काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटेको जग्गा विक्री भएको प्रकरणमा अख्तियारले माधव नेपालसँग लिएको बयानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध भनेका हुन्।
उनले यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भनेर प्रश्न गरेका हुन्।
‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं’, सांसद झा ले मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर भनेका छन्।
‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?’ सांसद झाले भने।
अख्तियारले हालै पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको बयान लिइएको सार्वजनिक भएको छ। २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिइएको थियो।
हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमति दिने अर्को निर्णय पनि पनि सोही सरकारले गरेको र हदबन्दी छुटको सो जग्गामा ‘काष्ठमण्डप बिजनेश होम्स’ले प्लटिङ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।