काठमाडौँ – गएको चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।