• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बाबु श्रीमतीको शव रुँग्दै भत्किएको घरमा, छोरो बुहारीको शव रुँग्दै अस्पतालमा जसले फोनमा थाहा पाए श्रीमतीको मृत्युको खबर
64x64
नारायण अधिकारी सोमबार, चैत १८, २०७५  २१:३०
1140x725

पत्नि र बुहारी गुमाएका रामसुरत दास मलीन मुद्रामा, नातिनीका साथमा। तस्बिर: निमेषजंग राई।


नारायण अधिकारी/फेटा,बारा- बाराको फेटा। बीचमा तन्नाले ओढाएर छोपिएको शव छ। वरपर मान्छेको भीड। कोही पर्पुरोमामा हात राखेका छन् त बाँकीको रुवावासी छ। कोही कराउँछन्।

राहतका लागि दिन लागिएको एक पोको चाउचाउ र बिस्कुट लिनका लागि पनि तँछाडमछाड छ।कसैलाई भने तीनै दृश्य क्यामेरामा कैद गर्न भ्याइनभ्याइ छ। यो दृश्य हो, बाराको फेटा गाउँपालिका-१ का भलुवहीको।

वरपका सबै घर हुरीका कारणा तहसनहस बनेका छन्। उखरमाउलो गर्मी छ। कोही कम्मरभन्दा माथि नांगै छन्। सेन्डो गन्जीमात्रै धेरै पुरुषका उपल्लो शरीर ढाक्ने वस्त्रका नाममा। बाँसको झाँडको जरै उखलिएको छ। फेटाको भलुवही उराठलाग्दो छ।

आइतबार साँझ आएको हावाहुरीले सखाप पारेको बाराको फेटा।


यसै त गाँउ सबै उजाड बनाएको छ, आइतबार साँझ आएको हावाहुरीले। त्यहीबीचको एक घरमा भने पीडाको सीमा छैन परिवारका जीवित सदस्यमा। एकै परिवारका सासु र बुहारीले ज्यान गुमाए हिजोकै हावाहुरीका कारण।

५५ वर्षीया सासु मोतिसरा देवीको हावाहुरीका कारण घटनास्थलमै ज्यान गयो। उनको कम्मरमा रड पसेको थियो। आमा बितेको पीडा मोतिसराको छोरा ३२ वर्षीय भीम दासमा छँदै थियो। 

Ncell 2
Ncell 2

उक्त समयमा उनले रुन समेत पाएनन्। आँसुलाई लुकाउँदै गोरखामा भएका बुबा तथा मृतक मोतिसराका श्रीमान् रामसुरत दासलाई राती नै फोन लगाए। आत्तिदै आमा बितेको खबर गर्दै घर बोलाए। 

आफ्नी श्रीमतीको मृत्यूको खबर। त्यो पनि फोनमार्फत्। छोराले जानकारी गराएपछि रामसुरत दासका नौनाडी गले। 'यस्तो पनि भयो होला र जस्तो लाग्थ्यो। होइन होला जस्तो लाग्थ्यो। छोराले भनेपनि विश्वास गर्न सकेको थिइनँ,' नेपाल लाइभ टोलीसँग उनले भने। उनको घर पुग्दा उनका अति मलीन देखिन्थे। 

मोतिसरा देवीको मृत्युपछि आफन्तको विरह।


विश्वास नगर्नुको विकल्प पनि थिएन। रामसुरत दास सुनाउँछन्। उज्यालो भएपछि गाउँ जाने गाडी चढे। 

हामीले रामसुरत दासको घरमा पुग्दा उनी आइसकेका रहेछन् गोरखाबाट। उनी गोरखामा बिजुलीका काम गर्छन्। आफ्नी श्रीमती मोतिसराको लास घरको भग्नावेशमा पुगेको पिँढीमा राखिएको थियो। वरपर झिँगा समेत भन्किन थालिसकेका थिए।

