• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
खेलाडी किनबेचमा को कति सफल? 
64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १८:०९
1140x725

काठमाडौं- युरोपियन फुटबलमा नयाँ सिजनको खेलाडी किनबेच समय सोमबार अबेरदेखि सकियो। केही टिमले समयको उपयोग सही रुपमा गर्न सके भने केही क्लब खेलाडी किन्ने हल्ला र अनुमान भन्दा माथि देखिन सकेनन्। कोरोना माहामारीका कारण कमजोर बनेको फुटबल बजारका कारण पनि क्लबहरुले सोचेजस्तो लगानी गर्न सकेनन्। 

युरोपियन लिगमा अहिले अन्तर्राष्ट्रिय खेलका लागि विश्रामको समय छ। अहिले केही खेलहरु सकिएको समयमा नै नपत्याउँदो गरी केही क्लबहरु उदाएका छन्। जसमा प्रिमियर लिगमा एस्टन भिला र इभर्टनले धेरैलाई चकित पारिरहेको छ। 

गएको सिजन रेलिगेसनबाट मुस्किलले बचेको एस्टन भिला अहिले राम्रो देखिँदैछ। सुरुवातका तीन खेलमा एस्टन भिलाले तीनै खेल जितेको छ। म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहँदा कप्तान ज्याक ग्रेलिसले एसटन भिलामै पाँच वर्षको सम्झौता थप गरे। 

ब्रेनफोर्डबाट ओले वाट्किन्सलाई किन्न सक्नु पनि भिलाका लागि राम्रो देखियो। जसले लिभरपुललाई ७–२ ले हराउँदा उत्कृष्ट ह्याट्रिक हाने। आर्सनलबाट एस्टन भिला पुगेका गोलकिपर इमिलियानो मार्टिनेज पनि क्लबका लागि लयमा देखिएका छन्। चेल्सीबाट लोनमा ल्याइएका रस ब्राक्लीले पनि मिडफिल्डमा उत्कृष्ट काम गरिरहेका छन्। 

यस्तै नटिङहाम फरेस्टबाट १६ मिलियन पाउण्डमा किनिएका लेफ्ट ब्याक म्याटी क्यास र लियोनबाट ल्याइएका ब्रेट्रान्ड टाओरे पनि अट्याकमा राम्रो गरिरहेका छन्। एस्टन भिला जस्तै नयाँ सिजनको तयारीमा राम्रो देखिएको छ इभर्टन पनि। 

२०१६ देखि नै क्लबले ठूलो रकममा काम गर्न थालेको भए पनि यो सिजन मात्र क्लब माथिल्लो स्तरमा देखिएको छ। त्यसमा प्रशिक्षक कार्लो एन्सेलोटीको योजना प्रभावकारी भइरहेको छ। गएको सिजन १२औँ स्थानमा लिग सकाएको इभर्टनले यो सिजनमा सुरुवातका चार खेल नै जितेको छ। त्यो पनि राम्रो लयका साथ। जसमा मिडफिल्डमा रियल मड्रिडबाट लगिएका ह्यामेस रोड्रिग्वेजको खेल तारिफयोग्य छ। 

नापोलीबाट लगिएका ब्राजिलियन मिडफिल्डर मान एलान र वाटफोर्डका एब्डुलाए डुकोर पनि राम्रो देखिएका छन्। मिडफिल्डमा मात्र होइन एन्सेलोटीले लेफ्ट ब्याकमा मार्सेलीबाट नाइल्स कोनको र नरविच सिटीबाट बेन गोडफ्रेलाई ल्याएर सन्तुलित बनाउन सके। गोलकिपर जोर्डन पिकफोर्ड पहिलो रोजाइँमा हुँदाहुँदै उनले प्रतिस्पर्धा बढाउनकै लागि रोमामा रहेका स्वीडेनका गोलकिपर रोबिन ओल्सेनलाई समेत ल्याए। 

एन्सेलोटीले खेलाडी किन्ने बेलादेखि बनाएको सोच अहिले प्रिमियर लिगका सुरुवातका खेलमा सफल देखिएको पनि छ। प्रिमियर लिगमा शीर्षमा रहनुका साथै यो सिजनका अरु सबै खेल समेत इभर्टनले जितिरहेको छ। जसमा काराबाओ कपमा क्वाटरफाइनलमा टिम छ। खेलाडी किनबेचको यो समयमा टोटनह्यामले पनि राम्रो काम गर्न सकेको आँकलन भइरहेका छन्। 

टोटनह्याम सिजनको पहिलो खेलमा इभर्टनसँग १–० ले पराजित भयो। त्यसपछि साउथह्याम्पटनलाई ५–२ ले हराएको टोटनह्याम न्युक्यासलसँग १–१ को बराबरीमा रोकियो। पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराएपछि टोटनह्याम लयमा देखिएको चर्चा भइरहेको छ। 

