• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
६९ वर्षीय फ्रान्सेली नागरिकको हर्कत : ७ पटकसम्म नेपाल, बालयौन दुराचार मुख्य ध्येय १९ वर्षअघि नै फ्रान्समा पक्राउ
64x64
नारायण अधिकारी आइतबार, वैशाख १, २०७६  १७:२३
1140x725

काठमाडौं- पछिल्लो समय विदेशी यौन दुराचारीको निशानामा नेपाली बालबालिका पर्दै गएका छन्। विभिन्न बाहानामा नेपाल भित्रिने र प्रलोभन देखाएर यौन दुराचार गर्ने क्रम बढ्दै गएको छ।

गत शुक्रबारमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक फ्रान्सेली नागरिकलाई यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ। यसअघि पनि दर्जनौं विदेशी नागरिक यौन दुराचारको आरोपमा पक्राउ परिसकेका छन्।

विदेशी नागरिकले बालबालिकालाई ललाई फकाई यौन दुराचार गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ डिडी ८०५१७ नम्बरका राहदानीबाहक ६९ वर्षीय फ्रान्सेली नागरिकलाई बालयौन दुराचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ। 

गत शुक्रबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित भगवतीस्थानमा रहेको एक होटलको पाँचौं तलाबाट सिआइबीले ६९ वर्षीय फ्रान्सेली नागरिक जार्जेस इगोर सिमास्कीलाई पक्राउ गरेको हो। जार्जेस र एक नेपाली बालक आपत्तिजनक अवस्थामा थिए। प्रहरीले बालकलाई उद्दार गरेर स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको थियो भने जार्जेसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। 

उनीविरुद्ध बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ।

उनको अपराध पुष्टि भएमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार कारबाही हुन्छ। दफा २२५ मा ‘बाल यौन दुराचार गर्न/गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बालयौन दुराचार गरेको मानिने,’उल्लेख गरिएको छ।

बालबालिकासँग कुनै किसिमको यौनजन्य व्यवहार गरेमा समेत यौन दुराचार मानिने संहितामा उल्लेख छ। बाल यौन दुराचारका घटनामा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

Ncell 2
Ncell 2

त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडितको उमेरका हिसाबले १० वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। पीडित बालबालिकालाई पीडकबाट क्षतिपूर्ति समेत भराउनु पर्ने उल्लेख छ। 

फ्रान्समा समेत यौन शोषण, ७ पटकसम्म नेपाल आउँदै यौन दुराचार
पक्राउ परेका जार्जेसले फ्रान्समा समेत बाल यौन दुराचार गरेको अनुसन्धानबाट खुल्न आएको छ। फ्रान्समा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर उनले आजभन्दा १९ वर्षअघि नै यौन दुराचार गरेका थिए। १९ वर्षअघि सन् २००० मा पनि फ्रान्स प्रहरीले उनलाई यौन दुराचार गरिरहेको बेला रंगेहात पक्राउ गरेको थियो।

फ्रान्समा बाल यौन दुराचारमा सजाय काटिसकेपछि भने उनले नेपाललाई गन्तव्य बनाएर बाल यौन दुराचार गर्ने गरेको पाइएको छ। उनी नेपालमा ७ पटकसम्म आएको अनुसन्धानबाट खुलेको छ। पहिलो पटक सन् २०१४ मे १० मा नेपाल प्रवेश गरेका जार्जेस त्यसपछि पटकपटक नेपाल आउँदै बालयौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ।

उनी पछिल्लो पटक भने सन् २०१९ फ्रेबुअरी २८ मा 'भिजिट भिसा'मा नेपाल आएका थिए। त्यसपछि उनले ‘म अनाथ बालबालिकालाई पढाउन सहयोग सहयोग गर्छु, भूकम्पका समयमा आउन पाइनँ, अहिले सहयोग गर्न आएको’ भन्दै प्रलोभन देखाएर बालयौन दुराचार गर्दै आएका थिए। 

अझ कतिपय बालबालिकालाई त फ्रान्स नै लैजाने भन्दै आश्वासन समेत देखाएका थिए। बालबालिकालाई विभिन्न सामान किनिदिने, घुमाउन लैजाने, खानेकुरा दिने, किताब कापी किनिदिनेलगायतका काम गर्दै आएका थिए। उनले बालबालिकाका परिवारलाई विश्वास र प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ।

उनले बालबालिकालाई उत्तजेनामा ल्याउने, पोर्न भिडियो देखाउने, नग्न फोटो भएका किताब तथा तस्बिर देखाउनेसमेत गरेको पाइएको छ। प्रहरीले उनका साथबाट कामसूत्र लेखिएको नग्न तस्बिर भएको एउटा पुस्तक समेत बरामद गरेको थियो। पोर्न भिडियो देखाउन प्रयोग गरिएको ट्याब, वाइनका बोतल पनि बरामद भएका थिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्