• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
64x64
सराेज तामाङ शनिबार, चैत ७, २०७७  ०९:४६
1140x725

काठमाडौं- रहरको खेल सपना बनेपछि खेलाडीको कौशल मैदानमा देखिँदो रहेछ। मनको चाहनामा प्रतिभा र मिहिनेत मिसिएपछि नतिजा आउँदो रहेछ। त्यस्तै कौशलले वर्तमानमा नतिजा र भविष्यको बाटो देखाइरहेकी नयाँ पुस्ताकी खेलाडी हुन्, सरु लिम्बु। उनका लागि फुटबल पहिले मनोरञ्जन थियो। पछि दिनचर्या भयो। अहिले त सपना नै। 

चर्खामा मिहिनेत गरेर हुर्किरहेकी सरु लिम्बुलाई फुटबल खेलाडी बन्छु भन्ने कल्पनामा पनि थिएन। आमाका अघि रोएर दुई सय रुपैयाँको बुट किनिमाग्दा पनि उनको खेलाडी बन्ने बाटो स्पष्ट थिएन। तर, रहरले यसरी मैदानमा डोर्‍याउँदै लग्यो कि उनी अब मैदानसँग छुट्टिन नसक्ने भइसकिन्। उसैगरी देखिँदैछ, नेपाली फुटबल पनि सरुबाट पर हुने छैन। आफैंले भविष्य नदेखेको फुटबलमार्फत् उनी अहिले धेरैलाई भविष्य देखाइरहेकी छिन्। 

सरु लिम्बुले न कसैको खेल मन पराएर खेलेकी हुन् न त फुटबलको महत्व बुझेर नै। राष्ट्रिय टिमसम्म त सोंचमा पनि थिएन। खेल्दाखेल्दै रमाइलो मानिन्। त्यसैमा बढ्दा सफल भइन्। २१ वर्षकी सरुको बुट अहिले पाकिस्तानी भूमिमा चर्चामा छ। पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरुसँगै नेपालबाट एन्जिला तुम्बापो सुब्बा, अनिता केसी र गीता राना छन्।

कुनै समय नेपाली फुटबल जमुना गुरुङ र अनु लामाको पुस्ताले धानेको थियो। त्यस्तै, प्रदर्शन र सफलताले महिला फुटबलले सन् २०१० पछि उचाइ लिँदा एउटा प्रश्न भने खड्किइरह्यो, अब जमुना र अनुको समयपछि को? अनुको अन्तर्राष्ट्रिय ३५ गोलको रेकर्ड तोड्ने खेलाडी आउलान्? त्यसको जवाफका लागि लामो समय पर्खनु परेन। 

सन् २०१४ पछि देखापरिन् सावित्रा भण्डारी, जसले अनुको ३५ गोलको कीर्तिमान तोड्दै राष्ट्रिय टिमबाट ३८ गोल गरिसकेकी छन्। फेरि यस्तै प्रश्न उठ्ने गरेको छ, सावित्राको पुस्तापछि नेपाली फुटबल धान्ने नयाँ पुस्ता कस्तो होला? यसको जवाफ खोज्ने समय बाँकी नै रहेपनि अहिले बाटो देखाइरहेको पुस्ताकी उत्कृष्ट खेलाडी हुन्, सरु। 

सर्वोत्कृष्ट सरु
गएको माघ ७ देखि फागनु ७ गतेसम्म राष्ट्रिय महिला लिग फुटबल भयो। सात टिम सहभागी प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले जित्यो। एपीएफको उपाधि यात्रामा एक योद्धा थिइन् सरु। उनै सरु, जसलाई प्रतियोगिताअघि टिमले उपाधि जित्नेमा शंका थियो। कारण हो, तयारी राम्रो नहुनु।

कोरोनाको कारण करिब एक वर्ष मैदानबाहिर रहेकी उनलाई आफ्नो खेलस्तर पनि खस्किएको भान हुन्थ्यो। कोरोनाको डरलाग्दो अवस्थाले उनी मात्रै होइन, विश्व नै तनावमा थियो। अन्य देशमा छिट्टै फुटबल गतिविधि फर्किंदा नेपालमा ढिलोगरी राष्ट्रिय महिला लिग भयो। 

