काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घ, नेपालले केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । शनिबार मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र निधी सांस्कृतिक भवनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनको १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं महिला सङ्घकी केन्द्रीय अध्यक्ष निर्मला यादवले जानकारी दिएकी छन् ।
उनका अनुसार महाधिवेशनमा सातै प्रदेश समितिबाट करिब तीन सय प्रतिनिधिहरु सहभागी हुनेछन् । उद्घाटन सत्रको कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव, सचिव लिला सिटौला, कोषाध्यक्ष सुरिताकुमारी साहलगायतका नेताहरुले सम्बोधन गर्ने अध्यक्ष यादवले बताइन । आइतबार हुने महाधिवेशनको बन्द सत्रबाट सङ्घको नयाँ नेतृत्व निर्वाचित हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।