• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
नेम्वाङलाई ‘विदुर’ बन्ने अवसर
64x64
डिबी खड्का बुधबार, पुस २२, २०७७  २०:५४
1140x725

प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले के भन्लान्? धेरैले उत्तरको अपेक्षा गरिहरका छन्। कतिले बोल्न उक्साए र उक्साइरहेका छन्। तर, नेम्वाङ यस विषयमा ताजा प्रतिक्रिया दिने मुडमा छैनन्। बरु उनको ‘बासी’ प्रतिक्रियाको भिडियो आइपुगेको छ। 

त्यो प्रतिक्रियाले संविधानको भावना बोक्छ। किनभने कुनै दबाब नभएको र कित्तामा नरहेको समयमा हरेकले सत्य बोल्छ। नेम्वाङलाई त्यो समय संविधानको मर्मबाट यताउति हुनुपर्ने कुनै कारण थिएन। त्यसैले उनी ठीक ठाउँमा थिए। सत्य बोलेका थिए भन्ने मान्न सकिन्छ।

सजिलै, सहजै र सरल भाषामा नबोल्ने नेम्वाङ एकदिन घुमाउरो बाटोबाटै भएपनि सत्यको मार्गमा पुग्लान्? पुग्न सक्छन्। तर, उनले परिस्थितिले ‘गलत’ ठाउँमा उभ्याएपनि ‘सत्य’बाट नभाग्ने व्यक्तित्व बनाउने सुवर्ण अवसर गुमाउनै लागेको देखिन थालेको छ। सँगै लामो संघर्षबाट आर्जेको समन्वयकारी, विज्ञ र सर्वस्वीकार्य व्यक्तित्वको छवि क्षय हुनबाट जोगिन थोरै ठाउँ बाँकी छ।

प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने उनको पूर्व बुझाइका विषयमा नेपाल लाइभलाई दिएको ताजा प्रतिक्रियाबाट उनी ‘चुप’ बस्ने रणनीतिमा रहेको पुष्टि हुन्छ। उनको प्रतिक्रिया छ, ‘सर्वोच्च अदालतले फैसला गरेको साँझ वा भोलिपल्ट सोध्नुस्, म आफूलाई लागेको कुरा बोल्छु। अहिले बोल्दा राम्रो हुँदैन।’

यहाँनेर ‘महाभारत’मा विदुरको एउटा भनाइ सान्दर्भिक हुन्छ– उत्तर जानेर पनि नबोल्नु आधा झुठ हो। ठीक उत्तर नदिनु पूरा झुठ हो।

महाभारतका विदुर सत्यका बिम्ब मानिन्छन्। ध्रुवीकरण हुँदा उनी गलत (कौरव)को कित्तामा पुगे। त्यसका पछाडि अनेक कारण छन्, बाध्यता छन् र तर्क पनि छन्। तर, गलत ठाउँमा रहँदा पनि सत्य बताउन छाडेनन्। शारीरिक रुपमा मात्रै होइन, पुत्रप्रेम, शक्ति र सत्ताको लोभले समेत दृष्टिविहीन बनिरहेका धृतराष्ट्रलाई ‘सही मार्ग यो हो’ भन्न छाडेनन्। उनको मार्गमा त्यो समय धृतराष्ट्र र कौरव त हिँडेनन्। तर, अहिले पूरा दुनियाँ विदुरको बाटो पछ्याउँछ। कौरवले कदर नगरेको ‘विदुर नीति’लाई इतिहासले कदर गरेको छ। 

त्यो समय ‘धर्म’ र ‘सत्य’को बाटो सही मानिन्थ्यो। के धर्म र के अधर्म? के सत्य र के असत्य छुट्याइन्थ्यो। अहिले धर्म ‘कानुन’मा र सत्य ‘न्याय’मा परिणत भएको छ। बाँकी पात्र र प्रवृत्ति उस्तै छन्, महाभारतमा भनिए जस्तै। त्यहाँ भनिएको छ, ‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् (जुन कुरा यहाँ छ त्यही कुरा नै अन्यत्र छ, जुन कुरा यहाँ छैन, त्यो कुरा कहीँ पनि छैन।’

त्यो बेला धर्मात्मा भनेजस्तै यतिबेला ‘कानुनविज्ञ’ होलान्। नेम्वाङ पनि ‘कानुनविज्ञ’ हुन्। राजनीतिज्ञ त भइहाले। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली संविधान (धर्म)अनुसार चलेको र नचलेको विषयमा व्यापक बहस भइरहेको छ। यस्तो बेला नेम्वाङ महाभारतको सभापर्व अन्तरर्गतको द्युत उपपर्वका ‘धर्मात्मा दर्शक’ जस्तै बनिरहेका छन्। उनलाई अझै अवसर छ, सत्य भनेर विदुर बन्ने। 

नेम्वाङ परिस्थितिले असंवैधानिक रुपमा प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्री ओलीको कित्तामा छन्। महाभारतमा विदुरले सत्यसँग पक्षधरताको कुनै साइनो नभएको प्रमाणित गरेका छन्। पक्षधरतासँग अनेक कुरा जोडिन्छन्। अनेक बाध्यता हुन्छन्। त्यसैले नेम्वाङको ‘वाक्य बसेको’ यो समयमा महाभारतमा धृतराष्ट्रकै पक्षमा रहेर पनि सत्यको बाटो हिँडिरहेका विदुर सम्झनामा आएका हुन्। 

