काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरेका छन्।
आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो। छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन्।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए।
‘बिहान महामन्त्रीज्यूसँग कुराकानी गर्नुभयो। ४ बजे अन्य शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ,’ मुख्यसचिव पौडेलले भने। उनले शीर्ष नेताबिच समसामयिक राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।