Ncell 2
Ncell 2

‘जब लिग सुरु भयो हाम्रो प्रदर्शन देखेर हामी आफैं चकित भयौँ। नसोचेको सुधार गर्‍याैं। अभ्यासकै दौरानमा मेरो खेल स्तर खस्किएको थियो। सक्दिनँ होला भन्ने महसुस भइरहेको थियो। तर, पहिलो खेलदेखि नै राम्रो भयो’, सरु भन्छिन्।

मिडफिल्डर सरु उम्दा खेलाडी हुन्। जसले गोलको सिर्जना मात्रै होइन स्वयम् गोल गर्दै टिमलाई जित दिलाउँछिन्। एपीएफकी सरुले त्यो धेरैपटक प्रमाणित गरेकी छन्। चाहे त्यो पाकिस्तानको महिला फुटबल च्याम्पियनसिपमा एकै खेलमा गरेको १० गोल होस् या राष्ट्रिय लिगमा एपीएफ टिमबाट गरेका गोल।

प्रतियोगिताभर चर्चामा रहिरहिन् सरु। टिमभित्र सरुले खेलेको भूमिका महत्वपूर्ण रह्यो। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गइरहिन्। एपिएफले अपराजित रहँदै उपाधि जित्दा सरु प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइन्। यसले सरुको स्तर प्रमाणित गर्‍यो। अनि धेरैमाझ देखियो प्रतिभा।

उनी भन्छिन्, ‘म सर्वोत्कृष्ट खेलाडी नै हुन्छु भन्ने सोंच थिएन। तर, विस्तारै मेरो खेलमा सुधार हुँदै गएपछि भने उत्कृष्ट मिडफिल्डरसम्म हुन्छु कि भन्ने थियो। मिडफिल्ड भन्दा पनि सर्वोत्कृष्ट खेलाडी भएँ। म आफैं पनि आश्चर्यमा परेँ’, उनी भन्छिन्, ‘जब साम्बा दिदी (सावित्रा भण्डारी) उत्कृष्ट फरवार्ड हुनुभयो, त्यसपछि म नै सर्वोत्कृष्ट खेलाडी हुन्छु भन्ने भयो। त्यो घोषणासँगै म जति नै खुशी मेरो टिम र सरहरु हुनुभयो। त्यो देखेर मलाई छुट्टै खुशी मिल्यो।’

कहाँ छ महिला फुटबल?
राष्ट्रिय महिला लिगमा अरु पनि केही खेलाडीले उत्कृष्ट खेले। अझ विभाग बाहिर रहेका टिमको प्रदर्शन पनि उच्च नै रह्यो। पहिलेको समयमा देखिने महिला फुटबलको स्तरमा सुधार भएको अनुभव प्रशिक्षकहरुले नै पनि गरे। विराटनगर महानगरपालिकाले पुलिसलाई नै हराएको अवस्थामा स्थानीय स्तरमा पनि महिला फुटबलमा केही प्रतिभाहरु छ है भन्ने देखायो। 

सरु विभागीय टिमविरुद्ध अन्य टिमले गरेको प्रदर्शन देखेर छक्क पर्छिन्। भन्छिन्, ‘अब महिला फुटबलमा पनि केही हुन्छ।’ उनलाई यस्तो लाग्नु अन्य प्रतिभावान खेलाडी देखेर नै हो। अझ उनको ठम्याइ छ- अरु टिमले प्रतिभाको तुलनामा ५० प्रतिशत पनि खेल खेल्न सकेनन्। मोफसलका टिममा राम्रा खेलाडी भएपनि अभ्यास नहुँदा सही नतिजा आउन नसकेको मात्र हो।

‘जिल्लाका टिमले निकै सुधारिएको प्रदर्शन गर्दै आएका छन्। पहिले ड्याङ-ड्याङ हानेर खेल्थे। उनीहरुको ठूलो टाउको दुखाईको विषय नै विभागीय टिमलाई कसरी रोक्ने भन्ने हुन्थ्यो। तर, यो पटक भने उनीहरुले निकै राम्रो खेले’, सरु भन्छिन्।

हुन त, घरेलु लिगले नै हो खेलाडीको जन्माउने। लिग नै खेलाडीको प्रतिभा पहिचान गर्ने थलो। महिला राष्ट्रिय लिगले खेलाडीलाई निकै मद्दत त गर्‍यो नै। तर, के यति नै पर्याप्त छ त?

