• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नेमारको अनिश्चित भविष्य  ८० खेलका लागि १११ मिलियन युरो
64x64
ऋग्वेद शर्मा बिहीबार, वैशाख १८, २०७७  १५:०७
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि नै स्ट्राइकर नेमारका लागि समय सोचेजस्तो भइरहेको छैन। गएको वर्ष जस्तै स्पेनिस सञ्चार माध्यममा अहिले पनि नेमारलाई ला लिगामा देख्ने उत्साह चलिरहँदा नेमारको अनिश्चित समयले भने चिन्ता थपेको छ। 

सन् २०१७ को अगस्टमा २२२ मिलियन युरो कीर्तिमानी रकममा बार्सिलोना छाडेर पीएसजी पुगेका थिए नेमार। पिएसजीमा विश्व क्लब फुटबलको उत्कृष्ट खेलाडीहरु जम्मा भए पनि त्योअनुसार अगाडि बढ्ने अवसर भने देखिएन। एक त कमजोर लिग वानमा प्रतिस्पर्धा गर्दा सधैँको विजेता अर्को त त्यसैका कारण दिक्क लाग्ने वातावरणको सिर्जना हुन पुग्यो।  

अहिले कोरोना भाइरस (कोभिड १९) का कारण बीचमा रोकिएको फ्रेन्च लिग वान अनिश्चित बन्दा पनि पिएसजीलाई फुटबल समर्थकले विजेताका रुपमा स्वीकार गरिसकेका छन्। 

नेमारका लागि पिएसजीमा बिग्रिएको ठ्याक्कै के हो त? यकिन यही हो भन्ने नभए पनि उनी गएको सिजन बार्सिलोना फर्कन जे जति गर्न तयार थिए त्यसले पिएसजीमा खुसी छैनन् भन्ने स्पष्ट छ। पिएसजीमा नेमारको समय अझै दुई वर्ष देखिइरहँदा अबको समय पनि उनी गएको वर्ष जस्तै क्लब छाड्न सक्रिय होलान् त? कोरोनाकै कारण क्लबहरुमा परिरहेको आर्थिक संकटले पनि गएको वर्ष जस्तो सजिलो परिस्थिति अहिले हुने छैन। 

पिएजसी गएदेखि पिएसजीका महत्वपूर्ण १५५ खेलमा नेमारले ८० खेल मात्र खेल्न सकेका छन्। पिएसजीमा नेमारले आउने समयमा लिएको रकमलाई मात्र हेर्ने हो भने उनका लागि एक सिजनमा सिधा ३७ मिलियन युरो हुन आउँछ। उनले खेलेका खेलबाट घटाएर हेर्ने हो भने ८० खेलका लागि उनले १११ मिलियन युरो पाएको देख्न सकिन्छ। जुन नेमारबाट अपेक्षा हुनेभन्दा कम खेल हो। 

चोटका कारण परेका यस्ता समस्यालाई छाडेर हेर्ने हो भने नेमार अहिले पनि विश्व फुटबलमा उत्कृष्टमध्ये एक हुँदै हुन्। त्यसैले त विश्वमा सफलमध्येको एक क्लब बार्सिलोना उनको पुनरागमनका लागि हरेक समय लागिपरिरहेको देखिन्छ।  

फुटबलमा महत्वपूर्ण खेलमा जितको आधार तयार गर्न सक्ने खेलाडीका लागि अंग्रेजीमा एउटा वाक्यांश छ ‘वल्र्ड क्लास प्लेयर’। जब कि टिमका अरु खेलाडी बरु एक कदम पछि हट्न सक्छन् तर, गजव प्रतिभा हुनेहरु फर्कंदैनन्। आफ्नो पक्षमा नतिजा ल्याउन खेलको हद पार गरिदिन्छन्।  

