काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताए। देश कंगाल बनाउने काम राजाहरु गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने- ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन। यो देश कंगाल बनाउने त यिनीहरु हुन् त। अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ। तथ्यांक, आँकडाले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला। त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनैपर्छ। देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ। यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा।’
प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको बताए। उनले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।