पुरुषको घरेलु प्रतियोगिता हरेक जिल्लामा, प्रदेशमा हुन्छ। महिलाको पनि त्यसरी नै प्रतियोगिता भए? तर, एन्फा र जिल्ला फुटबल संघ तथा क्लबहरु महिला फुटबलको लोकप्रियता छैन भन्छन्। यो हाँस्यास्पद तर्क मात्र हो। लोकप्रिय आफैं हुने विषय होइन। फुटबलकै लोकप्रियता पनि खेलेपछि भएको हो। खेल्नु अघि होइन। महिला फुटबल राम्रो स्थानमा पुग्न सक्छ। तर, प्रतियोगिता नै नगरी त्यसको फल खोज्नु चाहिँ मुर्खताबाहेक अरु के होला र?

सरु भन्छिन्, ‘यो राष्ट्रिय महिला लिगले गर्दा हामीलाई मान्छेले पहिलो पटक चिनेको होला। नत्र को सरु लिम्बु? भन्ने अवस्था थियो। नियमित प्रतियोगिताहरु हुँदै गएमा महिला फुटबलको पनि त्यस्तै माहोल बन्छ। र, नयाँ पिढीका लागि बाँच्ने राम्रो आधार बन्नेछ।’

खेलाडीलाई चाहिने कुरा भनेकै खेल हो। खेल नै नभए खेलाडीको के अर्थ? वर्षमा एक पटक राष्ट्रिय महिला लिग आयोजना गरेर मात्र पुग्दैन। वर्षमा ६-७ वटा स्तरीय प्रतियोगिता भइदिए महिला खेलाडीले पनि फुटबलमा लागेको सार्थक लक्ष्य पाउने थिए।

‘वर्षमा ८-९ वटा प्रतियोगिता भएमा हाम्रो स्तर पनि माथि उठ्छ। सिनियर टिमको मात्रै होइन, उमेर समूहदेखि नै महिला फुटबलको विकासमा लाग्नुपर्छ’, उनी थप्छिन्, ‘हरेक ठाउँमा केटाको मात्र होइन, केटीको पनि होस्टेलसहितको एकेडेमी हुनुपर्छ। यसले गर्दा महिला फुटबलको ग्रासरुटदेखि नै विकास हुन्छ।’

त्यसो त, पछिल्लो समय महिला फुटबलमा पनि केही सकारात्मक काम भएको छ। केही महिना अघि मात्रै एन्फाले महिला र पुरुष राष्ट्रिय टिमका खेलाडीको तलब समान (मासिक १८ हजार रुपैयाँ) बनायो। तर, तलब बढाएर मात्रै महिला र पुरुष फुटबल समान भयो भन्न नमिल्ने सरुको तर्क छ। ‘समान तलबले महिलालाई पनि पुरुषसरह बनायौं है भन्ने सन्देश गएको छ। तर, प्रतियोगिता पनि त्यतिकै भइदिएको भए? तलब मात्रै बढाइदिएर महिला पुरुष बराबरी भयो भन्नु चाहिँ ठीक होइन।’

फर्केर हेर्दा
नेपाली फुटबलमा अघि बढेका सबैजसो खेलाडी दुःख र ठूलो संघर्षबाट गुज्रिएका छन्। धेरैजसो मध्यम र न्यून आर्थिक अवस्थाकै खेलाडी छन्। सरु पनि पारिवारिक दुःखबाट मिहिनेत गर्दै अगाडि बढेकी खेलाडी हुन्। सानैदेखि उनी दाउरा चिर्ने, धान बोक्ने, चर्खामा धागो बाट्ने काम गर्दै हुर्किएकी हुन्। 

