काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारपञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ । पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा भइरहेको सुरक्षाको कारण देखाउँदै खेल रोकिएको हो ।
मैदानका सबै फ्लडलाइट निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो । खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो । प्रभसिमरन सिंह र श्रेयस् अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए । खेल रद्द भएसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन् ।
यस अघि पाकिस्तानले पाकिस्तान सुपर लिग अन्तर्गत कराचीँ किङ्स र पेसावर बिचको खेल रोकेको थियो । भारत र पाकिस्तान बिच बढ्दो तनाव युद्धमा परिणत भए संगै दुई देशले एक अर्कोलाई आक्रमण गरीरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।