Ncell 2
Ncell 2

जितको भोकमा जादुयी परिवर्तन त्यस्ता खाले प्रतिभाको प्रमुख आधार बनेको हुन्छ, जसले  विश्वस्तरीय खेलाडीको परिचय दिन्छ। त्यस्तै परिचय बनाएका एक खेलाडी हुन्, नेमार दा सिल्भा सान्तोष जुनियर। 

नेमारको विश्वस्तर बुझ्न सकिने खेल धेरै छन्, तर त्यसमध्ये एउटै काफि छ - बार्सिलोनाले २०१६/१७ को च्याम्पियन्स लिग अन्तिम १६ मा पिएसजीलाई ६-१ ले हराएको खेल। 

नेमारले त्यसबेला फसिसकेको बार्सिलोनाको गलामा समातेर यसरी उतारे कि सम्पूर्ण फुटबल समर्थकमाझ उत्कृष्ट वापसीको चर्चा चल्यो। ४-० ले हारेको पहिलो लेगपछि पनि दोस्रो लेगको ८७ औँ मिनेटसम्म ३-१ मा रहेको बार्सिलोनाको जित असम्भव देखिएको थियो। तर, ८८ औँ र ९१ औँ मिनेटमा नेमारको गोलसँगै ९६ औँ मिनेटमा उनैको उत्कृष्ट पासमा रोबर्टोको गोलले समग्रमा ६-५ ले जित्दै बार्सिलोनाले इतिहास लेख्यो। 

shivam cement

shivam cement

खेलपछि पिएसजीका मार्को भेराटीले भनेका थिए - ‘बार्साका धेरै खेलाडीले त अब सकिँदैन भनेर हार स्वीकार गरिसकेका थिए, तर नेमारमा जितको विश्वास मरेको थिएन।’ यसैले नेमारलाई अहिलेसम्म पनि मन पर्ने कुनै खेल सोध्ने हो भने त्यही खेल सम्झन्छन्। 

नेमार ब्राजिल साओ पाउलो नजिकै मोगिडसमा सडकमा फुटबल खैल्दै हुर्किएका खेलाडी हुन्। सानोमा नै फुटसलमा लागेकाले उनको फुटबलमा फुटसलका कला पनि देखिन्छ। उनको फुटसलकै कला देखेर ११ वर्षका उनलाई २००३ मा युवा खेलाडीका रुपमा सान्तोषले भित्र्याएको थियो। 

२००९ मा सान्तोषको सिनियर टिमबाट व्यावसायिक क्लब फुटबल सुरु गरेका नेमारले पहिलो सिजनमा नै ४८ खेलमा १४ गोल गरेका थिए। २०१० को अगस्टमा अमेरिकासँगको खेलमा पाँच पटक विश्वकप विजेता ब्राजिलको राष्ट्रिय टिममा डेब्यू गरेका नेमारको उतिबेलै पेले जस्ता आदर्श व्यक्तिले तारिफ गरेका थिए। 

२०११ मा विश्वकै उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड जितेपछि त नेमारको चर्चा अझ चुलिएको थियो। फुटबल खेल्न थालेदेखि हरेक सयम चर्चामा रहेका नेमार स्पेनिस क्लब बार्सिलोना पुगेपछि त अझ फुटबल समर्थकको चासोका विषय बने।

उनै नेमार २०१७ को अगस्टमा फेरि चर्चामा केन्द्रमा रहे। यसपटकको उनको चर्चा मैदानभन्दा बाहिरको थियो। फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइबीच अन्ततः विश्व कीर्तिमानी २२२ मिलियन युरोमा नेमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए। 

नेमारले जे सोचेर बार्सिलोना छाडेका थिए, पिएजसीमा दुई सिजन त्यो भएन। २०१४ कै विश्वकपमा ब्राजिलियन टिमको भार सम्हाल्ने जिम्मेवारी पाएका उनका लागि २०१८ को विश्वकपमा पनि भनेजस्तो हुन सकेन। 

