• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर
64x64
नारायण अधिकारी सोमबार, जेठ २०, २०७६  १८:००
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

(आरुबोटे) पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा जेठ ६ गते राति भएको हत्या घटनाको त्रास र तरंग अझै सेलाएको छैन। बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीले प्रारम्भिक अनुमान गरिसकेको छ।

पाँचथरको दुर्गम गाउँमा एकैरात भएको ९ जनाको हत्या घटनालाई प्रहरीले आपराधिक इतिहासमै एक व्यक्तिले गराएको भयंकर अपराधको रुपमा लिएर अनुसन्धान जारी राखेको छ। 

घटनापछि नेपाल लाइभ टिम घटनास्थल आरुबोटे पुगेको थियो। हामीले उक्त घटनामा पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। यति भयंकर हत्याकाण्डमा एकै व्यक्ति संलग्न हुन सक्छ कि सक्दैन? झुन्डिएर आत्महत्या गरेका मानबहादुर र हत्या गरिएका परिवारको सम्बन्ध कस्तो थियो? मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो? शृंखलाबद्ध रुपमा हामीले रिपोर्टिङ गरेका छौं।

पहिलो शृंखलामा घटनामा जोडिएको भनिएको सिसाकाण्ड बारे अन्तरकुन्तर खोतल्ने प्रयास गरेका थियौं। यो दोस्रो शृंखलामा सिसाकाण्डमा मानबहादुरको संलग्नता कति थियो भन्ने विषयलाई केन्द्रमा राखेर प्रहरी, बिरामी, अस्पताल र स्थानीयवासीसँग जानकारी लिएका छौं। 

OOO

आरुबोटे घटनाको केही दिन बितिसकेको छ। तर, स्थानीयको अनुहारमा भय गायब भइसकेको छैन। नृशंस हत्यापछि गाउँले राम्ररी निदाउन सकेका छैनन्। गर्मीमा बाहिर सुत्ने कतिपय साँझ नपर्दै ढोका लगाएर भित्र छिरिसकेका हुन्छन्।

यहाँका बासिन्दामा जेठ ६ गते रातिको घटनाले पछ्याइरहेको महसुस गर्न सकिन्छ। 

Ncell 2
Ncell 2

घटनामा एकाएक सिसाकाण्ड जोडिएपछि भने गाउँलेहरु थप अन्योलमा छन्। जुन दिन सिसाकाण्डको हल्ला चल्यो, त्यही दिन पाँचथरकै हिलिहाङ गाउँपालिका–४ कात्तिके भन्ने ठाँउमा १५ वर्षीया किशोरी शीतल योङहाङको घाँटी रेटेर हत्या भएको थियो। 

त्यसको भोलिपल्टै फाल्गुनन्द–२ का भगीरथ बाँस्तोला पक्राउ परे भने अर्का हत्या आरोपी पदम तामाङ भने हिजो आइतबार झापाको दमकबाट समातिएका छन्।

कक्षा १० मा पढ्ने युवतीको विभत्स हत्यापछि विद्यार्थी लगायत स्थानीयले फरार हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै पाँचथरमा आन्दोलन सुरु गरे। आन्दोलन साम्य पार्न खटिनुपर्ने, युवतीका हत्याराबारे अनुसन्धान गर्नुपर्ने र पक्राउ गर्नुपर्ने जिम्मेवारी प्रहरीमा छँदै थियो। 

युवती हत्या गम्भीर भन्दै अनुसन्धानमा जुटेको पाँचथर प्रहरीलाई चक्मा दिनेगरी यही बेला बाहिरियो, सिसाकाण्ड। सिसाकाण्डपछि भने सो आन्दोलन मत्थर भएको गाउँले बताउँछन्।

मानबहादुरका ससुरा बमबहादुर फियाकको घर। यहाँ बमबहादुरसहित ४ जनाको हत्या भएको थियो।

नुनमा सिसा मिसिएको घटना (बैसाख ३० गते) जेठ १ गते मात्र प्रहरीकहाँ पुगेको थियो। उक्त घटनाबारे विभिन्न व्यक्तिसँग सोधपुछ र आशंकित व्यक्तिप्रतिको निगरानीमै थियो प्रहरी। धनराज शेर्माको घरमा भएको सिसाकाण्डबारे यथार्थ पत्ता नलाग्दै उनको शेर्मासहित घरका ५ जना र ससुरा बमबहादुर फियाकको घरमा ४ गरी ९ जनाको हत्या भयो। 

त्यसपछि झनै पेचिलो बनेको सिसाकाण्ड अझै रहस्यमै छ।

सिसाकाण्डबारे स्थानीय दशमी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रविले अनुसन्धान गरिरहेका थिए। धनराजका परिवारका सदस्यले सिसा मानबहादुरले हालेको आशंका गरेका थिए।

