काठमाडौं–भारतको अपरेशन सिन्धु पछि पाकिस्तान क्रोधित छ।
हिजो राति पाकिस्तानले भारतका धेरै शहरहरूमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको थियो, तर भारतीय सुरक्षा बलले यसलाई पूर्ण रूपमा विफल पारेको छ। साथै, पञ्जाब प्रान्तमा पाकिस्तानको एयरबोर्न चेतावनी र नियन्त्रण प्रणालीलाई गोली हानेर खसालिएको पुष्टि भएको छ।
भारतीय सेनाले राति अबेर रावलपिंडी र लाहोर लगायत धेरै शहरहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो। यसको प्रभाव अब पाकिस्तान सुपर लिगमा पनि परेको छ। अब अर्को पीसीएल खेलहरू पाकिस्तानमा होइन, दुबईमा खेलिनेछ। अब, यसैबीच, आईपीएल २०२५ को बारेमा ठूलो खबर बाहिर आइरहेको छ। बीसीसीआईले आज, अर्थात् मे ९ मा आईपीएल २०२५ स्थगित गरेको छ। बीसीसीआईले केन्द्र सरकारसँग कुरा गरेपछि बीसीसीआईले यो ठूलो कदम चालेको हो।
भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित भएको हो।
हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो। त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सुचना निकालियो। यद्यपि, मुख्य कारण सुरक्षाको थियो। पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०।१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो। त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो। खेलाडीहरु र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पुर्याइयो।
आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो। तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो। यसको आधिकारिक घोषणा हुन बाँकी छ।
आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन्। अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बीसीसीआईले यो ठूलो कदम चाल्नु परेको छ। आईपीएल स्थगित भएको पुष्टि गर्दै बीसीसीआईका अधिकारीले भने, ‘देश युद्धमा छ र यहाँ क्रिकेट खेलिरहेको छ भन्ने कुरा राम्रो देखिँदैन।’
पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू युएईमा सारिएको छ।
अवस्था यति खराब छ कि कराँची किंग्स र पेशावर जाल्मी बीचको खेल बिहीबार स्थगित गरिएको छ। यो खेल रावलपिंडी स्टेडियममा हुने भनिएको थियो, तर आक्रमणको डरले खेल खेल्न सकिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।