• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
बजेटमाथिको छलफल ‘डाइभर्ट’ गर्दै प्रतिपक्षी
64x64
शेरबहादुर ऐर शनिबार, असार १३, २०७७  ११:२१
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनका पछिल्ला दुई बैठक लगातार अवरोध भइसकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘पिसीआर चेकजाँचको दायरा’ बढाउन माग गर्दै प्रदेश सभाको बैठक अवरोध गरिरहेका छन्। 

प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। बजेटमाथिको छलफल सुरु हुनुअघि नै प्रतिपक्षी दलहरुले बैठक अवरोध गर्न लागेपछि सत्तारुढ नेकपाका प्रदेश सभा सदस्यहरु रुष्ट देखिन थालेका छन् । 

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रतिपक्षी दलहरुले कार्यसूचीभन्दा पनि बाहिरको विषयलाई ल्याएर बैठक अवरोध गर्न नहुने बताइन्। ‘प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले बजेटमाथि असन्तुष्टि जनाएर बैठक अवरोध गर्नु जायज थियो। कोरोना नियन्त्रणका लागि बजेट छुट्याएन भनेर पनि विरोध गर्न सकिन्थ्यो’ उनले भनिन्, ‘तर, बाहिरको विषय ल्याएर बैठक नै चल्न नदिनु प्रतिपक्षी दलको गल्ती हो ।

उनले प्रतिपक्षी दलहरुले प्रदेश सभा बैठकको विषयवस्तु ‘इस्यु’ लाई ‘डाइभर्ट’ गर्न खोजिरहेको दाबी गरिन् । उनले भनिन्, ‘प्रतिपक्षी दलहरु आफना एजेण्डा के हुन् भन्ने विषयमा नै ‘कन्फ्यूज’ छ जस्तो लागिरहेको छ ।’

उनले प्रतिपक्षी दलले बजेटमाथिको छलफललाई अघि बढ्न दिनुपर्ने बताइन्। सांसद जोशीले भनिन्, ‘संसद सचिवालयको परामर्श समितिमा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु पनि हुनुहुन्छ, तर त्यहाँ केही भन्नुहुन्न । प्रदेश सभा बैठक सुरु नहुँदै ड्यांग.. ड्यांग... गरी अवरोध गर्नुहुन्छ ।’

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य अम्मरबहादुर साउँदले पनि प्रतिपक्षी दलहरुले बजेटमाथिको छलफल अघि बढन दिनुपर्ने सुझाव दिए। ‘हामीले त प्रतिपक्षी दलहरुले बजेटप्रति आपत्ती जनाएर प्रदेश सभा बैठक अवरोध गरेको जस्तो लागिरहेको थियो’ उनले भने, ‘जब सभामुखले अवरोधको कारणबारे धारणा राख्न दिए, तब थाहा भयो अवरोधको कारण बजेट नभएर अरु कुरा रहेछ । 

कार्यसूचीभन्दा फरक कुरामा विरोध

सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेशनको १५ औं बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत भयो। बजेट प्रस्तुत भएको १२ दिन भइसक्दा पनि छलफल अघि बढन सकेको छैन ।

प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले बजेटभन्दा पनि बाहिरको विषयमा लगातार दुई पटक प्रदेश सभा बैठक अवरोध गरिसकेका छन्। प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले सरकारले पिसीआर चेकजाँचको दायरा बढाउन नसकेको भन्दै बैठक अघि बढन दिइरहेका छैनन्। असार १० गते बोलाइएको बैठकमा अवरोध गर्नुको कारणबारे जानकारी दिँदै प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. रणबहादुर रावलले भने, ‘सरकारको उपस्थिति छैन। क्वारेन्टाइनको अवस्था दयनीय छ। सरकारले चाहिँ यो ग¥या छु, त्यो ग¥या छु भनेर ठूला भाषण ठोके पनि जनताको पक्षमा एउटा पनि काम नभएको हुँदा हामी प्रदेश सभा सदस्यहरूले जनताको सुरक्षा, स्वास्थ्य लगायतका सवालमा सदनमा जनताको आवाज बुलन्द गर्न अवरोध गरेका हौं ।’

