• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको तयारी, मंगलबार होला निर्णय? 
64x64
नेपाल लाइभ सोमबार, चैत ९, २०७७  १९:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज अहिले सबैतिरबाट उठेको छ। अरु त अरु, उनको आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रै पनि यो आवाज जबर्जस्त छ। तर, प्रधानमन्त्री ओली टसको मस छैनन्। भनिरहेका छन्– ‘सक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिए भो, अविश्वास प्रस्ताव ल्याएर पारित गरे भो।’

प्रधानमन्त्री ओलीले भने झैं एमाले नेतृत्वको वर्तमान सरकारलाई माओवादी केन्द्रको समर्थन छ। र, माओवादी केन्द्रले समर्थन गरिराख्दासम्म ओली अंकगणितीय रुपमा बहुमतप्राप्त प्रधानमन्त्री रहन्छन्। तर, ओलीसँगको सम्बन्ध कटुतापूर्ण बने पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तामा ‘रुचि’ देखाएको छैन। आखिर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन किन रुचि देखाइरहेको छैन?

माओवादीको तर्क– ‘देशलाई अराजकतामा नलैजाऔं’
सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि तत्कालीन नेकपाले वैधानिकता नपाएर एमाले र माओवादी छुट्टाछुटै पार्टीका रुपमा ब्युँतिएपछि धेरैको अपेक्षा थियो– माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ। माओवादीले समर्थन फिर्ता लिनासाथै प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर, माओवादीले समर्थन फिर्ता नलिएपछि धेरैले प्रश्न गर्न थालेका छन्। 

‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर सरकार बनाउने पहल भइराखेको छ,' माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट एक स्थायी कमिटी सदस्यले माओवादीले समर्थन फिर्ता लिएलगतै प्रधानमन्त्री ओली अल्पमतमा पर्ने निश्चित भए पनि नयाँ सरकार बन्ने स्थिति नभएकाले समर्थन फिर्ता नलिएको दाबी गरे। ‘हामीले समर्थन फिर्ता लिए एमाले एक्लैको बहुमत पुग्दैन, सरकार ढल्छ’, उनले भने, ‘तर, अर्को सरकार बन्ने निश्चित छैन। कम्तीमा देश अराजकतातिर नजाओस् भनेरै समर्थन फिर्ता नलिएका हौं।’ प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बन्ने सुनिश्चित भएमा तत्काल समथर्न फिर्ता लिने दाबी उनले गरे। 

प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बनाउन कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले अग्रसरता नलिँदा नयाँ सरकार बन्ने ढोका खुल्न सकेको छैन। नयाँ सरकार गठनका विषयमा परिस्थिति प्रष्ट भइनसकेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर सरकार बनाउने पहल भइराखेको छ’, पौडेलले नेपाल लाइभसँग भने, ‘तर, कांग्रेसभित्र दुई गुट र जसपा अनिर्णित हुँदा नयाँ सरकार बन्ने प्रक्रियाले मूर्तरुप लिनसकेको छैन।’

के मंगलबार होला समर्थन फिर्ताको निर्णय?
माओवादीले मंगलबार बिहान ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबारको बैठकमा ओली सरकारको विकल्पमा बन्ने मोर्चाबन्दी र सरकारलाई दिएको समर्थन फितार्का विषयमा छलफल हुन सक्ने अर्का एक स्थायी कमिटी सदस्यले बताए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गर्ने र नयाँ सरकार बनाउनेतिर मंगलबारको बैठक केन्द्रित हुनसक्ने ती नेताले बताए। माओवादीले लामो समय सरकारलाई समर्थन गरे सत्ताधारीको ‘ट्याग’ लाग्ने भएकाले फिर्ता लिने तयारी गरिएको उनको भनाई छ। 

स्थायी कमिटी बैठकमा ओली पक्षमा लागेका माओवादी नेताहरुलाई कारवाही गर्ने विषयमा पनि निर्णय हुनसक्ने बताइएको छ। एमालेमा लागेका माओवादी नेता फर्काउने पहल गर्न नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र वर्षमान पुन लगायत नेता सहभागी टिम बनाइएको थियो। उनीहरुले समेत आफ्नोतर्फबाट माओवादी नेतालाई फर्काउने पहल जारी राखेका छन्। अब माओवादीमा नफर्कने ढुक्क भएका नेताहरुलाई सांसद पदबाट समेत कारवाही गर्ने तयारी गरिएको छ।

कांग्रेस र जसपाको अन्योल 
जनता समाजवादी पार्टी (जसपा) अर्निणित हुँदा नै प्रधानमन्त्री ओलीलाई त्राण मिलेको देखिन्छ। जसपाको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्ष आफ्ना मुद्धालाई केन्द्रमा राखेर जुनसुकै पार्टीको नेतृृत्वको सरकार भए पनि जानुपर्ने पक्षमा छ। एमाले, कांग्रेस र माओवादीलाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने भन्दै मुद्दा सम्बोधनलाई केन्द्रमा राखेर सहमति गर्नुपर्नेमा राजपा पक्षको जोड छ। 

तर, त्यहाँभित्रको तत्कालीन समाजवादी पार्टी पक्ष भने ओली सरकारमा जानै नहुने अडानमा छ। पुस ५ गतेपछि प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध आन्दोलनमा उत्रिएकाले ओली सरकारलाई नै सहयोग गर्नै नहुने यो पक्षको मत छ। ओलीविरुद्ध बन्ने सरकारमा सम्झौता भए मात्र सरकारमा जानुपर्ने समाजवादी पक्षको जोड छ। 

एउटै पार्टीमा दुई धार भएपछि पार्टी नै विभाजन हुनसक्ने स्थिति आएपछि केन्द्रीय कार्यकारिणी समितिको चैत ५ गतेको बैठक समेत स्थगित गरिएको थियो। अहिले जसपा कुनै निर्णय नगरी विच बाटोमा बसेर अरुको निर्णय पर्खिरहेको छ। 

अर्कोतर्फ नेपाली कांग्रेस सरकारको नेतृत्व लिन एक ढिक्का हुनेभन्दा ‘अर्लि इलेक्सन’ भनेर स्पष्ट दुई धारमा देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व पाए लिनुपर्ने पक्षमा लागेका छन्। सरकारको नेतृत्व पाए अबको निर्वाचनमा बहुमत ल्याउन सजिलो हुने उनको आकलन छ। त्यसैगरी, सरकारमै हुँदा अबको महाधिवेशनबाट पार्टी सभापति चुनिनसमेत सजिलो हुने उनको जोडघटाउ छ। तर, कांग्रेसका अरु नेताहरुले ‘अर्लि इलेक्सन’मा जानुपर्ने आवाज उठाउन थालेपछि देउवा समस्यामा परेका छन्। पार्टीभित्रै दुई धार भएपछि देउवा पनि माओवादी र जसपाको निर्णय पर्खेर बसेका छन्।  

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १९:५३
  • #सरकार
  • #नेकपा_एमाले
  • #माओवादी_केन्द्र
  • #समर्थन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
सम्बन्धित सामग्री
शिक्षा विधेयकबारे वार्ता गर्न सानेपा पुगे शिक्षामन्त्री,देउवासँग वार्ता सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्। सोमबार, असार १६, २०८२
सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो एक बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट सुरु भएको हो। सोमबार, असार १६, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह म... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
मधेसमा ८६ लाख वृक्षरोपण गरिने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्