• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
उदयपुरमा कोरोनाका संक्रमित बढेपछि सप्तरीमा पिसिआर परीक्षण बढ्यो
64x64
दिनेश शर्मा सोमबार, वैशाख १५, २०७७  ०७:१५
1140x725
सप्तकोशी नगरपालिका–२ को फत्तेपुरस्थित गोवर्धन वैरागी जनता माविमा स्वाब संकलन गरिँदै।

राजविराज– कोरोना संक्रमणको जोखिम कम गर्न सप्तरीमा पिसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन) परीक्षणलाई तिव्र पारिएको छ। आइतबारसम्म जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ।

सीमावर्ती जिल्ला उदयपुर तथा प्रदेश २ कै अन्य विभिन्न जिल्लामा पनि एकपछि अर्को कोरोना संक्रमित थपिदै गएपछि पिसिआर परीक्षणलाई तिव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वय तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरी हालसम्म ३ सय ६५ जनाको पिसिआर परीक्षण गरिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताए।

गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म कुल ४७ जनाको पिसिआर परीक्षण गरेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद र आसपासमा फेला परेका संक्रमितहरुमध्ये २ जना सप्तरीको सुरुंगा नगरपालिका–११, (अरहा भजक्का) का स्थायी बासिन्दा भएको फेला परेपछि दुई दिनअघि त्यस क्षेत्रका पनि ५ जनाको स्वाब परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।

Ncell 2
Ncell 2

आइतबार सप्तकोशी र कञ्चनरुप नगरपालिकामा गरी १ सय ५७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। सप्तकोशी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका ९९ पुरुष र १५ महिला गरी १ सय १४ तथा कञ्चनरुप नगरपालिकाको क्वारेन्टाइनका ३१ र बरमझियास्थित मस्जिदका १२ जनानको स्वाब संकलन गरिएको छ। उनीहरमध्ये १ महिला र ४२ पुरुष रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए।

यसैगरी, शनिवार बोदे बर्साइन–५ को चन्द्रा नमुना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको छ। बोदे बर्साइनका १ सय १३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गाका नगरपालिकाका १२, खडक नगरपालिकाका २, बलान बिहुल गाउँपालिकाका ३ र जडिबुटी बिक्री गर्न सप्तरीका आएका जुम्लाका ३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सबैको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पिसिआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लामा भिटिएमसहितको प्राविधिक/स्वास्थ्यकर्मीको टोली खटाएको छ। प्रदेशका विभिन्न जिल्लामा गरी १ हजार ५ सय २० जनाको पिसीआर नमुना संकलन गर्ने लक्ष्यसहित टोली खटिएको स्वास्थ्य मन्त्रालयका प्राविधिक फणीन्द्र ज्ञवालीले जानकारी दिए। सप्तरीमा ३ सय जनाको पिसिआर परिक्षणको अनुमति पाएकोमा ३ सय १८ जनाको स्वाब संकलन भएको उनले बताए।

आरडीटी परीक्षण अवरुद्ध
जिल्लामा कीट लगायतका आधारभूत स्वास्थ्य सामाग्री अभाव भएपछि आरडीटी परीक्षण अवरुद्ध भएको छ। सप्तरीका लागि कुल १ हजार ६० आरडीटी कीट प्राप्त भएको र लगभग सकिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमख यादवले बताए। ‘३/४ दिनअघि देखि नै कीटको अभाव छ’, उनले भने, ‘प्रदेश र संघ दुवैतर्फ कीटका लागि प्रयास गरिरहेको छु। तर, प्राप्त भएको छैन।’

नेपालमा तयार नहुने र अन्यत्रबाट मगाउनुपर्ने भएकाले कीटको अभाव देखिएको उनले जानकारी दिए। उनले थपे, ‘मन्त्रालयमै आरडीटी कीट छैन भन्ने सुन्नमा आएको छ। हामीले प्रयास गरिरहेका छौ तर तत्कालै आउने सम्भावनाचाहिँ एकदमै कम छ।’

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०७:१५
  • #कोरोना_अफवाह
  • #पिसिआर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
संसद बैठक सुरु आइतबार, असार १, २०८२
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्