• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सुदूरपश्चिम प्रदेश सरकार : ११ करोड रुपैयाँभन्दा बढीको अनियमितता, ८८ करोड बेरुजु
64x64
शेरबहादुर ऐर शुक्रबार, साउन २, २०७७  १३:५५
1140x725

धनगढी-महालेखा परीक्षकको प्रतिवेदनले सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुमा आर्थिक वर्ष २०७५/०७६ मा ११ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता भएको औंल्याएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७ अनुसार आव २०७५/०७६ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मातहतका कार्यालय तथा प्रदेश सभा सचिवालयमा ११ करोड १३ लाख ८३ हजार रुपैयाँ आर्थिक अनियमितता भएको छ।

प्रतिवेदनमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी पाँच करोड १७ लाख पाँच हजार रुपैयाँ अनियमिता भएको उल्लेख गरिएको छ। त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ आर्थिक अनियमिता भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा २५ लाख ८६ हजार रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६० लाख र सामाजिक विकास मन्त्रालय ६४ लाख ८१ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ९६ लाख ९१ हजार रुपैयाँ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा १६ लाख ३९ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ। 

प्रतिवेदनमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा ८८ करोड २८ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ। यस्तै, प्रदेश सरकारले असुल गर्नुपर्ने पाँच करोड ४५ लाख ४५ हजार रुपैयाँ, प्रमाण कागजात पेश गर्नुपर्ने ३० करोड ५२ लाख ६७ हजार रुपैयाँ, नियमित गर्नुपर्ने १३ करोड २९ लाख ७५ हजार र पेश्की बाँकी ३९ करोड ८७ हजार रुपैयाँ रहेको छ।

एक सय २७ कार्यालय रहेको सुदूरपश्चिम प्रदेशमा ५७ कार्यालय (४४.८८ प्रतिशत) मा लगती बेरुजु नदेखिएको जनाइएको छ। महालेखाको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको उल्लेख छ। जसअनुसार बेरुजु ३५ करोड ७६ लाख ६९ हजार रुपैयाँ छ। 

त्यस्तै, सामाजिक विकास मन्त्रालयको ३० करोड ८५ लाख ४५ हजार रुपैयाँ, भूमि  व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १२ करोड १५ लाख ७४ हजार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चार करोड ८२ लाख ५० हजार रुपैयाँ बेरुजु छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तीन करोड ८१ लाख २० हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को ६१ लाख २० हजार रुपैयाँ र प्रदेश सभा सचिवालयको २५ लाख ९६ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले प्रदेश सरकारले ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोत साधनको प्राप्ति र उपयोग, बजेट व्यवस्थापन र स्रोत सुनिश्चितता, राजस्व असुली, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृति एवं कार्यान्वयन, अनुदान वितरण तथा अनुगमन, सेवा प्रवाहलगायतका विषयमा कमीकमजोरी देखिएको औंल्याएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चित कोषको स्वीकृत ढाँचा प्रयोग गरी आर्थिक विवरण तयार नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सरकारका लागि सात अर्ब ९२ करोड ४७ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त भएकोमध्ये खर्च भई बाँकी रहेको रकमको अद्यावधिक हिसाब नराखेकाले खर्चको यथार्थता यकिन नभएको, प्रदेश सरकारका लागि पाँच अर्ब ६७ करोड ९१ लाख रुपैयाँ ससर्त अनुदान, ८० करोड रुपैयाँ समपूरक अनुदान र ७८ करोड ७७ लाख रुपैयाँ विशेष अनुदान प्राप्त भएको उल्लेख छ।

जसअनुसार ससर्त र विशेष अनुदान गरी दुई अर्ब ४० करोड ३५ लाख रुपैयाँमात्र खर्च गरेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशले अनुदान रकमको ३७.०९ प्रतिशतमात्र रकम खर्च गरेको छ भने समपूरक अनुदानतर्फको रकम खर्च नभई संघीय सञ्चितकोषमा फिर्ता भएको छ।

प्रदेशको राजस्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारलाई प्राप्त हुनुपर्ने मूल्य अभिवृद्धि करबापत चार अर्ब ४० करोड ४७ लाख रुपैयाँ र अन्तशुल्क एक अर्ब ४० करोड ५९ लाख रुपैयाँ प्राप्त भएको देखिएको र प्राप्त हुनुपर्ने रकमको हिसाब नराखेको उल्लेख छ। त्यस्तै प्रदेश विभाज्य कोषमा प्राप्त भएको वन रोयल्टी र सवारी साधनको ६४ करोड ९१ लाख रुपैयाँ बाँडफाँड गरे पनि प्रदेशले प्राप्त गर्ने अन्य प्रकारको राजस्वको हिसाब नराखेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश र स्थानीय तहबीच बाँडफाँड हुने राजस्व जम्मा हुने गरी खडा गरिएको प्रदेश विभाज्य कोषको बेग्लै देखिने गरी हिसाब तयार गरेको देखिएन।’ 

प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिएको ससर्त, समपूरक र विशेष अनुदानमध्ये असार मसान्तसम्म सम्बन्धित स्थानीय तहमा खर्च नभइ दुई अर्ब २८ करोड दुई लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको कूल खर्च नौ अर्ब ७१ करोड १७ लाख ३८ हजार रुपैयाँ संघीय अनुदानबाट व्यहोरेको छ भने सञ्चित कोषमाथि २१ लाख ८६ हजार रुपैयाँ व्ययभार भएको उल्लेख छ।

प्रदेशको राजस्व रकम ६ अर्ब ५९ करोड नौ लाख २६ हजार प्राप्त गरेको विवरणबाट देखिएको उल्लेख छ। प्रदेशको सरकारी कार्यालय तथा समिति एवं अन्य कार्यालयको आर्थिक वर्ष २०७४/७५ मा पेस्की नरहेको तर, ०७५/७६ मा कर्मचारी पेस्की १२ करोड ५५ लाख छ हजार रुपैयाँ, मोविलाइजेसन पेस्की २१ करोड ४६ लाख ८८ हजार रुपैयाँ र प्रतितपत्र पेस्की चार करोड ९८ लाख ९३ हजार गरी जम्मा ३९ करोड ८७ हजार पेस्की बाँकी रहेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘सरकारी कार्यालय, समिति तथा अन्य संस्थातर्फ १८ निकायको ३६ लाख ४८ हजार रुपैयाँ अग्रिम कर कट्टी गर्न बाँकी छ।’

हेर्नुहोस् सुदूरपश्चिम प्रदेशको महालेखा प्रतिवेदन

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्