• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
आरुबोटे नरसंहार-४ : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या  ढोका तोडफोडबिनै कसरी भयो हत्याराको 'इन्ट्री'?
64x64
नारायण अधिकारी बुधबार, जेठ २२, २०७६  १७:३५
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते रातिको घटनाले पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटका बासिन्दा अझै पनि राम्ररी निदाउन सकेका छैनन्। आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

उक्त नृशंस हत्याकाण्डमा मानबहादुर कसरी यतिसम्म क्रूर बन्न सके होलान्? घटना उत्पन्न गराउन सक्ने कारक केके थिए? प्रहरीले अनुसन्धान सकिसकेको छैन। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम पनि घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनासँग जोडिएका पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। मानबहादुरको व्यवहार, मनोदशा र विगतबारे पनि तथ्यहरु जुटाएका छौं। जसलाई शृंखलाबद्ध रुपमा प्रस्तुत गर्ने नै छौं।

अघिल्लो शृंखलामा घटना भएको दिन मानबहादुरको गतिविधि र भिनाजुसँग भएको अस्वाभाविक कुराकानीका बारेमा लेखेका थियौं। यो चौथो शृंखलामा लगभग सवा घन्टाको अवधिका मानबहादुरले कसरी छप्काए ९ जनालाई? घटनापछि मानबहादुर कता लागे? यिनै विषय समेटेका छौं।

OOO

जेठ ६ गते राति १०:३० बजेसम्म आरुबोटे सामान्य अवस्थामा हुन्छ। धनराजको घरमा पुगेर झारफुक सकेर धामीहरु साढे १० बजे त्यहाँबाट निस्कन्छन्। तर, केहीबेरमै आएको हावाहुरीसहित ठूलो पानी पर्न थाल्छ। धामी हर्कमान र उनका साथी सुरेशमान नजिकैको देउमान तामाङको घरमा छिर्छन्। 

जब बिहान उठेर उनीहरु पाइला चाल्छन् तब मात्रै उनीहरुले थाहा पाउँछन्- धनराज र बमबहादुरको परिवार सखाप भो रे!

जब धनराजको घरबाट झारफुक गर्ने धामीहरु साढे १० बजे निस्किए। के त्यसपछि नै धनराजको परिवारमाथि आक्रमण भयो? 

Ncell 2
Ncell 2

तर, त्यति छिट्टै यो घटना सुरु भएको प्रहरीले  विश्लेषण गरेको छैन। खास कुन समयमा भयो यति ठूलो नरसंहार? हामीले पाँचथरका डिएसपी नरेन्द्र कुँवरलाई सोध्यौं।

डिएसपी नरेन्द्र कुँवर

'धामीहरु निस्कनेबित्तिकै परिवारका सदस्यहरु निदाइसकेका हुँदैनन्। ननिदाएको अवस्थामा एकै परिवारका सबै सदस्यको हत्या गर्न असम्भव जस्तै छ। जसकारण करिब ११ बजेबाट हत्या सुरु भएको देखिन्छ।'

सो रात ९ बजे धनराजको घर वरपर मानबहादुरको उपस्थिति देखिएको प्रहरीले पत्ता लगाइसकेको थियो।

'स्ट्रोङ, कम स्ट्रोङ गर्दै सबैभन्दा कम टावर टिप्नेसम्म गरी एउटा मोबाइल टावरका ६ वटासम्म लेयर हुन्छन्, 'हत्या अनुसन्धानलाई सूक्ष्म ढंगले केलाइरहेका डिएसपी कुवँरले प्रष्ट पार्न खोज्दै भने, 'धनराजकी श्रीमतीको मोबाइल पनि स्ट्रोङ टावरले क्याच भएको र मानबहादुरको पनि सोही ठाउँको टावरबाट स्ट्रोङ क्याच भएकाले उनी धनराजकै घर वरपर भएको पुष्टि हुन्छ।'

त्यसो त मानबहादुरले साढे ९ बजे एक व्यक्तिलाई सोही ठाउँबाट कल गरेका थिए। त्यसपछि उनको मोबाइल कनेक्सन कतै देखिन्न। यात मोबाइल अफ गरे, या फ्लाइट मोडमा राखे।

धनराजको घर सामान्य छ। ढुंगा माटोको गारो र जस्ताको छानो। घरको पश्चिमतर्फ तीन ढोका छन्। बीच ढोकाबाट भित्र पस्नेबित्तिकै उनीहरु सुतेको ठाउँमा पुगिन्छ। 

धनराजको घर

आश्चर्य त ढोका तोडफोडबिना नै हत्यारा भित्र पस्छ। ढोका बिग्रिएको, चुक्कुल तोडफोड गरेको देखिँदैन। 

कसरी प्रवेश गर्‍यो होला हत्यारा? 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले दुई वटा विश्लेषण गरे। पहिलो– धामीहरु त्यस घरबाट बाहिरिएको केहीबरेमै हावाहुरीसहित पानी परेको थियो। हत्याराले ढोका ढकढक्याउँदा धामीहरु फर्किएर पो आए कि भनेर  भित्रबाटै खोलिदिएको हुनुपर्छ।

