• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
चेक बाउन्स-५ : ठग्ने र ठगिने दुवै भिआइपी!
64x64
नारायण अधिकारी शनिबार, जेठ ११, २०७६  १३:००
1140x725

काठमाडौं- प्रदेश ४ प्रमुख बाबुराम कुँवरकी पत्नी सीता प्रसाईं हरेक हप्ताजसो महानगरीय प्रहरी प्रहरी परिसर टेकु धाउँछिन्। उनी प्रहरीकोमा यसरी धाउनुको कारणे हो, चेक बाउन्स।

लाखौं रकम बराबरको चेक बाउन्स भएको भन्दै उनले महानगरीय प्रहरी परिसरमा चेक बाउन्सको उजुरी दर्ता गराएकी छिन्। यसरी उनी हरके हप्ताजसो चेक बाउन्स भयो भन्दै प्रहरीको गएर उजुरीको फलो गर्ने गरेकी छिन्। आफू पीडित भएको बताउँछिन्।

निर्जला विमली सेढाईं, रमेशलाल राजभण्डारीलगायत आधा दर्जनभन्दा बढी व्यक्तिले आफूलाई ठगेको प्रसाईंको भनाइ छ। यसरी करोडभन्दा बढी ठगिएको भन्दै प्रसाईंले उजुरी दिएकी हुन्। 

प्रसाईं ठगिएको भनिएको भित्री कुरा भने निकै रहस्यमय छ। प्रहरी स्रोतका अनुसार उनले ढुकुटी खेलाउने, मिटर ब्याजमा रकम लगानी गर्ने गर्छिन्। उनले कानुन विपरीत ढुकुटी र मिटर ब्याजमा लगानी गर्ने गरेको सूचना पाए पनि प्रहरीले भिआइपी व्यक्ति भएकै कारण केही गर्न सकेको छैन।

ढुकुटी खेल्दा प्रसाईंबाटै लिएको चर्को ब्याज तिर्न नसकेको भन्दै केही समय पहिला केही व्यक्ति प्रहरीकोमा पनि पुगेका थिए। प्रहरीले प्रमाण नपुगेको भन्दै प्रसाईंलाई कारबाही गरेन। अहिले पनि उनी हरेक हप्ता चेक बाउन्स भयो भन्दै प्रहरीकोमा धाउने गर्छिन्।

यसरी भिआइपी व्यक्तिको आडमा बसेर प्रसाईंजस्ता धेरै व्यक्तिले चेक बाउन्स गराउने र माटो रकम असुल्ने गरेको पाइएको छ। व्यवहारिक रुपमा पीडित भनिएका नै ठग हुन्छन्। तर प्रमाणमा पीडित नै भएपछि प्रसाईजस्ता भिआइपी व्यक्तिले चेक बाउन्सको फाइदा उठाउँदै आएका काठमाडौं परिसरकै एक उच्च अधिकारी बताउँछन्।

चेक बाउन्सका अर्का भिआइपी पीडित हुन् पूर्व राजा वीरेन्द्र शाहसँग नाता जोडिएका व्यक्ति अन्नपूर्ण राणा। राणा वीरन्द्रकी छोरी सु्रतीकी नन्द हुन्। उनी पनि लाखौं रुपैयाँको चेक बाउन्स भएको भन्दै प्रहरीको धाउने गर्छिन्। यी भिआइपी चेक बाउन्स पीडितका नमूना मात्र हुन्। 

भिआइपी भएरै चेक बाउन्सको नाममा ठगी गर्ने पनि छन्। दोलखाका दिनेश कोइराला भिआइपीको नाम लिँदै ठगी गर्ने व्यक्ति हुन्। उनलाई चेक बाउन्स गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ समेत गरेको थियो। उनले आफू दोलखा कांग्रेसका पूर्वसभापति तारा कोइरालानिकट भन्दै ठगी गरेका थिए। उनी विरुद्ध १ करोड भन्दा बढी रकम ठगेको आरोप लागेको छ। पक्राउ परेका उनी धरौटीमा रिहा भइसकेका छन्।

Ncell 2
Ncell 2

उनले सर्वसाधारणदेखि भिआइपी व्यक्तिसम्मलाई ठगी गरेका छन्। पूर्वसेनापति प्याराजंग थापाका छोरा कवीरजंग थापा र प्रहरीका पूर्वअधिकृतलाई समेत उनले ठगी गरेको खुलेको थियो। 

चेक बाउन्सको आरोप खेप्ने अर्का भिआइपी व्यक्ति हुन् ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल। गौशालामा इडन गार्डेन स्कुल सञ्चालन गर्दै आएका नेपालले स्कुल भवनको भाडा भनेर दिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि घरबेटी नरेशकुमार न्यौपानेले प्रहरीमा उजुरी दिए। 

