काठमाडौं –अमेरिकी डिभी चिठ्ठा (डाइर्भसिटी भिसा)को नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् ।
गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो । वेबसाइटमा गएर यसअघि फाराम भर्दा उपलब्ध कन्फर्मेशन नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।