मोरङको पथरी, सिरिसेडाँडा घर भएकी सरु आफ्नो बाल्यकालमा भोग्नु परेको बाध्यता यसरी सम्झन्छिन्, ‘हाम्रोतिर चर्खा बाट्ने काम हुन्छ। आमाले रातभरि चर्खा बाट्नु हुन्थ्यो। बिहानै आमासँग उठेर सँगै चर्खा बाटेर म स्कुल जान्थेँ। त्यो समयमा धेरै संघर्ष गर्नु पर्‍यो।’

विदेशमा रहेका बुबाले पठाएको पैसा ऋण तिर्दा नै ठीक्क हुन्थ्यो। घरमा काम नगरेसम्म खर्च टार्न कठिन हुन्थ्यो। जेठो सन्तान सरु जब बुझ्ने भइन्, आमाको दाहिने हात बनिन्। अहिले भने आमा किराना पसल गर्छिन्। विदेशबाट फर्केका बुबा मासु पसलमा व्यस्त हुन्छन्।

मोरङबाट दीपा न्यौपाने, लिला लामगाडेलगायत धेरै खेलाडीले राष्ट्रिय टिमबाट खेलिसके। तर, सरुलाई सुरुमा उनीहरुले राष्ट्रिय टिमबाट फुटबल खेल्छन् भन्ने थाहा थिएन। विद्यालय परिवर्तन गरी सरस्वती निम्न माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्न गएपछि सरुले महिलाले पनि फुटबल खेल्दा रहेछन् भन्ने थाहा पाइन्। अरुले फुटबल खेलेको हेरेर बस्ने उनमा हेर्दाहेर्दै खेल्ने रहर पलायो। उनलाई खुट्टाले मैदानतिर डोर्‍याउन थाल्यो। साथीसंगी थपिँदै गए। ८ कक्षामा पुगेपछि सरुले नियमित नै फुटबल खेल्न थालेकी थिइन्। 

सानैदेखि आफूलाई पढाइमा खासै रुची नभएको सरु सुनाउँछिन्। त्यस्तोमा खेल्न सुरु गर्दा समेत फुटबल खेलेर के हुन्छ भन्ने उनलाई थाहा थिएन। तर, खेल्न भने थालिन्। खेल्दै जाँदा लत बस्दै गयो। ‘स्कुल–स्कुल बाजी खेल्दै गयौँ। खेल्न थालेपछि पढाइमा झन् रुची घट्दै गयो। कक्षा छोडेर खेल्न जाने गर्‍यौँ। हाम्रो यो लगाव देखेर बिक्रम धिमाल गुरुलाई सरले बोलाउनु भएछ। उहाँले म र मेरो साथी जमुनालाई छानेर खेलका लागि लानु भयो’, सरुले सुनाइन्।

एक पटक मोरङकै मंगलबारेमा टिमसँग खेल्न गएकी सरुको भोगाइ रोचक छ। घरमा रोएर आमाबाट दुई सय रुपैयाँमा जुत्ता किनी मागिन्। त्यही जुत्ता लिएर खुशीका साथ खेल्न गएकी थिइन्। दोस्रो हाफमा मैदान पसेकी सरु त्यो बेलाको खेल सम्झँदै भन्छिन्, ‘पहिलो पटक हान्दा जुत्ता नै च्यातियो। त्यो मेरो कहिले नबिर्सने क्षण हो। त्यो बेला कुन खुट्टाले हान्ने भन्ने थाहै थिएन। जुन खुट्टामा पहिले बल आउँछ त्यसैले हान्थेँ। देब्रे खुट्टाले हानेको बुट च्यातियो। त्यसपछि एकजना साथीको बुट मागेर खेलेँ।’

साथीको मागेको बुटले नै सरुले गोल गरेर टिमलाई जिताइन्। तब त सरु सबैको प्रिय बनिहालिन्। 

