइबीले पक्राउ परेका थियो। 

पक्राउ परेका ९ जनालाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको अनुसन्धान प्रतिवेदन सिआइबीले बुझाएकोे छ। उनीहरु सबैलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेपर्ने भन्दै रायसहित प्रतिवेदन बुझाइएको एसपी पन्तले नेपाललाइभलाई जानकारी दिइन्।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ मा लिखत सम्बन्धी कसुरको बारेमा उल्लेख छ। परिच्छेद २५ को दफा २७६ मा कसैले पनि कीर्ते गर्नु वा गराउनु नहुने उल्लेख गरिएको छ। राष्ट्रपति र प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको र अदालतको फैसला वा आदेश बाहेक अन्य कागजात कीर्ते गर्नेलाई सरकारी वा सार्वजनिक लिखतसम्बन्धी मुद्दा लाग्ने उल्लेख छ।

पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसुरको सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुरमा सजाय माग गर्दै सिआइबीले फाइल पेश गरेको हो।

कन्सल्टेन्सी र विद्यार्थीको भनाई बाझियो
पक्राउ परेका कन्सल्टेन्सी सन्चालक र विद्यार्थीहरुले भने एक अर्कालाई दोषी देखाएर उम्कने प्रयास गरेका छन्। उनीहरुको बयान नै एक आपसमा बाझिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। विद्यार्थीहरुले भने डकुमेन्ट कीर्ते गर्ने काममा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

कन्सल्टेन्सीमा आफूहरुले डकुमेन्ट दिएको र कन्सल्टेन्सीले नै सबै प्रोसेसिङ गर्ने भएकाले नक्कली डकुमेन्ट बन्यो या बनेन भन्ने आफूहरुलाई जानकारी नै नभएको उनीहरुको तर्क छ। कतिपय विद्यार्थीले भने पक्राउ परेपछि मात्रै आफ्नो डकुमेन्ट कीर्ते गरेर बनाइएको थाहा पाएको दाबी गरेका छन्।

उता कन्सल्टेन्सी सञ्चालकले भने आफूले विदेश अध्ययनका लागि प्रोसेसिङ मात्रै गरेकाले यसमा विद्यार्थी आफैं जानकार हुनुपर्ने दाबी गरेका छन्। ‘सबै डकुमेन्ट विद्यार्थीले नै ल्याएर दिने हो हामीले त प्रोसेसिङ मात्रै गरिदिने हो। यसमा हाम्रो कुनै संलग्नता छैन’ पक्राउ परेका कन्सल्टेन्सी सञ्चालकको बयान उद्दृत गर्दै एक अधिकारीले भने, ‘सर्टिफिकेट, नागरिकतादेखि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर र नेपाल मेडिकल काउन्सिल (एनएमसी)को डकुमेन्ट पनि विद्यार्थीले नै ल्याउने हो। यसमा हाम्रो संलग्नता छैन।’

कन्सल्टेन्सीले नै नक्कली डकुमेन्ट एनएमसीलाई बुझाएको सिआइबीको निष्कर्ष
एसएलसी र प्ल टु को नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेको सिआइबीले भने एउटा महत्वपूर्ण प्रमाण भेटाएको छ। शैक्षिक प्रमाणपत्र कीर्तेमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे पनि कन्सल्टेन्सीमार्फत नै नेपाल मेडिकल काउन्सिलमा (एनएमसी) मा नक्कली शैक्षिक प्रमाणहरु पुगेको प्रमाण सिआइबीले फेला पारेको छ। 

सिआइबीका प्रवक्ता पन्तले भनिन्, ‘कन्सल्टेन्सी सञ्चालकहरुको भूमिका चाहिँ के भन्नेबारे हामीले अनुसन्धान गर्दा उनीहरुले नै कीर्ते गरी नक्कली डकुमेन्ट बनाएको र कन्सल्टेन्सीमार्फत नै एनएमसीमा नक्कली डकुमेन्ट पुगेको प्रमाण फला परेको छ।’

विदेशमा एमएबिबिएस अध्ययनका लागि पेश गरिएका शैक्षिक प्रमाणपत्र मध्य कम अंक भएकाहरुलाई कन्सल्टेन्सीले नै कीर्ते गरी पेश गरेको निष्कर्ष सिआइबीको छ। उनीहरुको भिषा लागेपछि त्यसवापतको शुल्क लिनका लागि कन्सल्टेन्सीकै योजनामा यो काम भएको सिआइबीको निष्कर्ष छ। एमबिबिएस अध्ययनका लागि अंक पुग्नेहरुको पनि शैक्षिक प्रमाणपत्र कीर्ते हुनुलाई छात्रवृतिको लोभ देखाएर कन्सल्टेन्सीहरुले रकम असुलेको सिआइबीको निष्कर्ष छ।

आफू संलग्न नभएको दाबी गरे पनि कन्सल्टेन्सीको कीर्ते काम थाहा पाएर पनि चुप लाग्नु र आफ्नो डकुमेन्ट कीर्ते हुँदा विद्यार्थी पनि जिम्मेवार हुनपर्ने भन्दै उनीहरुलाई मुद्दा चलाउनुपर्ने राय सिआइबीको छ।