उनको उजुरीको आधारमा नेपाललाई वैशाख १० गते प्रहरीले पक्राउ गर्‍यो। तर यो आरोप सत्य नभएको नेपालको दाबी छ। उनले भनेका छन्, ‘भाडाबापत ६ लाख दिएको तर पछि ६ लाख रुपैयाँ नगद नै दिएर चेक फिर्ता गर्न भनेको थिएँ। चेक आज बिर्सिएँ। भोलि ल्याउँछु भनेर पछि चेक बाउन्स गरेर उल्टै फसाइयो।’ उनी वैशाख २७ गते २ लाख धरौटीमा रिहा भएका छन्। 

तर ६ लाख बाउन्स भयो भनेर उजुरी दिएका पीडितले भने रकम पाउन सकेका छैनन्।

त्यस्तै सबैभन्दा पछिल्लो चेक बाउन्सको भिआइपी घटना मोडल खुस्बु ओलीसँग सम्बन्धित छ। सप्तरीका गोपाल कटुवालले २ वर्षअघि ३६ लाख रुपैयाँ खुस्बुलाई दिएका थिए। उक्त रकम तिर्न भन्दै ३६ लाखको चेक खुस्बुले गोपाललाई दिएकी थिइन्। पछि चेक बाउन्स भएपछि गोपालले खुस्बुविरुद्ध जिल्ला अदालत काठमाडौंमा 'चेक अनादार'को मुद्दा दायर गरेका थिए।

सोही मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बु ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। फैसला अनुसार मोडेल ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालत काठमाडौँको ठहर छ।

तर ओलीले चेक बाउन्सको उजुरीबारे अदालतले आफूलाई कुनै सूचना नै नदिएको दाबी गरेकी छन्। ‘मैले यसबारे कोर्टबाट एउटा लेटर पनि पाएको छैन। म्यादका लागि पनि बोलाएको जानकारी छैन’ उनले भनिन्, ‘बैंकसँग पहिले नै कटआउट भएर मैले पत्र पनि पाइसकेको छु।’ अदालत गएर बाँकी प्रक्रिया चाल्ने उनको भनाइ छ।

त्यस्तै काठमाडौं तारकेश्वर नगरपालिकाका मनोहर तिवारी र सुनसरीका अनिल विश्वकर्माजस्ता चेक बाउन्सका ठूलो रकम ठगी गर्ने विरुद्ध पनि पटकपटक प्रहरीमा उजुरी पर्दै आएको छ। 

विश्वकर्माले ७ करोड रुपैयाँ र तिवारीले ४ करोड रुपैयाँ ठगी गरेको भन्दै केही समय अघि काठमाडौं प्रहरीमा उजुरी समेत परेको थियो। उनीहरु दुबै जनाले घरजग्गा कारोबार, मिटर ब्याजमा पैसा लगाउन भन्दै रकम उठाएर ठगी गर्ने र रकम फिर्ता गर्न भनेर दिएको चेक बाउन्स हुने गरेको थियो। 

यसरी पछिल्लो समय करोडौं रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै प्रहरीमा उजुरी पर्ने गरेको छ। यसबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले कार्यभार सम्हालेको केही दिनमै पत्रकार सम्मेलन गरेरै चेक बाउन्सका नाममा हुने विकृति प्रहरीले रोक्ने बताएका थिए। पत्रकार सम्मेलनमा उनले भनेका थिए ‘चेक बाउन्सका अधिकांश घटनामा मिटर ब्याज, ढुकुटी, घरजग्गा कारोबार र ठगीसँग जोडिने गरेको पाइएको छ। यसबारे  प्रहरीले सुक्ष्म निगरानी राखेर कारबाही गर्छ।’

यसरी चेक बाउन्सबाट पीडित हुने व्यक्ति सर्वसाधारण मात्रै छैनन्। यसबाट शिक्षित र भिआइपी भनिएका व्यक्ति नै पीडित बनेका उदाहरण धेरै छन्। त्यस्तै, ठगी गर्ने व्यक्ति पनि भिआइपी नै छन्। 

प्रहरीले चेक बाउन्सको मुद्दा हेर्न थालेपछि अधिकांश कारोबार चेकमार्फत हुने र विश्वासका लागि भन्दै खाली चेकमा समेत हस्ताक्षर गरेर दिने, मिटर ब्याजीले चेकमार्फत् रकम लेनदेन गर्ने र त्यसको दुरुपयोग गर्दै चेक बाउन्स हुने घटना नौला होइनन्।

यो पनिः 

चेक बाउन्स-१ : प्रहरी कार्यालयमा उजुरीका चाङ, अभियुक्तले भरिभराउ हिरासत

चेक बाउन्स-२ : ३५ लाखको चेक बैंकमै फालेर फरार, २ करोडको चेक प्रहरीलाई

चेक बाउन्स-३ : ८५ लाख ऋण दिएर २ करोड असुल्ने सहकारीको दाउ

चेक बाउन्स-४ : मोडल खुस्बुलाई ३ महिना कैद फैसला

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग आइतबार, असार १, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
संसद बैठक सुरु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्