फिफा विश्वकप जस्ता उत्सव आउँदा गाउँमा खेल चल्थ्यो। साथीहरु सरुलाई बोलाउन छुटाउँदैन्थे। त्यसरी नै उनको फुटबल यात्रा अघि बढ्यो। यतिबेलासम्म उनलाई रमाइलोकै लागि खेल्ने हो भन्ने लाग्थ्यो। जब मोरङ टिममा पर्दै नवलपरासीमा भएको एनसेल कप खेल्न गइन्, सरुले फुटबल के हो भनेर जान्ने मौका पाइन्।

उनी सम्झन्छिन्, ‘मोरङ टिममा पर्दै मैले नवलपरासीमा भएको एनसेल कप खेलेको थिएँ। पहिलो खेलमा नै हाम्रो प्रतिस्पर्धा एपीएफ क्लबसँग थियो। मलाई थाहा थिएन त्यस्तो राम्रो टिम हुन्छ भनेर। त्यहीबेला थाहा पाएँ, यस्ता राम्रा खेलाडी पनि हुन्छन् भनेर।’

‘बल्ल सपना बोकेँ’
एनसेल कपपछि नै सरुले फुटबल के हो भन्ने राम्ररी बुझिन्। र, लक्ष्य बनाइन्, एपीएफमै गएर फुटबल खेल्ने। लक्ष्य सजिलो थिएन। ‘मैले पनि एउटा सपना बोकेँ। सुरुमा चाहिँ एपीएफ क्लब नै जान्छु, फौजी हुन्छु, त्यसपछि राष्ट्रिय टिममा पर्छु भन्ने लक्ष्य बनाएँ’, सरु भन्छिन्।

अब फुटबलमै केही गर्छु भनेर खेल्न थालेकी उनी पूर्वाञ्चल टिमबाट लुम्बिनी कप खेल्न इलाम पुगिन्। लुम्बिनी कपमा प्रदर्शन थप सुधारियो। उनले उत्कृष्ट खेलिन्। अनि त एपीएफको नजर सरुमा परिहाल्यो। तत्काल एपीएफले सरुलाई टिममा बोलायो। तर, कम उमेरको कारण सरु गइनन्। राष्ट्रिय टिमका अधिकांश खेलाडी एपीएफका भएको कारण आफूले स्थान नपाउने निष्कर्षसहित घरैमा बसेको सरु बताउँछिन्।

सन् २०१४ मा श्रीलंकामा भएको एएफसी यु–१४ गर्ल्स च्याम्पियनसिपमा नेपाल विजेता बन्यो। त्यसबेला सरु नेपाली टिमको मुख्य खेलाडी थिइन्। सरु २०७३ मा एपीएफमा आबद्ध भइन्। उनले त्यही वर्ष प्रधानसेनापति कप चौंथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न पाइन्। एपीएफबाट उनको यो पहिलो प्रतियोगिता थियो। आफ्नो पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेकी सरुमाथि विश्वास बढ्यो। 

अनु लामा घाइते भएपछि त्यो प्रतियोगिता खेल्न पाएकी सरु उत्कृष्ट फरवार्ड बनिन्। यसले उनको खेल यात्रालाई अझ बलियो बनायो। त्यो उत्कृष्ट फरवार्डको अवार्डले सरुलाई राष्ट्रिय टिमसम्म तान्यो।

सन् २०१६ मा भारतको सिलिगुडीमा सम्पन्न साफ च्याम्पियनसिप नै सरुको राष्ट्रिय टिमबाट ‘डेब्यू’ प्रतियोगिता हो। पहिलो खेलमा भुटानविरुद्ध उनी बेन्चमै रहिन्। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलले हराउँदा पनि सरु बेन्चमै थिइन्। समूह चरणको अन्तिम खेलमा उनी श्रीलंकाविरुद्ध ‘प्लेइङ सेट’मा नपरे पनि परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन्। 

तर, त्यो प्रतियोगितामा नेपाल सेमिफाइनलबाटै बाहिरियो। अहिलेसम्म चार पटक फाइनल खेल्दा त्यो प्रतियोगिता मात्रै हो जहाँ नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। सेमिफाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो।

‘त्यतिबेला पहिलो पटक टिममा परेको थिएँ। इतिहासमै पहिलो पटक नेपाल सेमिफाइनलबाट बाहिरिएकोमा एकदम नराम्रो लागेको थियो’, उनी सम्झन्छिन्।

