• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
ओलीलाई आफू नमर्दासम्म प्रधानमन्त्री भइरहन्छु भन्‍ने लागेको छ : वामदेव गौतम (अन्तर्वार्ता)
64x64
नेपाल लाइभ शुक्रबार, चैत ६, २०७७  १५:५१
1140x725
फाइल तस्बिर

काठमाडौं- नेकपा (एमाले) दुई पक्षमा विभक्त छ। समानान्तर गतिविधि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष एकअर्कासँग अलग्गिदै गइरहेको देखिन्छ। तत्कालीन नेकपा विभाजन हुँदा नै एकता अभियान भनेर छुट्टै बसिरहेका एमाले उपाध्यक्ष वामदेव गौतम शुक्रबार खनाल-नेपाल पक्षीय अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्न पुगे। त्यहाँ पुगेर उनले पार्टीभित्रै रहेर ओलीविरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखेका छन्। एमाले उपाध्यक्ष गौतमसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको संक्षिप्त संवाद:

तपाईंको एकता अब अभियान कुन रुपमा अघि बढ्छ?
अभियानलाई व्यापक बनाएर लैजाने निर्णय गरेका छौं। त्यसका लागि सबैभन्दा पहिले वाम सरकारका लागि पहल गर्छौं। वाम सरकार भनेको एमाले र माओवादी केन्द्र नै हुन्। यी दुवै मिले भने वाम सरकार बन्यो। हाम्रो अभियान त्यत्तिमा सीमित छैन। नेपालमा जति कम्युनिस्ट छन्, ती सबैको मोर्चा बनाउने विषय पनि छ। त्यसकै ‘ब्याकिङ’मा वाम सरकार अघि बढ्नेछ।

अदालतको निर्णयबाट नेकपा दल बन्यो। अब एमाले फुटेर तीन दल हुन लागे जस्तो देखिन्छ। तपाईंले भनेजस्तो कसरी सम्भव होला र?
तीन/चार भए पनि सरकार बनाउँदा मिल्ने भनेरै त वाम सरकार भनेको हो। जतिसुकै कम्युनिस्ट हुन्, वाम सरकार बनाउन सकिन्छ त! नेकपा विभाजित भएर अहिले दुई पार्टी भएको छ। दुई दल बनिसकेपछि केपी ओलीको अदूरदृष्टि निर्णय भए। त्यसैकारण माधव-झलनाथ एउटा र केपीको अर्को समूह देखिएको छ। म दुवै पक्षलाई मिलाउने पक्षमा छु। हाम्रो एकता अभियानले मिलाउने कार्यलाई प्राथमिकता दिएको छ।प्रधानमन्त्री ओली त मिलाउनेभन्दा पनि फुटाउने दिशामा लाग्‍नुभएको भनिन्छ। संसद पुन:स्थापनापछि राजीनामा नदिएपछि आलोचना पनि भएको छ।

पार्टी मिलाउने दिशामा उहाँ नभएकैले निकास नपाएको हो?
त्यही त उहाँले त्यस्तो नगरेको भए एकताको आवश्यकता पर्ने नै थिएन नि! केपी पक्षमा रहेका अधिकांश कार्यकर्ता एकताको पक्षमा छन्। त्यसकारण एकताको अभियान सफल हुन्छ।

पार्टीभित्रको  विवाद अन्त्यका लागि प्रधानमन्त्रीले के-के गर्नुपर्छ?
सबैसँग वार्ता गर्नुपर्छ। फागुन २८ मा आफ्नो पक्षका केन्द्रीय सदस्य मात्रै बोलाएर निर्णय गर्नुभएको छ। फर्मान जारी गरी निर्णय गर्नुभयो। ती निर्णय फिर्ता लिनुपर्छ।

प्रतिनिधि सभा पुन:स्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो भन्ने मत पनि आइरहेको छ। यसमा तपईंको धारणा के हो?
नैतिकता त मान्‍नेहरुको लागि हुने रहेछ। त्यो नैतिकता मान्दिनँ भने पनि उहाँलाई फरक नपर्ने रहेछ।

तपाईंमाथि आरोप पनि छ, ओलीविरुद्धको गठबन्धनमा अन्तिमसम्म रहनुभयो। पार्टी फुटाउन तपाईंको पनि भूमिका रह्यो भन्छन् नि?
त्यस्तो कुरा जसले देखेकाे छैनन्, सुनेका छैनन् उनीहरूले भन्‍ने हो। म त एकताको पक्षमा छु। मैले फुटाएर फुटेको भन्छन् भने तीभन्दा नादान कोही छैनन्। म त सधैँभरि फुट हुनहुन्‍न भन्‍ने हुँ नि। हामीले गरेको संघर्ष केपी ओलीलाई सच्याउनका लागि हो।

अविश्वासको प्रस्तावको दुईवटा तयारीलाई मैले असफल बनाएँ। तेस्रोपटक ल्याइएको अविश्वास दर्ता पनि भयो। त्यो मलाई थाहा दिइएन। त्यसलाई मैले रोक्न सकिनँ। मेरो बोली सुन्‍न र हेर्न नचाहनेले पार्टी फुटाएको मलाई भन्छन्। फुटे फुट्छ भन्‍ने अनि, मैले फुटाएको भन्‍न नसक्ने, यिनै नादानहरु हुन्। असक्षम नेताहरु हुन्।

अदालतको आदेशपछि नेकपा दुई टुक्रा भयो, हेर्दा हेर्दै अब तीन टुक्रा हुनेभयो है? 
अहिले त नेकपा माओवादी केन्द्र र एमाले भएका छन्। तर, एमालेभित्र विभाजनको खतरा छ। 

एमाले जोगाउन के गर्ने?
संवाद गर्ने, सरसल्लाह गर्ने र एकअर्काको उत्पात विरोध नगर्ने।

अब देशले निकास कसरी पाउँछ?
वाम सरकार निर्माण गर्नुपर्छ। ओलीकै नेतृत्वमा हुन्‍न भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएर भए पनि अर्को सरकार बनाउनुपर्छ।

केपी ओलीले त राजीनामा दिन्‍नँ भनिहरनुभएको छ?
उहाँलाई त आफू नमर्दासम्म प्रधानमन्त्री भइरहन्छु भन्‍ने लाग्छ। त्यो सम्भव होला कि नहोला! उहाँले विश्वासको मत लिन्छु भन्‍नुभएको छ। त्यो लिने प्रयास गर्नुहोला। पाउनुभएन भने एक महिनामा राजीनामा गर्नैपर्छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १५:५१
  • #वामदेव-गाैतम
  • #नेकपा_एमाले
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ
मुकुल ढकालको रिटमा पेशी सर्‍यो
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड मंगलबार, असार १७, २०८२
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ मंगलबार, असार १७, २०८२
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्