मोतिसरा देवीको शव रुग्दै आफन्त तथा छिमेकी।


तर त्यसको झण्डै १० मिटर पर उनका श्रीमान् रामसुरत दास २ वर्षीया नातिनीलाई काखी च्याप्दै मलिन अनुहार लिएर बसेका थिए। सायद रातभर र बिहानभर रुँदारूँदा उनका आँखाका आसुका सकिएका होलान्। त्यही भएर उनी मलिन मात्रै देखिन्थे। 

पत्नि र बुहारी गुमाएका रामसुरत दास मलीन मुद्रामा, नातिनीका साथमा।


घटना कसरी भयो भन्नेसम्म आफूले केही जानकारी नपाएको फोनमा छोराले हावाहुरीका कारण यस्तो भएको बताएपछि मात्रै थाहा पाएको उनले बताए।

गोरखाबाट २ बजे आफ्नो गाउँ ओर्लिएपछि पनि उनले आफ्नी मृतक श्रीमतीको लास हेर्न सकेका रहेनछन्। काखीमा च्यापेकी नातीनी रुँदै थिइन्। उनले मलीन स्वरमा नेपाल लाइभसँग श्रीमतीको शव हेर्न आफूले नसकेको बताए।

उता रामसुरतलाई श्रीमतीको मरेको खबर गर्ने छोरा भीम दासकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन्। उनलाई पर्साको नारायणी अस्पतालमा छोरा भीम दासले लगे। यता आमाको पीडामा रहेका भीमलाई अर्को बज्रपात परको थियो। आमा पनि गुमाउनु, श्रीमती पनि गम्भीर घाइते हुनु। पर्नु बज्रपात परेको थियो। तर परिस्थिति सामना गर्नुको विकल्प थिएन। 

आमा गुमाएको सबै पीडालाई बिर्सेर उनी श्रीमतीको उपचारमा खटिए। उनलाई लागेको थियो, आमा बिते पनि श्रीमती रेणुले साथ नछोड्लिन्। तर दैवको लीला कस्ले टार्न सक्थ्यो र? दैवले उनलाई झन् ठुलो दशामा हुत्यायो।

सोमबार बिहानीपख अस्पतालका डाक्टरले रेणुलाई मृत घोषणा गरे।

भीम उता एक वर्षीय छोरालाई काखी च्यापेर वीरगञ्जमा श्रीमतीको शव कुरेका कुर्‍यै छन्। उनका बाबु यता २ वर्षीया नातीनी काखी च्यापेर आफ्नी श्रीमतीको लास रुँघेका छन्। 

छिमेकी हरिशंकर दास भन्छन्,' सबैभन्दा पीडामा या परिवार छ सर। यस्तो पीडिा कसैलाई नहोस्। बिचरा! गरिब मान्छे ज्यामी र खेतीपाती गरेर खाने मान्छे। उसैलाई यस्तो परो,' नेपाल लाइभसँग यति भनेका छिमेकी हरिशंकर थप कुरा बोल्न खोज्दै थिए तर उनको गला अवरुद्ध भयो।

मोतिसराको घर पूर्ण रुपमा भत्किएपछि तत्कालै उद्दारमा स्थानीयबासी खटिएका थिए। तर मोतिसरालाई बचाउन सकेनन्। उनको कम्मरमा रड पसिसकेको थियो।

टाउको कम्मर र खुट्टामा चोट लागेकी मोतिसराले पीडा सहन सकिनन्। बरु त्यही पीडाकै साथमा परलोक भइन्। 

उनी त गइन्। तर परिवारमा झन् पीडादायी अवस्था सिर्जना भयो। परिवारकी अर्की सदस्य उनकै बुहारीको पनि अन्तत मृत्यु भयो।

अब रामसुरत दाससँग छोरा भीम, एक वर्षीय नाती र २ वर्षीया नातिनी मात्रै छन्। अबको भविष्य के हुने हो उनी आफैंलाई थाहा छैन। उनले कुनै प्रतिक्रिया जनाउन सकेका छैनन्। 

सबै तस्बिरः निमेषजंग राई

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्