काठमाडौँ– प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
बैठक सुरू हुनासाथ विपक्षीले उठेर अवरोध गरे। सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उनीहरूले मानेनन्।
गृहमन्त्रीले पनि बोल्नको लागि समय मागेको भन्दै बैठक चलाएर सहयोग गर्न सभामुखले आग्रह गरे।
विरोध कायमै राखेपछि सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन्।
विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।