• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
विपदबाट बर्सेनी ठूलो क्षति बेहोर्दै सुदूरपश्चिम
64x64
शेरबहादुर ऐर बुधबार, असार १०, २०७७  ११:४४
1140x725
फाइल तस्बिर

धनगढी–सुदूरपश्चिम प्रदेशमा बर्सेनी विपदबाट करौडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ। 

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा छ करोड ३४ लाख ५५ हजार तीन सय आठ रुपैयाँ बराबरको धनमाल क्षति पुगेको छ।  केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा सो वर्ष दुई सय छ वटा विपदका घटनामा ३२ जनाको मृत्यु हुनुका साथै दुई सय ६५ जना घाइते भएका थिए। विपदबाट नौ हजार आठ सय ७० घरपरिवार प्रभावित भएका थिए भने ७२ घर पूर्ण रुपमा र एक सय ३२ आशिंक रुपमा घरमा क्षतिग्रस्त भएका थिए। 

चालू आर्थिक वर्ष २०७६/०७७ को असार ४ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा चट्याङ, आगलागी, बाढी, पहिरो, हावाहुरीबाट तीन करोड ८२ लाख आठ हजार एक सय रुपैया“ बराबरको क्षति पुगेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले उल्लेख गरेको छ। केन्द्रका अनुसार प्रदेशमा यो अवधिमा एक सय ७० विपदका घटनामा १८ जनाको मृत्यु भइसकेको छ। एक वेपत्ता अवस्थामा छन् भने ७३ जना घाइते भएका छन्। त्यस्तै, विपदबाट चार सय ११ घरपरिवार प्रभावित भएका छन्। यो अवधिमा प्रदेशमा एक सय सात घरमा आंशिक र २७ घरमा पूर्ण क्षति पुगेको उल्लेख छ।

चालु आर्थिक वर्षमा प्रदेशमा हावाहुरीका चार, आगलागीका ९५, पहिरोका १९, चट्याङका ४४ र बाढीका आठ घटना भएका छन्। बाढीमा एक जनाको मृत्यु, दुई घाइते र एक जना बेपत्ता भएका छन् भने ४५ घरपरिवार प्रभावित भएका छन्। 

त्यस्तै, चट्याङबाट नौ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् भने एक सय ३७ घरपरिवार प्रभावित भएका छन्। चट्याङबाट दुई घर पूर्ण रुपमा र ८१ घर आंशिक रुपमा क्षति पुगेको छ ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा पहिरोबाट दुई करोड पा“च लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने तीनको मृत्यु र नौ जना घाइते भएको केन्द्रले उल्लेख गरेको छ। पहिरोबाट पाँच घर पूर्ण रुपमा र दुई घर आंशिक क्षति भएको र एक सय २३ घरपरिवार प्रभावित भएको उल्लेख छ।

आगलागीबाट प्रदेशका नौ वटै जिल्लामा झण्डै एक करोड ७५ लाख नौ हजार एक सय बराबरको क्षति पुगेको केन्द्रको तथ्यांकमा उल्लेख छ। केन्द्रका अनुसार आगलागीबाट प्रदेशमा पाँच जनाको मृत्यु र १४ जना घाइते भएका छन्। आगलागीबाट २० घरमा पूर्ण रुपमा र २२ घरमा आंशिक क्षति पुगेको छ भने एक सय दुई घरपरिवार प्रभावित भएका छन्।

हावाहुरीबाट एक लाख ७५ हजार बराबरको क्षति पुगेको छ भने चार घरपरिवार प्रभावित र एक घरमा आंशिक क्षति पुगेको तथ्यांक छ । हावाहुरीकै कारण एक जना घाइते भएका छन्।

विपदबाट कुन जिल्लामा कति क्षति?

