जनकपुरधाम– धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।
नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।
घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।