काठमाडौं– भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् ।
‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’, उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’
कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ ।
भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।