खानामा सिसा मिसिएको थाहा पाएपछि बैसाख ३० गते नै धनराजकी श्रीमती जस्मिताले धनकुटामा रहेकी आफ्नी जेठी दिदी दिलमायालाई फोनमार्फत उक्त कुराको जानकारी गराएकी थिइन्।

बमबहादुरका ४ छोरीमध्ये दिलमाया जेठी हुन्। माइली जस्मिता र कान्छी मनकुमारीको हत्या भइसकेको छ। अब जेठी दिलमाया लिम्बू र साइँली बुद्धमाया खजुम जीवित छन्।

२९ गते राति धनराजको घरको नुनमा सिसा हालिएको आशंका गरिएको थियो। 

सोही राति एक युवा कालो प्लाटिकको पोको बोकेर बमबहादुरको घर नजिकै उभिएको देखेको बताउने जस्मिता फियाक (धनराजकी पत्नी) को हत्या भइसकेको छ। उनकी दिदी दिलमायाले नेपाल लाइभसँग कुरा गर्दै भनिन्, 'घर नजिकै बरको रुख छेउमा एउटा केटो कालो झोला बोकेर उभिएको थिएछ। भन्ज्याङको सानुभाइ भन्नेले देखेको रे। उसैले जस्मितालाई भनेपछि मलाई फोन गरेको थियो।' सानुभाइलाई देखेपछि ती युवा पश्चिमतर्फ ओरालो लागेको उनको भनाइ छ।

जस्मिता फियाककी दिदी दिलमाया।

धनराजको घरमा नुनमा सिसा हालेर बमबहादुरको घरमा पनि आएको र मान्छेले देखेपछि नहाली भागेको हुन सक्ने बमबहादुरका छोरीहरुको आशंका छ।

यसअघि पनि बेलाबेला बमबहादुरकी कान्छी छोरी मनकुमारीका कपडा घरबाटै हराउने र बारीका कान्लाहरुमा फालेको अवस्थामा भेटिने गरेको पनि हामीले सुन्यौं। यो गतिविधिमा पनि मानबहादुरकै संलग्नता हुन सक्ने उनीहरु दाबी गर्छन्।

८ जना बिरामी भएर उपचार गराउन फिदिम आइपुगेपछि सदरमुकाम प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो। परिवार, छिमेकी गाउँलेले आशंका गरे जस्तै नुनमा सिसा मानबहादुरले नै हालेका हुन् त? यसबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयले पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेललाई हामीले सोध्यौं। 

'मानबहादुरमाथि आशंका गरिएपछि हामीले उनको कल डिटेल पनि मगायौं। सिआइबीले समेत यसको टेक्निकल पाटो केलायो,' उनले भने, 'तर मानबहादुरले नै सिसा हालेको हो भन्ने निष्कर्षमा हामी पुगेका छैनौं।’ 

प्रहरी निरीक्षक अनिलकुमार पौडल।

३० गते बिहानको खानामा सिसा परेको भनेपछि २९ गते राति नै नुनमा सिसा हालेको हुनुपर्ने प्रहरीको अनुमान छ। सोही अनुसार २९ गते साँझदेखि ३० गते दिनभर मानबहादुरको मोबाइल लोकेसन प्रहरीले हेरेको थियो। 

बिटिएस लोकसन हेर्दा मानबहादुर फिदिम बजार देखिएकाले उनले नुनमा सिसा नहालेको निष्कर्षमा प्रहरी पुगेको प्रहरी निरीक्षक पौडेल बताउँछन्। 

मानबहादुरले होइनन् भने सिसा कसले मिसायो त? यो प्रश्न झनै पेचिलो बनेको छ। प्रहरीले अहिलेसम्म यसको जवाफ पत्ता लगाउन सकेको छैन।

घटनास्थल आरुबोटे र फिदिमबीचको दुरी।

मिलन केन्द्र नेपाल नामक संस्थाले बैसाख १५ देखि आरुबोटेस्थित धनराज शेर्माको घरमा ढाका सिलाई-बुनाई सम्बन्धी तालिम सञ्चालन गरेको थियो। तालिममा बिहानी खानाको रुपाम थुक्पा खाएका ६ सहभागी मनिषा नेपाली (२०), लक्ष्मी लिम्बू (२२), विष्णु विक (१९), सोना लिम्बू (१९), मनकुमारी लिम्बू (३३) र मेनुका दास (१७) मात्रै होइन धनराजका दुई छोरीहरु युहाना र मुना पनि बिरामी भए।

जेठ १ गते आठै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगियो। मनिषा नेपाली र लक्ष्मी लिम्बूको अवस्था गम्भीर भएकाले उनीहरुलाई भने ५ बजे फिदिमकै समर्पित अस्पताल भर्ना गरियो। 

के नुनमा मिसाइएको सिसा नै थियो त? उपचारका क्रममा डाक्टरले नयाँ कुरा पो पत्ता लाए कि? यिनै प्रश्नले पछ्याएपछि हामीले समर्पित अस्पतालका डाक्टर विशालचन्द्र सुवेदीलाई सोध्यौं। 