बार्सिलोनामा लियोनल मेस्सीको छायामा हराएँ कि भन्ने सोचेका नेमार पिएसजीमा पुनः केलियन एमबाप्पेको छायामा परे। पिएसजीलाई च्याम्पियन्स लिग जिताएर फुटबलमा ठूलो मानिने व्यक्तिगत अवार्ड ‘बालोना डिओर’ जित्ने उनको सोच धुमिल भयो। अहिले पनि ‘बालोन डिओर’को विजेता मेस्सी हुँदा नेमार उसैगरी हराइरहेका छन्। 

यस्तै कारणहरु छन् जसले अहिले फुटबल लिगको नयाँ सिजनअघि नेमार पुनः विश्व फुटबलको चर्चामा जोडिँदै छन्। पिएसजीबाट बार्सिलोना फर्कने उनको चाहनामा उस्तै खाले फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइ फेरि पनि चल्ने नै छ। 

यो सिजनअघि गएको वर्ष पिएसजीले चाहेको २५० मिलियन युरो तिर्न भर्खरै एन्टोनियो ग्रिजम्यान भित्र्याएको बार्सिलोनाका लागि असम्भव बनेको थियो। बार्सिलोनाले केही खेलाडी दिएर रकम घटाउन गरेको प्रयास र लोनमा २०२० सम्मका लागि ल्याउने योजना पनि छलफलमा मात्रै सीमित बनिदियो। 

नेमारले बार्सिलोनालाई जसरी छाडेर गएका थिए त्यसले बार्सिलोना समर्थकमाझ भने उनको पुरानो ‘क्रेज’ घटेको छ। तर बार्सिलोनाले च्याम्पियन्स लिगमा भोग्नुपरेको खराब समयले समर्थकले नेमारमाथि देखाउन सक्ने आश छाडेका पनि छैनन्। 

फुटबलमा कमजोर बनेको पछिल्लो आर्थिक बजार र क्बलहरुबीचको खिचातानीले मात्रै होइन नेमारले पिएजसी छाड्न सबैभन्दा बढी केन्द्रमा उनै रहन्छन्, जो नेमारबारे निर्णय गर्छन्। 

नेमारका बुबा नेमार सान्तोष कुनै समयका फुटबल खेलाडी नै थिए। उनको सपना विश्व फुटबलमा ‘स्टार’ खेलाडी बन्ने थियो। ब्राजिलमा केही लिग फुटबलसम्म खेल्न सकेका उनी युवा उमेरमा नै कार दुर्घटनामा परेपछि त पूर्णरुपमा मैदानबाहिर परे। यसैले उनले आफ्नो सपना नेमारमार्फत पूरा गर्न चाहेक छन्, गरिरहेका पनि छन्। 

नेमारका बुबा आफूले ३२ वर्षको उमेरमा फुटबल छाड्दा आफूसँग एक सुका पैसा पनि बाँकी नभएको भुल्दैनन्। त्यसैले उनी अहिले नेमारको खेलसँगै पैसामा विशेष चासो राख्छन्। उनलाई नजिकबाट चिन्नेहरु भन्छन् - प्रायः त नेमारका लागि उनको निर्णय दबावपूर्ण पनि हुने गर्छ। 

नेमार ब्राजिलियन क्लब सान्तोषमा रहँदा क्लबका अध्यक्ष थिए, लुइस अल्भारो दि ओलिभेरा रिबेरो। उनी असाध्यै हँसमुख मान्छे, खुब रमाइलो गर्नुपर्ने। त्यही स्वभावले पदाधिकारी, पत्रकारदेखि खेलाडीसम्म उनको सम्बन्ध असाध्यै सुमधुर रहन्थ्यो। नेमारसँग त उनको सम्बन्ध पारीवारिक नै थियो।  

अल्भारो नेमारका बुबाका पनि सुरुवाती दिनमा प्रशंसक नै थिए। तर २०१६ को अगस्टमा क्यान्सरका कारण ज्यान गुमाएका उनले मृत्युसँग लडेका अन्तिम दिनहरुमा पनि नेमारका बुबाको विश्वासघात बारे बोलिरहेका हुन्थे। उनले मर्नुभन्दा केही दिनअघि दुई पाना लामो विचार नै लेखेका छन् जसमा नेमारका बुबाको धोका सामेल छ। 