पुरानो केश र क्रस बोर्डर अनुसन्धान गर्नुपर्ने भएकाले जटिल : प्रवक्ता पन्त
झण्डै २५ दिन लामो अनुसन्धान सकेर रायसहित सरकारी वकिल कार्यालयमा फाइल पठाएको सिआइबीले भने पुरानो केश भएका अनुसन्धानमा केही समस्या देखिएको जनाएको छ। करिब एक दशक पुरानो केश भकाले धेरै प्रमाणहरु फेला पर्न गाह्रो भएको सिआइबीका प्रवक्ता पन्तले बताइन्।

उनका अनुसार यो केश पुरानो हुनाका साथै अन्तरदेशीय अनुसन्धान समेत गर्नुपर्ने भएकाले जटिल भएको उनको भनाई छ। ‘यसको रियल पिक्चर आउन बंगलादेशदेखि चीनसम्म अनुसन्धान गनुपर्ने हुन्छ’ प्रवक्ता पन्तले भनिन्, ‘क्रस बोर्डर अनुसन्धान गर्नुपर्ने भएकाले यसको अनुसन्धान निकै जटिल थियो।’

बंगलादेश, चीनमा अध्ययन गर्न पेश भएका डकुमेन्टलगायतको लिगेशी र तिनीहरुको प्रामाणिकरणसम्मको अनुसन्धान गर्नुपर्ने सिआइबीको तर्क छ। 

यस्तो छ डाक्टरहरुको वास्तविक शैक्षिक प्रमाणपत्र
चीनको हुबेई युनिर्भसिटी फर नेसनालिटीमा एमबिबिएस अध्ययन गररेका अखिलेशकुमार देवले मेडिकल काउन्सिलको परीक्षा दिन बाँकी नै छ। २०६४ सालमा महावीर मावि सप्तरीबाट ६१ एलएलसी उत्तिर्ण गरेका देवले जम्मा ६१ प्रतिशत अंक ल्याएका थिए। 

२०६७ सालमा छिन्नमस्ता एकेडेमीबाट प्ल टु उत्तिर्ण उनको प्राप्तांक ५५ प्रतिशत छ। तर उनको शैक्षिकप्रमाणपत्र कीर्ते गरी अंक बढाएर एमबिबिएस अध्ययन गरिएको थियो। उनले सन् २०२० मा एमबिबिएस सकेका थिए।

जनकपुरको चिल्ड्रेन अस्पतालमा कार्यरत रहेका सुभासप्रसाद साहले २०६३ सालमा सप्तरीको श्री योगकुमार उच्च माविबाट एसएलसी उत्तिर्ण गरेका थिए। त्यसबेला उनको प्राप्तांक ६१ प्रतिशत थियो। २०६६ सालमा प्लस टु उत्तिर्ण गर्दा उनको प्राप्तांक ५५ प्रतिशत छ। उनले सन् २०१७ मा बंगलादेशको ट्रष्ट मेडिकल कलेज चटगाउँ विश्वविद्यालयबाट एमबिबिएस उत्तिर्ण गरेका थिए। एनएमसीबाट अस्थायी चिकित्सा सेवा गर्न पाउने अनुमति साहले लिएका छन्। 

बंगलादेशकै इब्राहिम मेडिकल कजेलबाट एमबिबिएस उत्तिर्ण गरेका थिए फराज हुसेल खाँ ले। २०६४ सालमा आइडियल मोडेल स्कुल ललितपुरबाट एसएलसी उत्तिर्ण भएका उनले त्यसबेला ७१ प्रतिशत अंक ल्याएका थिए भने प्लस टु मा ५५.५ अंक ल्याएका थिए। सन् २०१९ मा एमबिबिएस सकेर उनी नेपाल आएका थिए।

चाबहिलको दिघार्यु अस्पतालमा काम गरेका मोम्मद शाहिद राजाले बंगलादेशको नर्थ इष्ट मेडिकल कलेज विश्वविद्यालयबाट एमबिबिएस उत्तिर्ण गरेका हुन्। उनले एसएलसीमा ६८.६३ अंक र प्लस टुमा ७० अंक ल्याएका थिए। 

ललितपुरकै किष्ट मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत पल्लबी सिंहले छात्रवृतिमा अध्ययन गर्नका लागि शैक्षिक प्रमाणपत्रमा अंक बढाएको आरोप लागेको छ। उनले जनकपुरस्थित सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलबाट एसएलसीमा ७० र प्लस टु मा ६४ प्रतिशत अंक ल्याएकी थिइन्।

बंगलाशदेको बंगाल मेडिकल कलेजबाट एसबिबिएस गरेका मोहम्मद सिद्धिक प्लस टु मा ६० र एसएलसीमा ६८.५ प्रशितत अंक ल्याएका थिए। वल्र्ड भिजन सेकेन्डरी स्कुल सप्तरीबाट उनले एसएलसी उत्तिर्ण गरेका थिए।

ढाका नेशनल मेडिकल कलेजबाट एमबिबिएस उत्तिर्ण गरेका दीपेन्द्र गौतम चौरझारी अस्पताल रुकुममा कार्यरत थिए। उनले एसएलसीमा ६३.५ र प्लस टु मा ६६.८ अंक ल्याएका थिए।

यी विद्यार्थीको सबै नक्कली शैक्षिक प्रमाणपत्र कन्सल्टेन्सी सञ्चालकद्धय अरुण चौधरी र सागिर अहमद खानले बनाएको आरोप छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभामा टेबुल मंगलबार, जेठ २७, २०८२
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्