काठमाडौँ – सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबिच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको छ ।
काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा.डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो ।
दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको समझदारी पत्रमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने उल्लेख छ ।
समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहनेछ । यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।