काठमाडौं – एसीसी १६ वर्ष मुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार आज बिहान पौने ८ बजे खेल शुरु हुनेछ । नेपाल तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
नेपालले सिंगाापुरलाई छ, जापानलाई नौ र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।
यस्तै, समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ए मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै, समूह बी मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेलहरु बिहीबारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुने तालिका छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।