• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै खान योग्य भनी प्रमाणित गर्ने कर्मचारीलाई कारबाही कहिले?
64x64
हेमन्त जोशी शनिबार, चैत २१, २०७७  १२:०४
1140x725

काठमाडौं- राजस्व चुहावटको कसुरमा राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले एक वर्षअघि समातेको ७२ मेट्रिक टन चिनी अन्तत: नष्ट गरिने भएको छ।

राजस्व अनुसन्धान विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त चिनी गुणस्तरहीन रहेको पत्र पठाएपछि नष्ट गर्न लागिएको हो। चिनी समातिएको एक वर्षपछि नष्ट गर्ने निर्णय भए पनि यसअघि उक्त चिनी उपभोग गर्न योग्य भनी प्रमाणित गर्ने कर्मचारीहरुलाई भने उन्मुक्ति दिइएको छ।

नेपाल लाइभले पहिलोपटक गत जेठ २५ गते ‘तीन महिनादेखि ७२ मेट्रिक टन चिनी राजस्व अनुसन्धानको नियन्त्रणमा, गुणस्तरबारे दुई थरी रिपोर्ट आएपछि अन्योल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन चिनीलाई खान योग्य भनी प्रमाणित गरेपछि यस विषयमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक छानबिन समिति बनाएको थियो।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको चिनी (भारतबाट आयातित) को गुणस्तर परीक्षण सम्बन्धमा गठित छानबिन समिति’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक तथा पशु सेवा विभागका तत्कालीन महानिर्देशक डा. वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइराला सदस्य थिए। यो छानबिन समितिले मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदनमा चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको र गुणस्तर परीक्षणको झुटो रिपोर्ट तयार पारेकोले विभागकी तत्कालीन महानिर्देशक मतिना वैद्य जोशीसहित तीन कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ। कारबाहीको सिफारिस भएका कर्मचारीहरुमा तत्कालीन महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राई पनि थिए।

के थियो विषय? 
२०७६ माघमा काटमाडौंको अनुष्का मल्टिपर्पस कम्पनी प्रालिले भारतको उत्तरप्रदेश बहराइचस्थित सिमभौली सुगर कम्पनी प्रालिले उत्पादन गरेको चिनी भन्सार जाँचपासका लागि ल्यायो। भारतबाट आयात गर्न लागिएको उक्त चिनी भन्सार यार्डमा आइसकेपछि भन्सार कार्यालय जलेश्वरले गुणस्तर चेकजाँचका लागि भन्दै २०७६ फागुन २५ गते खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर पठायो। प्रमाणीकरण कार्यालयले उक्त चिनीको गुणस्तर मापदण्डविपरीत रहेको, चिनीको बोरामा उपभोग्य मिति नराखेको तथा केरमेट गरेको रिपोर्ट भन्सारलाई बुझायो।

भन्सार कार्यालयमा यस्तो प्रतिवेदन आएसँगै उक्त चिनी राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लियो र गुणस्तरको विस्तृत जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल पठायो। विभागले भने उक्त चिनीको गुणस्तर ठीक रहेको र खान योग्य भनी रिपोर्ट राजस्व अनुसन्धानलाई बुझाएपछि गुणस्तर परीक्षणको विषय थप शंकास्पद बन्यो। चिनीको गुणस्तर र लेबलिङबारे एउटै मन्त्रालय मातहतका दुई निकायबाट फरक-फरक रिपोर्ट आएपछि खाद्य प्रविधि विभागको परीक्षणमा शंका देखिएको थियो। गुणस्तरहीन चिनीलाई प्रयोग गर्न उपयुक्त रहेको रिपोर्ट बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीले चलखेल गरेको शंका लागेपछि मन्त्रालयलेसमेत सो विषय छानबिन समिति गठन गरेको थियो।

यो पनि पढ्नुहोस्

खाद्य प्रविधि विभागका महानिर्देशकसहित ३ कर्मचारीलाई कारबाहीको सिफारिसबुधबार, भदौ १०, २०७७