वुल्भ्सबाट राइट ब्याक माट डोहेर्टी र साउथह्याम्टनबाट मिडफिल्डर होजबर्गलाई ल्याएको टोटनह्यामले रियल मड्रिडबाट लोनमा आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई र मड्रिडबाट नै सर्जियो रेग्युलोनालाई ल्याएको छ। जसले यो समय टोटनह्यामले राम्रो उपयोग गर्न सकेको देखिन्छ। रेग्युलोन सेभियामा लोनमा छँदा गएको सिजन राम्रो प्रभाव देखाएका खेलाडी हुन्। 

त्यसका साथै टोटनह्याम प्रशिक्षक जोस मोउरिन्होले स्टार खेलाडी ह्यारी केनको विकल्पसमेत हुन सक्ने गरी बेनफिकाका ब्राजिलियन स्ट्राइकर कार्लोस भिनिससलाई ल्याएका छन्। जसले गएको सिजन २४ गोल गर्न सकेका थिए। 

आर्सनल यो सिजन खेल बजारमा ढिला गरी देखियो। तर अन्तिमको कामले भने आर्सनलले राम्रो गर्न सकेको बताइन्छ। एथ्लेटिको मड्रिडबाट ४५ मिलियन पाउण्ड तिरेर मिडफिल्डर थोमस पार्टेलाई अन्तिम समयमा लैजान सकेको आर्सनलले प्रशिक्षक मिकेल अर्टेटाको पहिलो रोजाइँको मिडफिल्डर पाएको हो।

यस्तै चेल्सीबाट फ्रि ट्रान्सफरको फाइदा उठाउँदै लगिएका विलियन पनि आर्सनलका लागि राम्रा भइरहेका छन्। लिलेका सेन्टर डिफेन्डर गाब्रियल मागाइल्स पनि आर्सनलका लागि राम्रो खेलाडी हुन्। जसलाई खर्च गरिएको २३ मिलियन पाउण्ड सार्थक देखिने अनुमान छन्। सबैभन्दा बढी आर्सनलले आफ्ना मुख्य खेलाडी एमेरिक अउबामेयाङलाई क्लबमा राखिरहन सक्नुृ पनि सफल काम हो। उनले थप तीन वर्षको सम्झौता गरेका छन्। 

प्रिमियर लिगमा खेलाडी किनबेचको समय केही राम्रा काम गरेका यी क्लबहरुसँगै विजेता लिभरपुलले बायर्न म्युनिकबाट मिडफिल्डर थियागो अलकान्टारालाई लैजान सक्नु पनि सफल काममा जोडिएको छ। जहाँ चेल्सीले पनि केही सफल लाग्ने सम्झौताहरु गरिरहँदा मैदानमा त्यसको फल देख्न सकिएको छैन। 

म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड त अहिलेको समय राम्रो योजना बनाउन असफल नै देखिए। म्यानचेस्टर युनाइटेडले बोरुसिया डोर्टमुन्डबाट जोडन सान्चोलाई लैजान प्रयास गरिरहे पनि सफल हुन सकेन। बार्सिलोनाबाट उसमान डेम्बेलेलाई लोनमा लैजान गरेको प्रयासमा पनि युनाइटेड असफल रह्यो। यसैले अन्तिम समयमा पिएसजीबाट इडिसन काभानीलाई ल्यायो। 

म्यानचेस्टर युनाइटेडमा अहिले सेन्टर डिफेन्डरको पनि आवश्यकता देखिएको छ। तर त्यसमा कोही खेलाडी आएका छैनन्। आयाक्सबाट मिडफिल्डर भ्यान डे बिकलाई किनेको भए पनि उनी मैदानमा प्रयोग भइसकेको देखिँदैन। यसैले प्रतिस्पर्धी क्लबहरुको तुलनामा युनाइटेड निकै पछि देखिएको छ।

म्यानचेस्टर सिटीले बेनफिकाका सेन्टर ब्याक रुबेन डायसलाई ल्याएर भिनसेन्ट कम्पनीको कमि पूरा गर्ने आश गरिरहेको छ। त्यसबाहेक सिटी खेलाडी किनबेचमा सम्झनयोग्य हुने गरी संलग्न भएन। 

प्रिमियर लिगमा अहिलेको ट्रान्सफरको समयमा क्लबहरुले १.२१८ बिलियन पाउण्ड खर्च गरेका छन्। जुन युरोपका ठूला पाँच लिगमा सबैभन्दा बढी हो। जसमा अन्तिम दिन आर्सनलले एथ्लेटिको मड्रिडबाट ४५ मिलियन पाउण्ड तिरेर मिडफिल्डर थोमस पार्टेलाई ल्याउनु सबैभन्दा महँगो सम्झौता हो। 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ)
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक बुधबार, असार १८, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
सावित्राको व्यक्तिगत ३ गोलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्