सुर्खेत –सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो । घटना शनिबार बिहानै भएको र त्यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।