• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित, उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ प्रतिबद्धता
64x64
नेपाल लाइभ बुधबार, जेठ २१, २०८२  १४:५०
1140x725

एजेन्सी– दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। 

दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन्। 
 
मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका छन्। निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका छन्। 

किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पराजय भएको बताएका छन्। निर्वाचित भएलगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी बुधबार औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन्। उनले प्योङयाङको उक्साहटविरूद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरे। 

उनले भने, ‘हामी विभाजन र युद्धको घाउ निको पार्नेछौं र शान्ति र समृद्धिको भविष्य स्थापित गर्नेछौं। जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो।’ उनले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने र वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताए। 

अमेरिकाले दक्षिण कोरियाको महत्त्वपूर्ण स्टील र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाउने तयारी गरिरहेका समय करको घोषणा गर्नुभन्दा केही घण्टाअघि लीले पदभार ग्रहण गरेका छन्। ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचनाजस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ,’ लीले भने।

Ncell 2
Ncell 2

दक्षिण कोरियाको स्टक बजार र मुद्राले चुनावको नतिजाप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ। बुधबार मुख्य स्टक बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ। 

महत्त्वपूर्ण प्रस्थान

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले उत्तर कोरियाबारे लीको टिप्पणी उनका पूर्ववर्ती युनको टिप्पणीभन्दा ‘महत्त्वपूर्ण प्रस्थान’ भएको बताएका छन्। होङले एएफपीसँग भने, ‘यसले वार्ताको माध्यमबाट असहमति समाधान गर्ने उहाँको इच्छालाई सङ्केत गर्छ।’ प्योङयाङले कस्तो प्रतिक्रिया जनाउँछ त्यो हेर्न बाँकी नै छ, तर लीले उत्तर कोरियाप्रति फरक दृष्टिकोण देखाएको उनको भनाइ छ। 

युनले नागरिक शासनलाई निलम्बन गर्ने प्रयास गरेको रात सशस्त्र सेना तैनाथ गरेक स्थान नेसनल एसेम्ब्ली (प्रतिनिधि सभा) मा लीले एक सामान्य उद्घाटन समारोह आयोजना गरेका छन्। नियमित रूपमा निर्धारित निर्वाचनपछि आयोजना हुने ठूला सभा वा कार्यक्रमहरूको विपरीत बुधबारको उद्धघाटन समारोहमा अतिथिहरूको पातलो उपस्थित भएको थियो।  

राष्ट्रपति पद तथा गोपनीयताको शपथपछि उनले कार्यालय राष्ट्रपतिको चिफ अफ स्टाफ, प्रधानमन्त्री र नेसनल इन्टेलिजेन्स सर्भिसको निर्देशकको रूपमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा केन्द्रित रहेर निकटस्थहरूसँग छलफल गर्नेछन्। यस दिनको अन्त्यमा विश्वका नेताहरूबाट बधाई फोन कलहरूको हुलहुज्जत हुने अपेक्षा गरिएको छ, जसमा ट्रम्प लाइनमा पहिलो हुने सम्भावना छ। उनको निर्वाचनप्रति खुशी व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी विदेशमन्त्री मार्को रूबियाले बधाइ ज्ञापन गरेका छन्। 

ट्रम्पका उच्च कूटनीतिज्ञ मार्को रुबियोले ‘साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’लाई उद्धृत गर्दै एक वक्तव्यमा सियोलसँग वासिङ्टनको गठबन्धन ‘मजबूत’ रहेको बताएका छन्। लीको दलले पहिले नै संसदीय बहुमत प्राप्त गरिसकेको छ यसको अर्थ उनी आफ्नो विधायिकी एजेन्डा पूरा गर्न आगामी तीन वर्षका लागि सुरक्षित र सक्षम हुनेछन्।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या
आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता, अनुमति बिनै ठूलो कार्यक्रम गरेको आरोप
काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण
सम्बन्धित सामग्री
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र एलन मस्कबीचको सम्बन्धमा तनाव, एकले अर्काको आलोचना अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच फोन वार्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई दुई देशबीचको सम्बन्धको विशाल जहाजको दिशा सुधार गर्न... शुक्रबार, जेठ २३, २०८२
ताजा समाचारसबै
सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या शुक्रबार, जेठ २३, २०८२
आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता, अनुमति बिनै ठूलो कार्यक्रम गरेको आरोप शुक्रबार, जेठ २३, २०८२
काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र एलन मस्कबीचको सम्बन्धमा तनाव, एकले अर्काको आलोचना शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
पुटिनसँग फोनमा कुरा गरेपछि युक्रेनलाई ट्रम्पले दिए यस्तो चेतावनी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्