सबका प्रिय अल्भारो मात्रैले होइन सुरुवाती दिनमा नेमारको आर्थिक अधिकार भएका ब्राजिलका ठूला व्यवसायी डेलसिर सोन्डा, पहिले नेमारको कानूनी पाटो हेर्ने इडुआर्डो मुसा, नेमारको बार्सिलोना सम्झौतामा ठूलो भूमिका खेल्ने एजेन्ट मार्कस मालाक्विस जस्ता नाम धेरै छन् जो नेमारका बुबाको धोकाबारे सुनाइरहेका हुन्छन्।

नेमारका बुबा अझै फेरिएका छैनन्। छोराको आलोचना गर्नेसँग स्टेडियममा नै झगडा गर्न तम्सने उनको स्वभाव अहिले पनि क्यामरा अगाडिसमेत उस्तै व्यवहार देखाइदिन्छन्। यसैले त उनका प्राय सम्बन्धहरु सुमधुर रहँदैनन् जसले नेमारका लागि बढ्ने ‘पुल’ समेत भत्किइरहेको हुन्छ। 

नेमारका लागि गर्ने निर्णयलाई लिएर भएका आलोचनामा एकपटक त उनले अमाचकारी गालि नै गरिदिए, उनले भनेका थिए - ‘अ मदर फ.. फर देम, एण्ड द बेस्ट फर मि एण्ड माई क्लाइन्ट्स।’ उनको यो गाली त्यसबेला सान्तोषलाई लिएर थियो। यही गालि २०१७ मा बार्सिलोनाले जोडेर हेर्न सक्यो र अहिले पिएसजी यस्तै गालिको नजिक छ। 

तर, २७ वर्षका नेमारका लागि समय अहिले उही छैन। उनी सान्तोषबाट बार्सिलोना जाँदा र बार्सिलोनाबाट पिएसजी जाँदा विश्वस्तरीय क्लबको नजरमा थिए। अहिले त ला लिगाबाहेक अन्त उनको खोजी छैन। व्यवहारको समस्या, चोटयुक्त समय र च्याम्पियन्स लिगको संघर्ष जस्ता अनेक कारणले नेमारको समय उही पुरानो छैन। 

यो परिस्थितिमा धेरैले दोष नेमारका बुबातिर नै देखाइरहेका छन्। छोरालाई आफ्नो निर्णय आफै लिन नदिने भन्दै उनको आलोचना हुने गरेको छ। तर जसले जेसुकै आरोप लगाइरहे पनि नेमारका बुबा उनको व्यवस्थापनमा मरिमेटेर लागिरहेका छन् र धेरै हदसम्म सफल पनि छन्। 

ब्राजिलियन पत्रिका युओएलका पेरिस संवाददाता जाओ हेनरिक नेमार र उनको पिताको सम्बन्ध सानोदेखि नै यसैगरी विकास भएको र पछिसम्म उस्तै रहने विश्लेषण गर्छन्। ‘पहिलोपटक मैले नेमारसँग कुरा गर्दा उनी १४ वर्षका मात्रै थिए, मैले उनको बुबालाई फोन गरेको थिएँ अनि उनीसँगको कुराकानीपछि फोन छोरालाई दिएका थिए, अहिलेसम्म पनि अवस्था यस्तै नै छ’, उनले भनेका छन्, ‘अहिले पनि नेमारको अन्तर्वार्ता लिनुअघि उनको बुबालाई सोध्नुपर्छ, छोराको प्रेमसम्बन्धका निर्णयसमेत उनी नै गर्छन्।’

