• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
बैंक तथा वित्तीय क्षेत्रका आधा दर्जन विधेयक संसद्‍मा, पारित हुने सुरसारै छैन
64x64
हेमन्त जोशी आइतबार, चैत १५, २०७७  ०९:०५
1140x725
फाइल तस्बिर

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्र, पुँजीबजार र बीमासँग सम्बन्धित ६ वटा विधेयक अहिले संघीय संसदमा छन्। केही नयाँ बन्न लागेका र केही पूराना ऐनहरुलाई संशोधन गर्नेगरी पेश भएका यी विधेयकहरु लामो समयसम्म संसद्‍ नचल्दा र संसद्‍ चल्दा पनि कानुन निर्माणका विषयले प्राथमिकता नपाउँदा लामो समयदेखि अड्किरहेका छन्। 

अहिले प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक, धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, बिमा बिधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता छन। केही विधेयक मस्यौदामाथि संसदीय समितिमा छलफलसमेत भईसकेको छ। तर, संसद्‍बाट कहिले पारित हुन्छन् भन्ने टुंगो छैन। 

बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ असार २७ गते संसद्‍मा दर्ता भएको थियो। त्यस्तै अर्थ मन्त्रालयले २०७६ भदौ २५ गते एकसाथ थप ४ वटा विधेयक दर्ता गरेको थियो। गत असारमा दर्ता भएको कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले पहिलोपटक ल्याउन लागेको कानूनी व्यवस्था हो भने राष्ट्र बैंक ऐन तेश्रो पटक र बाफिया पहिलोपटक संशोधन गर्न लागिएको हो। 

यी विधेयकबारे कुनै प्रक्रिया नै अघि बढ्न नपाउँदै सरकारले प्रतिनिधि सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। शुक्रबार बालुवाटारमा आयोजित सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन अन्त्य गर्न लागिएको जानकारी गराएका छन्।

बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 
बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउनका लागि भन्दै यो विधेयक बनेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले २०७५ साउन १३ गते बीमा विधेयक संसद्‍मा छलफलका लागि पेश गरेका थिए। संसद्‍मा पेश भएर पारित हुन नसकेको यो सबैभन्दा पुरानो विधेयक हो। 

विधेयकले अहिलेको बीमा समितिलाई प्राधकिरणमा रुपान्तरण गर्ने व्यवस्था समेटेको छ। त्यस्तै उक्त संस्थालाई अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाका रुपमा अगाडि बढाइने कुरा विधेयकमा उल्लेख छ। बीमा कम्पनीको स्थापनापूर्व स्वीकृती लिने, इजाजत प्रदान गर्ने, नवीकरण र खारेजीको अधिकारसमेत प्राधिकरणलाई दिइने व्यवस्था सहित विधयेक तयार पारिएको छ।

त्यस्तै सवारी साधनको दर्ता, नवीकरण गर्नुअघि अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ। बीमा विधेयक संशोधनका लागि १३ जना सांसदले ८६ वटा संशोधन प्रस्ताव हालेका छन्। नेपाल बिमक संघ र बिमा सर्भेयर संघले बिमा विधेयकमा समावेश गरिएका नयाँ व्यवस्थामाथि असहमति राख्दै आएका छन्। 

नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक
नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित भइसकेको छ। यो विधयेकले संघीयताको मर्म तथा संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको वित्तीय तथा आर्थिक पक्षमा राष्ट्र बैंकले भुमिका खेल्न सक्ने गरी नयाँ व्यवस्था गरेको छ।

Ncell 2
Ncell 2

विधेकमार्फत मूल ऐनको दफा ३, दफा ५, दफा ९, दफा १० को उपदफा ३, दफा १३, दफा २२, दफा ३४ संशोधन गर्न लागिएको छ। नयाँ व्यवस्थाअनुसार राष्ट्र बैंकले प्रदेश सरकारको बैंकर तथा वित्तीय एजेन्टको रुपमा काम गर्न सक्नेछ भने स्थानीय तहको बैंकरको रूपमा पनि काम गर्न सक्नेछ। मूल ऐनको परिच्छेद ८ को शीर्षक संशोधन गरी नेपाल सरकार तथा प्रदेश सरकारको सम्बन्ध भन्ने शीर्षक राख्ने प्रस्ताव गरिएको छ। 

