गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सत्ता गठबन्धनको निर्णयः बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालयका सदस्य डा सुरेश आचार्यले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको जानकारी दिए।
शनिबार, कात्तिक २६, २०७९
विश्वकपमा जर्सीको व्यापार: पहिले बेच्न भ्याइ–नभ्याइ, अहिले बिक्दैनन् मेसी–रोनाल्डोका पनि!
अघिल्लो अर्थात सन् २०१८ मा रुसमा भएको विश्वकपमा शाहीले आफ्नो पसलका तीनवटा शाखाका लागि १५ हजार जर्सी मगाएका थिए। एउटा शाखाबाट पाँच हजार थान बिक्रीमा राखेका थिए। ती जर्सीले पनि नपुगेर ग्राहक खालीहात फर्काउनु परेको थियो। अहिले तीनवटा ब्रान्चका लागि उनले १२ देशका ४ हजार ५ सय थान जर्सी मगाएका छन्। तर, बिक्री भएका छैनन्।
शनिबार, कात्तिक २६, २०७९
बझाङ केन्द्रविन्दू भएर गयो भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प ५.४ म्याग्निच्युटको रहेको थियो। केही दिनअघि पनि सुदूरपश्चिमकै डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
शनिबार, कात्तिक २६, २०७९
कैलालीका तीन स्थानमा नमुना मतदान [तस्बिरहरू]
यस्तै, चुरे गाउँपालिका वडा नम्बर ४ स्थित सुर्यमुखी आधारभुत विद्यालय र मोहन्याल गाउँपालिकाको मतदान केन्द्रका मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्याल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले निरिक्षण गरेका हुन्।
शनिबार, कात्तिक २६, २०७९
निर्वाचन आयोगद्वारा पुकार बमलाई जरिवाना
राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि पाँच-पाँच हजार जरिवाना गरेको छ ।
शनिबार, कात्तिक २६, २०७९
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई आयोगद्वारा यस्तो कारबाही र जरिवाना (विवरणसहित)
यस क्रममा शुक्रबारसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारबाही गरिएको आयोगले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २६, २०७९
शनिबार, कात्तिक २६, २०७९
मनाङका उम्मेदवार गुरुङलाई आयोगको स्पष्टीकरण, हेलिकोप्टरमा गएर मतदातालाई धम्क्याएको आरोप
‘हेलिकोप्टरमा दलबलसहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार’ भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएकाले गुरुङलाई स्पष्टीकरण पत्र लेखेको आयोगले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
आयोगका अनुसार मतदानको दिन यी सवारी साधन चलाउँदा सवारी अनुमतिपत्र लिनु पर्दैन
आयोगले शनिबार सूचना जारी गर्दै बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गाडीलगायत अत्यावश्यक सवारी साधन चल्न दिने जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
आचारसंहिता उल्लंघन गरेको भन्दै पचरौताका मेयरलाई २५ हजार जरिवाना
वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो। आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ।
शनिबार, कात्तिक २६, २०७९
‘सिजन’मा पनि किन बढ्न सकेन सेयर बजार?
अहिले विभिन्न कम्पनीले गत आर्थिक वर्ष (२०७८–०७९) को नाफाबाट लगानीकर्तालाई धमाधम बोनस तथा नगद लाभांश वितरण गरिरहेका छन्। तर, पनि सेयर बजारमा उत्साहजनक माहोल देखिएको छैन।
शनिबार, कात्तिक २६, २०७९
आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ४९ बनाए। यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले ३-३ तथा किशोर महतोले २ विकेट लिए।
शनिबार, कात्तिक २६, २०७९
‘बाइडेन मोदीलाई भेट्न उत्सुक’
जी–२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने जी–२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्वको अन्तरराष्ट्रिय सम्मेलनमध्ये एक हुने बताइएको छ।
शनिबार, कात्तिक २६, २०७९
मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्वाचन आयोगको निर्देशन
आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
शनिबार, कात्तिक २६, २०७९
घाइते डी मारिया र डिबाला अर्जेन्टिनी विश्वकप टोलीमा, छैनन् लो सेल्सो र कोरेया
स्पेनिस क्लब भिल्लारियालका मिडफिल्डर जिओभानी लो सेल्सो भने घाइते भएकै कारण टोलीमा परेका छैनन्। उनी अलि गम्भीर घाइते भएको बताइएको छ। लो सेल्सोको अनुपस्थिति अर्जेन्टिनामा लागि ठूलो क्षति हुने विश्लेषण गरिएको छ। किनकि, उनी पछिल्लो समयमा अर्जेन्टिनाको मिडफिल्डका बलिया खम्बा थिए।
शनिबार, कात्तिक २६, २०७९
माधव नेपाल यही चुनावबाट समाप्त हुन्छन्: ओली
अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरे। उनले माधव नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने ठोकुवा गरे। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी समेत गरे।
शनिबार, कात्तिक २६, २०७९
निर्वाचन लड्न गोरखा गए पनि चिन्ता र चासो चितवनकै छः प्रचण्ड
‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो र चितवनको विकास निर्माण र समृद्धिमा मेरो चासो र चिन्ता छ। यसर्थ, तपाईंहरूलाई मेरो सहयोग निरन्तर जारी रहनेछ’, प्रचण्डले भने, ‘म चितवनकै हो र यहाँको विकासको हमेसा चिन्ता रहनेछ।’
शनिबार, कात्तिक २६, २०७९
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने
विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ। यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ।
शनिबार, कात्तिक २६, २०७९
Previous
2473
2474
2475
2476
2477
Next
सर्च गर्नुहोस्
×
Search