• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
कोरोनाको डरमा खेल उत्सव : तयारी पूरा तर अन्योल
64x64
सराेज तामाङ बुधबार, फागुन २१, २०७६  १८:२५
1140x725

काठमाडौं- कोरोना भाइरसको डर बढ्दै जाँदा त्यसको असर विश्व खेलकुदमा पनि देखिएको छ। ठूला खेल उत्सवहरु बन्द रंगशालामा गर्नेदेखि खेल नै स्थगितसमेत भइरहेका छन्। तर कोरोनाको उच्च जोखिममा रहेको भनिएको नेपालमा भने खेल उत्सवहरु नियमित नै छन्। 

सहिद स्मारक ‘बी’ डिभिजन लिगदेखि मोफसलका फुटबल प्रतियोगितासँगै अन्य खेल गतिविधि पनि चलिरहेका छन्। विश्वका स्टार खेलाडीहरु भेला गरेर चैत १ गतेदेखि एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आयोजना गर्ने तयारी पनि भइरहेको छ। ठूलो तयारी भइसकेकाले नै आयोजक भनिरहेका छन्- ‘यहाँ डर छैन, प्रतियोगितालाई असर गर्दैन।’

तर ठूला सभा सम्मेलन र जमघट नगर्न र उच्च सतर्कता अपनाउन सरकारले नै आग्रह गरिरहेको छ। विद्यालयको वार्षिक परीक्षा छिटो सकाउनेदेखि सार्वजनिक स्थानहरुमा विशेष चनाखो हुन, अनावश्यक भिडभाडमा नजान सूचना प्रवाह भइरहेका छन्। 

यस्तोमा सबैभन्दा धेरै दर्शक देखिने नेपाली क्रिकेटमा क्रिस गेल, ड्वायन स्मिथ, उपुल थारङ्गा, कोरी एन्डर्सन जस्ता स्टार खेलाडी हेर्न कीर्तिपुर मैदानमा दर्शक ठूलो संख्यामा आउने नै छन्। अहिले खेलकुद भनेकै दर्शक जस्तो भएका बेला दर्शकबिनाको खेल खेलाउने सम्भावना पनि रहँदैन नै। 

चीनबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म ३१ सय भन्दा बढीको ज्यान लिइसकेको छ। ७० भन्दा बढी देशमा फैलिएको भाइरसका कारण विश्व समुदाय डरमा छ। ९२ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण भएको बताइन्छ। 

बी डिभिजनमा टुसाल युथ क्लब भर्सेस सातदोबाटो युथ क्लबबीचको खेल।

खेलकुदका गतिविधि नहुनु नराम्रो देखिने भए पनि स्वास्थ्यका विषयमा हेलचक्र्याइँ गर्नु झनै भुल हुन सक्छ। इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर भने प्रतियोगिता नरोकिने दाबी गर्छन्। ‘इपिएल हुन्छ। कोरोनाले केही असर गर्दैन।’

अख्तरले कुनै अनुसन्धान र जाँचमा आधारित रहेर बोलेको नभई आफ्नो ठूलो तयारी खेर जाने डरले प्रतियोगितालाई केही हुँदैन भनेको स्पष्ट छ। तर अरु विषयमा गम्भीर देखिएको सरकारी निकाय खेलकुद गतिविधिमा के गर्ने र सञ्चालन गर्ने नै भए कसरी गर्ने भन्नेमा स्पष्ट हुनु जरुरी छ। 

हुन पनि अहिले त इपिएलको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ। कुन टिमले कस्ता विदेशी खेलाडीहरु ल्याउने लगभग पक्कापक्की भइसकेका छन्।

Ncell 2
Ncell 2

कोरोनाको बढ्दो डरकै कारण सर्वोच्च अदालतमा परेको रिटमा फागुन १९ गते सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारलाई अन्तरिम आदेशसमेत दिएको छ। यस्तै सरकारले पनि चैत्र ५ गतेभित्रै कक्षा ९ सम्मका सम्पूर्ण विद्यालयका वार्षिक परीक्षा सकाउन निर्देशन दिएको छ। त्यस्तै, ठूला कार्यक्रम, सभा तथा पार्टी नगर्न स्थानीय तहमा समेत निर्देशन भइरहेका छन्। 

यो सबैका बीच इपिएल के हुने भन्नेमा अन्योल आएको इपिएलकै एक टिम ललितपुर प्याट्रियोट्सका प्रशिक्षक राजु बस्न्यात बताउँछन्। ‘अब हाम्रो टिम त तयारी अवस्थामै छ। विश्वमै परेको प्रकोपविरुद्ध जोखिम लिन सकिँदैन। यसरी नै भाइरस नरोकिएर झन फैलिँदै गयो भने प्रतियोगिता सार्नु पर्ने अवस्था आउँछ’ उनले भने। 

यता, काठमाडौं किंग्स इलाभेनका म्यानेजर विजयकुमार धिताल विश्वका चर्चित खेलाडी आउने हुँदा मिति सार्न नहुने तर्क गर्छन्।

‘अन्तर्राष्ट्रिय क्रिकेटको खेल तालिका मिलाएर चर्चित खेलाडी आइरहेका छन्। तर हामीले खेल तालिका सार्दा नेपाल आएका विश्व चर्चित खेलाडीको लागि त्यो खेल तालिका उपयुक्त नहुन सक्छ’, म्यानेजर धिताल थप्छन्, ‘बरु सरकारले आयोजकलाई कोरोनाविरुद्ध यो–यो कुरा पूरा गरेर प्रतियोगिता आयोजना गर्नु भनेर दिए हुन्छ कि। यो मेरो विचार हो। अब सरकारले हैन इपिएल पनि रोक्नु पर्छ भन्छ भनेर कसको के लाग्छ र!’  

अहिले थाइल्यान्डमा जारी एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा पनि म्यानमार, चीन र भुटानले भाग लिएनन्। कारण कोरोना भाइरसको डर नै हो। तर त्यहाँ नेपाल निर्धक्क सहभागी भएको छ। 

विश्व खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्ने अधिकार प्राप्त निकायहरु नेपालमा जस्तो अनिर्णयमा भने देखिँदैनन्। बन्द रंगशालामा खेल गराउनेदेखि कतिपय खेलहरु स्थगितसमेत भएका छन्। उदाहरणका लागि भ्यालेन्सिया र एटलान्टाबीचको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल खाली रंगशालामा आउँदो हप्ता हुँदैछ।

यसैले बी डिभिजन लिगदेखि इपिएल जस्ता प्रतियोगिता के गर्ने भन्नेमा सम्बन्धित निकायले छिटो निर्णय गर्नुपर्ने देखिन्छ। 

यो पनि पढ्नुहोस

विश्व खेलकुदमा कोरोनाको असर : खाली रंगशालामा फुटबल 

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्