सन् २०१९ मा सरु कप्तानको भूमिकामा साफ यू-१९ च्याम्पियनसिपमा भुटानमा थिइन्। नेपालको खेल बंगलादेशसँग थियो। तर, उनी पारिवारिक दुःखमा यसरी परिन् कि मैदानमा उही लयमा प्रस्तुत हुन सकिनन्। 

सरुकी आमा घरमा थिइन्, बाबु रोजगारीको सिलसिलामा कतारमा थिए। खेल हुनुअघि आमासँगको फोनमा उनले बाबा बिरामी भएको सुनिन्। कतारमा बाबु लामो समयदेखि बिरामी परेका रहेछन्। घर फर्कने प्रयास गरिरहे पनि कम्पनीले नदिने भएपछि मर्नु न बाँच्नुको अवस्थामा थिए।

अल्सर, सुगर र उच्च रक्तचापबाट पीडित सरुका बाबुले आमालाई अब बाँच्दिन भनेपछि यो कुरा सरुसम्म आइपुगेको थियो। सरु भन्छिन्, ‘बाबाले घरमा म बाँच्दिनँ भनेर खबर गर्नु भएको रहेछ। खेलअघि घरबाट आमाले रुँदै सबै कुरा भन्नु भयो। म त के गर्नु भन्दै आमा रुन थाल्नु भयो। यस्तो दुःखमा त म आमासँग छैन भने खेलेर के गर्नु भन्ने भयो।’

नेपाल र बंगलादेशबीचको खेल सुरु भयो। तर, कप्तान आफैं पीडामा थिइन्। शतप्रतिशत खेल्न सकिनन्। ‘खेल चलिरहेको थियो, म रुँदै खेल्दै थिएँ’, करिअरमै पहिलो पटक यस्तो भएको सरुले सुनाइन्। त्यो खेलमा नेपाल पराजित भयो। अहिले उनका बाबु ठीक छन्। पूर्ण निको नभए पनि उचारमा लागिरहेका छन्। यसले परिवारको दुःखले सरुलाई आफ्नो लक्ष्य स्पष्ट बनाउनुपर्ने प्रेरणा दिइरहेको छ। 

भारतलाई साफमा हराउनुछ
सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित बन्यो। घरेलु मैदानमा नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। कारण साफ च्याम्पियनसिपअघि इतिहासमै पहिलो पटक भारतलाई नेपालले हिरो गोल्डकपमा उसकै भूमिमा २-१ गोलले पराजित गरेर आएको थियो। यसले पनि सबै खेलाडीको मनोबल उच्च थियो। सबैले विराटनगरमा इतिहास बनाउँछौँ भनिरहेका थिए। तर, फाइनलमा नेपाल भारतसँग ३-१ ले हा
र्‍यो। सबै खेलाडी स्तब्ध बने। 

टिमकै महत्वपूर्ण सदस्य सरुका आँखा त्यो बेला खुब रसाए। गृहजिल्लामा नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउने उनको सपना जो पराजित भएको थियो। ‘हामीले यति धेरै मिहिनेत गरेका थियौं, जित्छौं, जित्छौं भन्ने लागेको थियो। अहिलेसम्म के भयो भन्दा पनि आज चाहिँ हाम्रै हो भन्ने थियो। कोही पनि भारतविरुद्ध डराएका थिएनन्। भारतलाई हराउँछौँ हराउँछौँ भन्ने थियो। तर, हार्‍यौँ।’

अब आफ्नै पालामा नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाएर छाड्ने सरुले संकल्प लिएकी छन्। त्यसमा मिहिनेत गर्न उनी तयार छिन्। अहिले मैदानमा देखाइरहेको स्पष्ट खेल लयलाई अझ राम्रो बनाउँदै जाने लक्ष्यमा छिन्। उनको विश्वास देख्दा लाग्छ, नेपाल अब उपविजेता मात्र हुने छैन। 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
उपाधि पुलिसलाई, मेयर्स कपमा देखिएका केही उत्कृष्ट प्रदर्शन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्