काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेसँग एकता हुँदैछ भनेर चलेको हल्लाको कुनै सत्यता नभएको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्ने काम अपराध थियो भनेर माफी नमागेसम्म एकता हुन नसक्ने बताए ।
उनले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन ।’
बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएको तर त्यसलाई तोडमोड गरेर केहीले माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।