चिनी नियन्त्रणमा लिइसकेपछि राजस्व अनुसन्धान विभागले गत वैशाख १५ गतेको (चलानी नम्बर ५६२) पत्रमार्फत् ‘चिनीको गुणस्तर परीक्षण गरी खान योग्य भए/नभएको र खान योग्य भएको भए खान योग्य मितिसमेत खुलाई पठाइदिनू’ भनी सिलबन्दी नमूनासहित खाद्य प्रविधि विभागलाई पठाएको देखिन्छ। राजस्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृत चुडामणी बस्यालको रोहबरमा मुचुल्का तयार पारी खाद्य प्रविधि विभागलाई पठाएइएको थियो। नमूना चिनीमा ‘लेबल नभएको, नमूना खुल्ला अवस्थामा प्राप्त भएको र प्राप्त नमूनाहरूमा अस्वाभाविक अवस्था वा बाह्य वस्तुहरू भएको नदेखिएको’ कुरा उक्त मुचुल्कामा उल्लेख छ।

Ncell 2
Ncell 2

तर, खाद्य प्रविधि विभागले उक्त नमूनाहरूको परीक्षण गर्दा तोकिएको मापदण्डमा र गुणस्तरअनुरूप रहेको देखिएको भनी वैशाख १७ गतेको पत्रमार्फत् राजस्व अनुसन्धान विभागलाई जानकारी गराएको देखिन्छ। राजस्व अनुसन्धान विभागले दोस्रोपटक गत जेठ ७ गते (चलानी नम्बर १७९६) पत्रमार्फत् चिनीको बोरामा सिजन र प्याकिङ गरिएको मिति लेखिएको स्थानमा हातले सच्याइएको एक बोरा र सिजन र प्याकिङ मिति प्रिन्टेड अवस्थामा रहेको थप एक बोरा गरी समान ५० केजी क्षमताका दुई बोरा चिनी गुणस्तर परीक्षणका लागि विभागमा पठाइएको थियो। उक्त चिनीलाई पनि खाद्य प्रविधि विभागले खान योग्य भन्दै रिपोर्ट बनाएर जेठ १४ गते राजस्व अनुसन्धानलाई बुझाएको देखिन्छ।

छानबिन समितिको प्रतिवेदनमा के छ?
कृषि मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले गत जेठमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशकसहित गुणस्तर चेकजाँचमा संलग्‍न कर्मचारीलाई सोधपुछ गरेको थियो। यसका साथै समितिले चिनीको गुणस्तर परीक्षण गर्दा प्रयोगशालाले अपनाएको प्रक्रिया र विधिसँग सम्बन्धित कागजातहरु पनि नियन्त्रणमा लिई अध्ययन गरेको थियो। नेपाल लाइभलाई स्रोतले उपलब्ध गराएको अध्ययन प्रतिवेदनमा भारतबाट आयात भई राजस्व चुहावट अभियोगमा नियन्त्रणमा रहेको चिनीको गुणस्तर परीक्षण गर्दा खाद्य प्रविधि विभागले गम्भीर त्रुटि गरेको र खान योग्य भनी रिपोर्ट बनाउँदा चलखेल गरेको हुनसक्ने निष्कर्ष निकालेको छ।

‘पैठारीको क्रममा रहेको चिनीको जलेश्वरस्थित गुणस्तर प्रमाणीकरण कार्यालयले गरेको परीक्षणका बारे विभागका महानिर्देशकलाई थाहा नहुनु र परीक्षण प्रतिवेदनको बोधार्थ प्रतिलिपिसमेत विभागमा नहुनु आश्चर्यजनक कुरा हो,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ‚ ‘आयातित चिनीको परीक्षण सम्बन्धमा विभागको लापरबाही देखिनुका साथै प्रचलित कानुनकोसमेत पालना नगरेको पाइएकोले चिनीको परीक्षण कार्यमा संलग्‍न कर्मचारी र विभागका महानिर्देशकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिन्छ।’

 

त्यस्तै खाद्यजस्तो संवेदनशील विषयको परीक्षण मानदण्ड र प्रक्रिया परिभाषित नहुनु, खुला रूपमा प्राप्त नमूना परीक्षण गर्नु, लेबल र व्याच नम्बरसमेत थाहा नपाई परीक्षण प्रतिवेदन दिनु, आफ्नै अन्तर्गतका कार्यालयहरूको परीक्षणहरूबीच एकरूपता कायम नगराउनुजस्ता विषयहरूमा विभागको लापरबाही र बेवास्ता गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ समितिको प्रतिवेदन:

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
बैंक तथा वित्तीय क्षेत्रका आधा दर्जन विधेयक संसद्‍मा, पारित हुने सुरसारै छैन
सम्बन्धित सामग्री
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो ख... सोमबार, जेठ २६, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्