काठमाडौँ – नेपाली पुरुष फुटबल टोलीले एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै छ । खेल लाओसको ‘न्यु लाओस नेसनल रंगशाला’मा साँझ पौने ६ बजे सुरु हुनेछ ।
तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भने बराबरी खेलेको छ ।
एसियन कप २०२७ को तेस्रो चरणको यो छनोट निर्णायक मानिएको छ । समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । त्यस्तै, लाओस भियतनामसँग ५–० ले पराजित भएको छ ।
नेपालका प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । किरणले लाओसलाई कमजोर ठान्न नहुने बताउँदै सतर्कता अपनाउनुपर्ने पनि बताए ।
नेपालले तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै ३७ वर्षपछि पहिलोपटक फिफा वरीयतामा माथिल्लो टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाल र लाओसबीचको प्रतिस्पर्धा सन् २०१६ देखि सुरु भएको हो । पछिल्लो भेट सन् २०२३ अक्टोबरमा विश्वकप छनोटमा भएको थियो, जहाँ नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।