एजेन्सी –जी–७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । विज्ञप्तिमार्फत उनीहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्’, ‘जी ७ को विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै साउदी अरेबियाले पनि दुबै देशलाई युद्धबाट नभइ वार्ताबाट समस्या समाधानका लागि आग्रह गरेको छ। साउदी अरेबियाका विदेश राज्य मन्त्री अदेल अल–जुबैरले भारत र पाकिस्तानको भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।