डाक्टर विशालचन्द्र सुवेदी।

‘त्यो दिन के भयो हामीले केही थाहा नै पाएनौं। मनिटर गरेर बसियो,' उनी भन्छन्, 'भोलिपल्ट दिउँसो १० बजेबाट उनीहरुले हाउभाउमार्फत केही इसारा गर्न थाले। त्यसपछि ग्यास्ट्रिक जस्तो लक्षण देखिएकाले हामीले त्यही अनुसार उपचार गर्‍यौं। बिस्तारै सुधार हुँदै गएपछि उनीहरुले पर्सिपल्टबाट खाना खान थाले।'

पेट र घाँटी दुख्ने गरेको बताएका मनिषा र लक्ष्मी अस्पताल ल्याउँदाल्याउँदै बाटोमा वान्ता भएपछि बेहोस भएका थिए। त्यसको करिब डेढ घन्टामा उनीहरु अस्पताल पुगेका थिए। अस्पताल ल्याइपुर्‍याउँदा दुवै जना बोल्न सक्ने अवस्थामा थिएनन्। 

बिरामी लिएर आएका मानिसले नुनमा सिसाजस्तो वस्तु लिएर आएका थिए। सिसा खाएपछि बिरामी भएको उनीहरुले डाक्टरलाई बताएका थिए। 

उपचारमा संलग्न डाक्टरले पनि सिसा नै हो भनेर पुष्टि गर्ने आधार नभेटिएको बताए।

नुनमा मिसाइएको भनिएको सिसा।

'सिसा खाएको भनेपछि घाँटी कोरिनुपर्ने, आन्द्रामा घाउ हुनुपर्ने, दिसामा रगत र सिसाका टुक्रा समेत देखिनुपर्ने हो। सोही अनुसार हामीले जाँच गरेका थियौं,’ डाक्टर सुवेदीले भने, ‘तर सिसा नै हो भन्ने आधार बिरामीबाट देखा पर्न सकेन।’

तर, उनीहरुले ल्याएको नमुनामा भने मसिनो नुनमा खस्रो चिनी मिसाए जस्तो सेतासेता टुक्रा भने देखिएको डाक्टर सुवेदीको भनाइ छ। 

बिरामीहरुको स्वास्थ्यमा सुधार हुँदै गएपछि जेठ ५ गते अस्पतालले डिस्चार्जको तयारी थालेको थियो। तर अस्पताललाई तिर्नुपर्ने रकम भोलिपल्ट मात्रै आइपुग्ने बिरामीले बताएपछि जेठ ६ गते दिउँसो ५ बजेतिर उनीहरू डिस्चार्ज भएका थिए। ती बिरामी त्यसदिन आरुबोटे नभएर फिदिममै बसेका थिए। तर, त्यसै रात आरुबोटेमा ९ जनाको हत्या भयो।

बिरामी लिएर उपचार गराउन आएका सिंहबहादुर नेम्वाङले 'सिसा हो भने हो भन्नु, होइन भने होइन भन्नु' भन्दै अस्पतालमै चर्काचर्की गरेको अस्पतालका पब्लिक रिलेसन अफिसर शिशिर आङ्बो बताउँछन्। नेम्वाङले 'परिवार नै बिग्रिने भइसक्यो, सिसा हो होइन लेखेर ग्यारेन्टी दिनपर्‍यो' भनेर थर्काएको आङ्बोको भनाइ छ।

डाक्टरले तयार पारेको बिरामीको रिपोर्ट।
डाक्टरले तयार पारेको बिरामीको रिपोर्ट।

'हामीले चेक गर्दा सिसा फेला परेन। लेखेर ग्यारेन्टी दिन मिल्दैन। बरु प्रशासनमा राख्नुपर्ने कुरा हामी भनौंला भनेर पठायौं,' आङ्बो भन्छन्।

उक्त सिसा मिसिएको भनिएको नुन जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइसकिएको छ। यसको रिपोर्ट आएपछि हामी अर्को शृंखलामा त्यसबारे पनि थप जानकारी दिनेछौं।

अबको शृंखलामा भने घटनाको दिन जेठ ६ गते दिनभर मानबहादुरको छटपटी कस्तो थियो? किन उनी तलमाथि गरिरहेका थिए? र, उपचारका लागि विराटनगर जान्छु भनी किन गाउँलेसँग पैसा सापटी लिए? यिनै विषयका फरक तथ्यहरु समेट्नेछौं। प्रतीक्षा गर्नुहोस्।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
संसद बैठक सुरु आइतबार, असार १, २०८२
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु आइतबार, असार १, २०८२
हेवा खोलाको बेलिब्रिज भाँचिएको बारे छानबिन समिति गठन आइतबार, असार १, २०८२
माओवादीले छेपारो झैँ रङ फेर्‍यो, सदन चल्न दिँदैनौँ : राप्रपा सचेतक शाही आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्