बाटो हिँड्दा हिँड्दै अलमलिनुलाई पनि स्वभाविक रुपमा लिइन्छ। सत्यको बाटो नछाडेका तर अलमलिरहेका विदुरलाई एक ठाउँमा द्रौपदीले प्रश्न गरेकी छिन्– तपाईं त सत्य बोल्नका लागि प्रसिद्ध हुनुहुन्छ, किन चुप? संविधान सभा अध्यक्ष मात्रै होइन, कानुनका विज्ञ नेम्वाङलाई ‘घाइते संविधान’ यही प्रश्न लिएर आएको छ। 

नेम्वाङले नेपाल लाइभलाई दिएको प्रतिक्रियामा ‘अदालतमा विचाराधीन मुद्दामा बोल्न नमिल्ने’ बताएका छन्। पन्छिनका लागि यो प्राविधिक पक्षको सहायता लिनुले ‘कहिल्यै पूर्व नहुने’ संविधान सभा अध्यक्षको निरीहता दर्शाउँछ। 

यतिबेला बुझ्न जरुरी छ, पूर्व नहुने संविधान सभा अध्यक्ष बन्ने अवसर नेम्वाङलाई शक्तिको छायाँमा लुटपुटिने स्वभावले दिएको होइन। सही कुरालाई पक्डेर अरुलाई पनि त्यहीँ ल्याइपुर्‍याउने समन्वयकारी क्षमताले दिएको हो। निर्वाचित जुनसुकै पार्टीबाट भएपनि, नेता जुनसुकै दलको भएपनि देशको संविधान बनाउने कार्यको अगुवाई गर्ने काम ‘सर्वसम्मत’ रुपमा सुम्पिनुको अर्थ बुझाउनु पर्ने अवस्थामा नेम्वाङ आइपुग्नु नै अनर्थ हो। 

अवस्था हेर्दा ती सर्वदलीय स्वीकार्यता प्राप्त व्यक्ति आज एउटा पार्टी होइन, गुटको बनिरहेका छन्। जुन उनी आफैंले बनाएको संविधानका लागि दुर्भाग्य बनिरहेको छ। संविधान बनाउने व्यक्ति संविधानको मर्म मात्रै होइन, आफ्नै बुझाइ र व्याख्याबाट भाग्नु भन्दा ठूलो दुर्भाग्य अर्को के हुन सक्छ? 

फेरि पनि नेम्वाङले बुझ्नुपर्छ, पक्षधरता नै खराबी होइन । कुनै पक्षमा रहनुनपर्ने बाध्यतामा पनि आफूलाई ‘सत्य’ र ‘धर्म’कै बाटोमा हिँडाउनेहरु ‘विदुर’ बन्छन्। त्यही कसीमा यतिबेला सुवास नेम्वाङ छन्। प्रश्न उनी कहाँ छन् हुँदै होइन, प्रश्न यो हो– संविधान निर्माता संविधानकै मार्गमा हिँड्न सक्छन् कि सक्दैनन्? 

हामीलाई उनले सर्वोच्च अदालतले फैसला गरेको साँझ वा भोलिपल्ट सोध्नु भनेका छन्। आफूलाई लागेको कुरा बोल्छु भनेका छन्। तर, त्यही महाभारतको उही ‘द्युत उपपर्व’मा दुर्योधनले गरेको जस्तै प्रश्न त्यो बेला संविधानका दुर्योधनले गर्नेछन्। भन्नेछन्, ‘द्रौपदीलाई दाउमा लगाउनुअघि राजघरानाकी लज्जा हो भन्ने किन सोचिएन? दाउमा लगाइरहेका बेला किन सवै चुप? जब मैले जितें, तब किन यस्ता प्रश्न?’

अदालतको फैसलापछि नेम्वाङसँग हुने सम्वाद द्रौपदीलाई दुर्योधनले जितिसकेपछि धर्मात्माले गरेको ‘मर्यादा र धर्म’को वहश जस्तै हुनेछ। अर्थहीन। जफावविहीन। त्यहाँ सवथोक भएपनि द्रौपदीको वस्त्रहरण हुन पाएन, कृष्णले जोगाए। अदालततर्फ आँखा छ। कृष्ण बन्ने भरोसा छ। 

प्रधानमन्त्रीको कदमलाई अदालतले सही ठहर्‍याउला। त्यो दिन नेम्वाङको व्याख्याले हार्नेछ। अदालतले प्रतिनिधी सभा पुनःस्थापित गर्ला, त्यो दिन नेम्वाङको मौनताले हार्नेछ। नेम्वाङको व्यक्तित्व र छविको मुद्दा हालसम्म जनताको इजलासमा विचाराधीन छ। अदालतबाट फैसला आएको दिन त्यसको पनि जनताले फैसला गर्नेछन्। त्यो समय डा कृष्णहरि बास्कोटाको गजल उनका लागि सान्दर्भिक हुनेछ:

कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ।
खोल्नैपर्ने मनका कुरा नखोलेर पछुताएँ।।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  २०:५४
  • #संसद
  • #नेकपा
  • #subash
  • #nemwang
  • #संविधान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्