दोस्रो– त्यस दिन अबेर रक्सी खाएर सुतेकाले ढोका नै लगाउन बिर्सिएको पनि हुन सक्छ। 

एकै कोठामा ५ शव 
धनराजको परिवारका सबैको शव एउटै कोठामा थिए। धनराज, उनकी श्रीमती जस्मिता र दाइकी छोरी इच्छाको शव भुइँमा लडिरहेको थियो। दुई छोरीहरु युहाना र मुनाको शव भने खाटमाथि ओछ्यानमा। 

धनराजका छोरीहरु युहाना र मुनाको शव। उनीहरु दुवै सिसाकाण्डमा बिरामी भएका थिए

बिहान प्रहरी घटनास्थल पुग्दा रगतसमेत सुकेर कालोकालो भइसकेको थियो। धनराजको शव उत्तानो अवस्थामा र श्रीमती जस्मिताको घोप्टो अवस्थामा प्रहरीले फेला पारेको थियो। निलो कट्टु र सतो गन्जी लगाएर सुतेका धनराजको दाहिने तिघ्रामा दुई ठाउँमा आधा छिन्ने गरी धारिलो हतियार प्रहार भएको प्रष्ट देखिन्थ्यो। उनको अनुहारमा पनि गहिरो चोट थियो। हत्याराले धनराजको लिंगमा समेत प्रहार गरेका थिए।  श्रीमती जस्मिताको दुवै हात छिन्न केही अंश मात्रै बाँकी रहेको अवस्थामा भेटिएको थियो। 

'हात काट्दा जस्मिताले नाडीमा लगाएको बालासमेत काटिएको थियो,' अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक पौडेलले सुनाए। 

प्रहरी निरीक्षक अनिलकुमार पौडेल

जस्मिता र धनराजसँगै उनका दाइकी छोरी इच्छाको शव पनि भुइँमै थियो। भुइँको ओछ्यानमै तीन जनाको शव लडेकाले उनीहरु उठ्न नपाउँदै हत्या गरिएको प्रहरीको विश्लेषण छ।

निलो, सेतो र रातो कलर मिसिएको छिर्केमिर्के सुरुवाल, माथि कालो र पातलो ज्याकेट लगाएको टाउकोमा मात्रै चोट भएको अवस्थामा धनराजकै एक छोरीको शव भेटिएको थियो। सुन्तला कलरको सुरुवाल र माथि सेतो टिसर्ट लगाएको अवस्थामा टाउकोमा चोट लागेको अर्की छोरीको शव थियो। खाटमा उत्तानै अवस्थामा भेटिएकाले उनीहरु पनि उठ्न नपाउँदै हत्याराले छप्काएको विश्लेषण प्रहरीको छ।

ओछ्यान रगतले लछप्पै भिजेको। मुडा, ग्लास, चप्पल, हातमा लगाउने पञ्जा, थाल शव वरपर छरिएका। प्रहरी घटनास्थल पुग्दा यही दृश्य थियो। धनराजको घरको ढोकामा लागेका रगतका टाटाहरु अझै प्रष्ट देखिन्छन्। प्रहरीका अनुसार दुई घरमै घटना गराउँदा हत्याराले जुत्ताचप्पल लाएका थिएनन्। 

हातखुट्टा धोएर हत्यारा बमबहादुरको घरमा 
पहिले धनराजको परिवारलाई सिध्याएर हत्यारा उनका ससुरा बमबहादुरको घरतिर लागेको प्रहरी निष्कर्ष छ।

धनराजको घरको उत्तरतर्फको आँगनको डिलमा पानी थाप्ने गरेका ३/४ वटा कालो ड्रम राखिएका थिए। धनराजको घरबाट काम फत्ते गरेर निस्किएको हत्याराले तिनै ड्रममा राखिएको पानीमा हातखुट्टा धोएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेल बताउँछन्। ड्रम र भुइँमा समेत रगतका केही टाटा भेटिएपछि प्रहरीले यो निष्कर्ष निकालेको हो।

हत्या गरिसकेपछि बमबहादुरको घर जाने बाटोतर्फ २०/२५ मिटर टाढासम्म रगतका टाटाहरु फेला परेको थियो। हत्या भइसकेपछि भोलिपल्ट संघीय प्रहरी कार्यालय धरानबाट एसएसपी शरद खत्रीको टोली कुकुरसहित घटनास्थल पुगेको थियो। त्यसबेला कुकुरले समेत हत्यारा बमबहादुरको घरतर्फ भएको 'लोकेट' गरेको प्रहरीले जनाएको छ।

सिरानीको खुकुरीले बमबहादुरलाई जोगाएन
धनराजका परिवारका सबैको हत्या भएपछि दक्षिण-पश्चिममा रहेको (१० मिनेट पैदल दुरी) बमबहादुर फियाकको घरतर्फ हत्यारा अघि बढ्छ। बमबहादुरको घर भएको टोललाई फियाक टोल भनेर पनि चिनिन्छ। ढुंगा-माटोको गारो र जस्ताको छानो। सानो एकतले घर। मुल ढोकाअगाडि सानो बरण्डा। बरण्डाको पूर्वी भागलाई जस्ताले बारेर एउटा खाट राखिएको। बमबहादुर यही खाटमा सुत्थे।