उनले एम्बुलेन्स खरिद, अल्ट्रासाउण्ड खरिद लगायतमा आर्थिक अनियमितता र अहिले कोरोना भाइरसको नाममा भएका खर्चहरूको विवरण पेश गर्न पनि माग गरे।

अन्योलमा बजेट
असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गरे। बजेट प्रस्तुत भएको आठ दिनसम्म रातो किताब नआउँदा छलफल अघि बढ्न सकेन।

सुदूरपश्चिम प्रदेश सभा बैठक असार ८ गते आह्वान गरिएको थियो। असार ८ गतेको बैठकमा बजेटमाथिको छलफलले प्रवेश पाउन सकेन । असार ८ गतेको बैठकमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेश भई पारित भएको थियो ।

विधेयक पारित भएपछि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले ‘असार १० गते बैठक’ आह्वान गरे । असार १० गते आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको सामान्य छलफल गरिने कार्यतालिका थियो। असार १० गते बिहान ८ बजे बोलाइएको बैठक नौ मिनेट पनि सञ्चालन हुन सकेन। कारण थियो, ‘प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीको मौन विरोध ।

सभामुख थापाले ‘बैठकको कामकारबाही प्रारम्भ हुन्छ’ भनी घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु आ–आफनो सिटबाट उठेर मौनताका साथ खडा भए । सभामुख थापाले अनुरोध गर्दै भने, ‘बजेटमाथिको छलफल प्रारम्भ हुने भएकाले यसको सुरुवात हुन बाँकी छ। त्यो हुने भएकाले पहिलो दिनमा केही आफनो कुरा राख्नु छ भने त्यहाँ हामी राखौला। आजको बैठक सञ्चालन गर्नका लागि समय उपलब्ध गराइदिन हुन म अनुरोध गर्दछु र आफनो आसनग्रहण गरिदिन हुन माननीय सदस्यहरुसंग म अनुरोध गर्दछु ।’ 

प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले विरोध जारी राखेपछि बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

असार १२ गते शुक्रबार पनि बजेटमाथिको छलफलले प्रवेश पाउन सकेन। बैठक सञ्चालन गर्नुअघि नै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले सिटमा उभिएर मौन विरोध गर्दा बैठक असार १४ गते आइतबार दिनको ३ बजेसम्मका लागि स्थगित भएको सभामुख थापाले घोषणा गरे।

बजेटमाथिको छलफल छोटिने सम्भावना
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को यो चौथो बजेट हो। अल्पकालीन बजेट आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष ०७६/७७ को बजेट सुदूरपश्चिम प्रदेश सरकारले ल्याइसकेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले तेस्रो पटकसम्म बजेट ल्याउँदा हतारमै पारित गर्नुपर्ने अवस्था थियो। यस वर्ष बजेटमाथिको छलफलको दायरा बढाउने कार्यतालिका निर्माण गरिएको एक प्रदेश सभा सदस्यले बताए। उनले भने, ‘यो वर्ष बजेटमाथिको छलफललाई व्यापक बनाउने कार्यतालिका बनाइएको थियो, तर प्रतिपक्षी दलका कारण अझै हतारमै पारित गर्नुपर्ने अवस्था आउलाजस्तो छ ।’

सुदूरपश्चिम प्रदेश सभामा तीन पटक बजेट प्रस्तुत गर्दा पनि मन्त्रालयगत छलफल भएका छैनन्। यस वर्ष बजेटमाथिको छलफल प्रत्येक मन्त्रालयसँग दुई/दुई दिन र प्रदेश सभामा दुई दिन भनी कार्यसूची बनाइएको थियो। बजेटमाथिको छलफलका क्रममा सवाल–जवाफ पनि गर्न मिल्ने व्यवस्था बनाइएको थियो।

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन्,‘यसरी नै अवरोध भइरह्यो भने हामीले पुनः हतारमै बजेट पारित गर्नुपर्ने अवस्था आउँछ जस्तो छ ।’

उनले विगतमा पनि लामो समय बजेटप्रति अवरोध भएको र अन्ततः ‘भद्र सहमति’ पछि अन्तिम समयमा छलफल छोट्याएर पारित गर्नुपरेको स्मरण गरिन्।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्