नेमार अहिले मैदानमा खेलिसकेर निस्किएपछि ‘लकर रुम’मा पुग्नेवित्तिकै पहिलो मोबाइल हेर्छन् जसमा उनको बुबाको केही न केही सन्देश आएकै हुन्छ। खेल राम्रो भएकादेखि कहाँ कहाँ गल्ती भएको थियो भन्ने सन्देश उनका बुबा मोबाइलमै समेत पठाउँछन्। नेमारका लागि उनका बुबा नै सबैभन्दा ठूला प्रेरक हुन् र सबैभन्दा मुख्य आलोचक पनि। 

नेमार बार्सिलोना हुँदा उतै रहेका र उनी पेरिस पुगेपछि पेरिसमै रहेका ब्राजिलियन पत्रकार मार्कस नेमारको फाइदा अरुले उठाउला कि भन्ने डरमा उनका बुबा सधैँ रहिरहने बताउँछन्, ‘नेमारको खेल सानै उमेरमा उनका बुबाले बुझेका थिए, नेमारले राम्रो खेल्दै जाँदा मान्छेहरुले भनेका अनेका कुरा उनले सुन्न थाले, त्यसले पनि उनको डर बढ्न थाल्यो र थोरै मानिसको वरपर रहेर धेरैलाई शत्रु जस्तो बनाए। उनको रणनीति पैसाको वरपर रहन्छ, जसमा सबै बागडोर सम्हाल्ने गरी।’ 

२०११ मा नै ग्याजेट प्रेससँगको एउटा अन्तर्वार्तामा नेमारका बुबाले नेमार घरमा हुँदासम्म आफ्नो छोरा र घरबाट निस्केपछि ब्यापार रहेको अन्तर्वार्ता नै दिएका थिए। जसले त्यो समय सनसनि नै मच्चिएको थियो। ब्राजिलियन पत्रिकाहरु नै नेमारले विज्ञापन र ब्राण्डबाट कमाउने रकममो ८५ प्रतिशत त एनआर स्पोर्टस् कम्पनीमा जाने बताउँछन्, जसको प्रमुख नेमारका बुबा र उनका आमा छन्।   

जतिसुकै ‘लोभि’ भए पनि नेमारको किनबेचमा अहिलेसम्म उनका बुबा सक्षम रहेको उनलाई नजिकबाट चिन्नेहरु पनि स्वीकार्छन्। फुटबलका ख्यातिप्राप्त मानिसहरुसँगको भेटघाट, कुराकानीबाट उनले खेल ब्यवस्थापनबारे पनि धेरै नै ज्ञान पाइसकेका छन्। उनीसँग कुरा गर्नेहरु उनको विद्वता बढेको देखेर दंग पर्छन्।

नेमारका बुबा चर्चामा रहन मानिसको सम्मान पाउन रुचाउँछन् तर त्यो अनुसार व्यवहार भने गर्दैनन्। यसैले धेरैले नेमारलाई फर्मुला वानका खेलाडी लेविस ह्यामिल्टनले जसरी नै आफ्नो बुबालाई एजेन्टको भूमिकाबाट हटाउनुपर्ने सुझाव दिन्छन्। 

तर नेमार अझै आफ्नो बारे बुबाकै निर्णयमा भर परिरहेका छन्। किनभने उनी बुबालाई माया र सम्मान गर्छन्। नेमार लागि फुटबलमा जति समयका मोडहरु देखिएका छन् उनी सँगै उनका बुबा रहिरहेका छन्। नेमार विश्व फुटबलको उत्कृष्ट बन्ने योजनामा लागिरहेकै छन्। 

(यो सामग्री बिबिसी, मार्का, गार्जियन, गोल र इएसपिएनमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विश्वकप छनोट अन्तर्गत नेपालले बहराइनलाई ९ विकेटले हरायो शनिबार, वैशाख २७, २०८२
समाजवादी महिला सङ्घको राष्ट्रिय महाधिवेशन आज शनिबार, वैशाख २७, २०८२
जी ७ राष्ट्रहरुद्वारा भारत र पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह शनिबार, वैशाख २७, २०८२
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्