चालु आर्थिक वर्षको असार ४ सम्म सबैभन्दा बढी विपदका घटना कञ्चनपुरमा भएका छन्। कञ्चनपुरमा विभिन्न विपदका ५० वटा घटना भएका छन्। विपदबाट एक जनाको मृत्यु, नौ जना घाइते भएका छन् भने ४९ लाख ८९ हजार आठ सय बराबरको क्षति पुगेको छ। विपदबाट एक सय ३१ घरपरिवार प्रभावित भएका छन् भने छ घर पूर्ण र ९१ घरमा आंशिक क्षति पुगेको छ। 

विपदबाट सबैभन्दा मानवीय क्षति बाजुरामा भएको छ। बाजुरामा १७ वटा घटनामा एक पुरुष र चार महिला गरी पा“च जनाको मृत्यु भइसकेको छ भने चार पुरुष र छ महिला गरी १० जना बेपत्ता भएका छन्। बाजुरामा एक सय ३१ घरपरिवार प्रभावित भएका छन्। तीन आंशिक र तीन पूर्ण रुपमा घरमा क्षति पुगेको छ। बाजुरामा विपदबाट दुई करोड २१ लाख ४५ हजार बराबरको क्षति पुगेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा उल्लेख छ।

आपनकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा ३१ वटा घटनामा तीन जनाको मृत्यु भइसकेको छ भने आठ जना घाइते र एक बेपत्ता भएका छन्। कैलालीमा विपदबाट ८५ लाख १० हजार बराबरको क्षति पुगेको छ भने ४० घर परिवार प्रभावित भएको जनाइएको छ। केन्द्रका अनुसार कैलालीमा ६ घर पूर्ण रुपमा र चार घरमा आशिंक क्षति पुगेको छ। 

प्रदेशको अछाममा विभिन्न विपदका १९ वटा घटनामा तीन पुरुष र एक महिला गरी चार जनाको मृत्यु र सात पुरुष तथा ११ महिला गरी १८ जना बेपत्ता भएका छन्। अछाममा विपदबाट १४ लाख ५४ हजार बराबरको क्षति पुगेको उल्लेख छ। विपदबाट एक घर पूर्ण र चार घर आंशिक क्षति पुगेको छ भने ४२ घरपरिवार प्रभावित भएको जनाइएको छ।

डोटीमा विभिन्न विपदका १२ घटनामा पाँच लाख नौ हजार तीन सय बराबरको क्षति पुगेको छ। विपदका कारण दुई महिलाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्। तीन घर पूर्ण र दुई घर आंशिक क्षति पुगेको छ भने ११ घरपरिवार प्रभावित भएका छन्।

केन्द्रका अनुसार बझाङमा विभिन्न विपदका १० वटा घटनामा एक जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन्। एक घर पूर्ण र दुई घरमा आंशिक क्षति पुगेको छ भने १८ घरपरिवार प्रभावित भएका छन । बझाङमा विभिन्न विपदका घटनाबाट पाँच लाख बराबरको क्षति पुगेको उल्लेख छ।

डडेल्धुरामा विभिन्न विपदका पाँच घटनामा एक लाख बराबरको क्षति पुगेको जनाइएको छ। डडेल्धुरामा दुई पुरुष र पाँच महिला गरी सात जना बेपत्ता भएका छन् भने दुई घर पूर्ण रुपमा क्षति भएको छ। विपदबाट छ घरपरिवार प्रभावित भएको जनाइएको छ।

दार्चुलामा विभिन्न विपदका २१ घटनामा एक महिलाको मृत्यु र दुई पुरुष छ महिला गरी आठ जना बेपत्ता भएका छन्। पा“च घर पूर्ण र एक आंशिक क्षति पुगेको छ भने २७ घर परिवार प्रभावित भएका छन । 

बैतडीमा विभिन्न विपदका पा“च वटा घटनामा एक जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन् भने पा“च घरपरिवार प्रभावित भएको जनाइएको छ।

प्रदेशमा विपदका घटनाबाट मानवीय तथा भौतिक क्षति बढ्दै गए पनि यसको न्यूनीकरणमा प्रदेश सरकार गम्भीर हुन नसकेको सरोकारवालाहरूको गुनासो छ।

नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले विपदबाट मानवीय क्षति हुन नदिन पूर्व तयारी तथा कार्ययोजनालगायतका निर्माण गर्नुपर्ने, विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरणका लागि पनि तयारी गर्नुपर्ने र विपदको समयमा राहत तथा उद्दार तथा पुनस्र्थापनका लागि पनि प्रदेश सरकार तयारी अवस्थामा रहनुपर्ने सुझाव दिए।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो। सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्