काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ ।
‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समिति सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’
प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ ।
‘दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न अलिकति समय माग गर्ने तयारी छ,’ उनले भने ।
सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने भएको छ ।
विधेयकमा १६३ दफा छ । १ हजार ७५८ वटा संशोधन थियो । समितिले ७ प्रदेशको प्रतिवेदन पनि तयार पारेको थियो । विधेयक, संशोधन, प्रतिवेदन र विज्ञहरूको सुझावलाई एकीकृत गरेर उपसमितिले दवाफार छलफल गरेको हो ।
आगामी १५ असारभित्र ऐन जारी गर्ने गरी सरकारले शिक्षक महासंघसँग सहमति गरेको छ । सोही अनुसार विधेयकको दफावार द्रुत गतिमा छलफल भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।