यहीँ सुत्थे बमबहादुर

उनको सिरानमा उध्याएर राखिएको धारिलो खुकुरी कहिल्यै छुट्दैन थियो। 'बुवाको लास खाटमा अडेस लागेर ठडिएको अवस्थामा थियो,' बमबहादुरकी साइँली छोरी बुद्धमाया खजुम भन्छिन्, 'बुबा सधैं खुकुरी सिरानमा राखेर सुत्थे। त्यसदिन पनि सिरानै खुकुरी थियो। दाप चाहिँ उ: त्यहाँ झुन्ड्याउनुहुन्थ्यो। हेरिसक्नु थिएन। बाबुको त आँखै थिएन।'

सुरक्षाका लागि बमबहादुरले सिरानमा राखेको त्यो धारिलो खुकुरीले उनलाई बचाउन सकेन। खुकुरीबाटै उनको ज्यान गयो। 

ढोकाबाहिरको खाटमा एक्लै सुतेकाले हत्याराले सुरुमा बमबहादुरलाई नै निसाना बनाएको प्रहरीको विश्लेषण छ। 

आफू सत्ने खाटमुनि बमबहादुरले ट्वाइलेट बनाउन भनेर ल्याइएको बालुवा राखेका थिए। उक्त बालुवा छरिने भयो भन्दै बोरामा बालुवा भरेर उनले वरपर घेरेका थिए। त्यही बोरा र आफू सुत्ने खाटमा अडेस लागेको अवस्थामा उनको शव भेटिएको थियो। हत्याराले बमबहादुरको टाउको र अनुहारभरि प्रहार गरेका थिए। दौरा-सुरुवाल लगाएका मानबहादुरको ढाकाटोपी पनि भुइँमा खसेको थियो। जेठा ज्वाइँ रणबहादुर लिम्बू बमबहादुरको हातको औंला पनि भोलिपल्ट सोही ठाउँमा भेटेको बताउँछन्।

मनकुमारीको खुट्टामा चप्पल 
बमबहादुर बाहिर मारिए भने उनकै घरभित्र श्रीमती पुर्सिमाया, कान्छी छोरी मनकुमारी र नातिनी श्रेयाको हत्या भयो। उनीहरु घरभित्र भुइँतलामा सुत्थे।

मानबहादुरकी पत्नी मनकुमारीको शव भने मुलढोकाको ठिक भित्रपट्टि फेला परेको थियो। अन्य दुई जनाको शव ओछ्यानमा।

तर, अच्चमको कुरा मनकुमारीले खुट्टामा भने चप्पल थियो। बमबहादुरको घरमा पनि ढोका तोडफोड भएको थिएन। 

मुलढोकामै ढलेकी मानबहादुरकी पत्नी मनकुमारी। जसको खुट्टमा चप्पल देख्न सकिन्छ

यसबारे हामीले अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक पौडेललाई सोध्यौं।

'बाहिर बमबहादुरको हत्या गर्दै गरेका बेला भित्र रहेकी मनकुमारीले थाहा पाएको हुनुपर्छ। बाहिर आवाज आएपछि के भयो भनेर मनकुमारी चप्पल नै लगाएर ढोका खोल्न आएकी थिइन् कि। त्यही बेला हत्याराले मनकुमारीलाई मारेर भित्र प्रवेश गरेको हुन सक्ने हाम्रो विश्लेष्ण छ,' प्रहरी निरीक्षक पौडेलले भने, 'मनकुमारीको लास ढोकामै हुनुले पनि यो कुरालाई पुष्टि गर्छ।'

ढोका तोडफोड नगरी हत्यारा भित्र प्रवेश गर्नु र मनकुमारीको खुट्टामा चप्पल हुनुले पनि उनी बाहिरको आवाज सुनेर के भयो भन्दै ढोका खोल्न आइपुगेको हुन सक्ने प्रहरीको विश्लेषण हो। 

करिब ११ बजेबाट हत्या गर्न थालेको हत्याराले सवा १२ बजेको अवधिमा ९ जनाको हत्या गरिसकेको प्रहरी अनुमान छ। 

टाउकोमा प्रहार गरिएको छ भने टाटेपाटे सुरुवाल र रातो पातलो स्विटर लगाएर सुतेकी मनकुमारीको पेटमा निसाना बनाई धारिलो हतियार रोपिन्छ। उता धनराजको लिंग, उनकी श्रीमतीको हातमा बढी प्रहार भएको छ। 

मानबहादुरले साढुदाइको लिंगलाई र पत्नी मनकुमारीको पेटलाई नै टार्गेट बनाएर किन खुकुरी प्रहार गरे? यसको केही संकेत हुन सक्छ? यसको अपत्यारिलो कारणबारे हामीले खोतलेका छौं। बाँकी अर्को शृंखलामा।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
संसद बैठक सुरु आइतबार, असार १, २०८२
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्