त्यस्तै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवानिवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधान उक्त विधेयकमा राखिएको छ। त्यस्तै गभर्नरले सेवानिवृत्त भएपछि सरकारी नियुक्तिबाहेक कुनै पनि बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउने छैनन्। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक
बाफिया विधेयकमा मूल ऐनको दफा ९, दफा १४, दफा १५, दफा २९, दफा ३८ र दफा ११२ मा संशोधन प्रस्ताव गरिएको छ। यसअघि दफा ९ मा बैंक तथा वित्तीय संस्थाले कूल जारी पुँजीको कम्तीमा तीस प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधारणलाई बिक्री–वितरणका लागि छुट्याएको सेयर शतप्रतिशत मानी उक्त सेयरबाट बढीमा ५० प्रतिशत सेयर आफ्ना सदस्यका लागि छुट्याउन सक्ने व्यवस्था गरिएको छ। 

दफा १४ मा गरिएको संसोधन प्रस्तावअनुसार योग्यता र अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक बैंक तथा वित्तीय संस्थाहरुले नियुक्त गर्नसक्ने छन्। तर, बैंक तथा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव १ प्रतिशत भन्दा बढी सेयर लिएका सेयरधनी र निजको परिवारका कुनै पनि सदस्य स्वतन्त्र सञ्चालक हुन पाउने छैनन्। 

मूल ऐनको दफा १५ मा संशोधन गरी सञ्चालकको कार्यकाल सम्बन्धी व्यवस्थामा हेरफेर गर्न लागिएको छ। विधेयकले सञ्चालकको योग्यतामा पनि संशोधन गरेको छ। पच्चीस वर्ष पूरा नभएको र ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न अयोग्य ठहरिने विधयेकमा उल्लेख छ। त्यसैगरी, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाबाट सञ्चालक वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको तोकिएको प्रतिशतभन्दा बढी भएमा सञ्चालक बन्न अयोग्य ठहरिने व्यवस्था विधेयकमा राखिएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक 
मुल ऐनको दफा २ मा संशोधन गर्न लागिएको छ। जसमा केन्द्रिय निक्षेप सेवा, डेरिभेटिभ मार्केट र विशिष्टीकरण लगानी कोष सम्बन्धी नयाँ व्यवस्था गरिएको छ। त्यस्तै दफा ३, ५, ११ र ४२ मा संशोधन गर्न लागिएको छ। दफा ५३ मा संशोधन गरी धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुनसक्ने क्षतिबाट जोगाउन धितोपत्र बजारले तोकिए बमोजिम एक क्षतिपूर्ति कोषको व्यवस्था गर्ने उल्लेख छ। यसअघि ऐनमा व्यवस्था नरहेको मार्जिन कारोबारसम्बन्धी व्यवस्थालाई समेटेको छ। त्यस्तै ऐनको दफा १०१ मा रहेको सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न लागिएको छ। बिगो जरिवाना र कैद सम्बन्धी अहिलेको व्यवस्थालाई बढाउन लागिएको छ। मूल ऐनको दफा ६४, ६५ र ६९ खारेज गर्ने प्रस्ताव विधेयकमा छ। 

कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
प्रचलित कानून बमोजिम कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था वा अन्य संस्था वा निकायबाट प्रवाह भएको कर्जाको सूचना संकलन तथा संरक्षण गर्ने उद्देश्यले यो ऐनको मस्यौदा तयार पारिएको हो। त्यस्तै कर्जा सूचनाको प्रवाहलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी तुल्याई स्वस्थ, सुरक्षित वित्तीय प्रणालीको आधार तयार गर्न यो ऐन ल्याउन लागिएको हो। निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले २०७७ असार ११ गते संसद्‍मा दर्ता भएको यो विधेयक संसदीय समितिहरुमा छलफलसमेत भएको छैन।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षी माओवादी केन्द्रद्वारा संसद् अवरुद्ध सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमबार, जेठ २६, २०८२
७२ जिल्लामा फैलियो डेङ्गी सोमबार, जेठ २६, २०८२
अघिल्लो सरकारले अघि सारेका महत्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्