काठमाडौं–जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट थुनुवा भागेका छन्।
बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन्।
प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए।
ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन्।
प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।