काठमाडौं–साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ।
लगातारको गिरावटपछि सोमबार ३ अंकले बढेको नेप्सेमा उछाल आएको हो।
साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से ५३ अंकले वृद्धि भएको हो। यसअघि लगातार ६ दिनसम्म गिरावट हुँदा नेप्सेमा ४८ अंक घटेको थियो। आज बढेसँगै नेप्से २६८१ विन्दुमा पुगेको छ।
नेप्सेमा मंगलबार भएको कारोबारमध्ये २२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १५ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको मूल्य स्थिर भएको छ।
कारोबारका आधारमा आज पाँच कम्पनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्कर्टन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै, आज बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले गिरावट आएको हो।
आज सात अर्ब ३१ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा केही कम हो। सरकारले प्रा.डा. विश्व पौडेल गभर्नर बनाउने निश्चित भएसँसै सेयर बजारमा हरियाली भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।