• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
64x64
किशोर दहाल सोमबार, वैशाख १०, २०८१  १५:३७
1140x725

काठमाडौं- वैशाख ६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भए- दीर्घबहादुर सोडारी। सो प्रदेशमा सोडारीको दल नेकपा एकीकृत समाजवादी पाँचौँ ठूलो दल हो। २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ५३ सिटमध्ये एकीकृत समाजवादीले केवल ४ सिट जितेको थियो। त्यहाँ कांग्रेसले १९, माओवादी केन्द्रले ११, एमालेले १०, नागरिक उन्मुक्ति पार्टीले ७, राप्रपाले १ र स्वतन्त्र उम्मेदवार (तारा जोशी)ले १ सिट जितेका थिए।

फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सत्ता सञ्चालनका लागि गठबन्धन परिवर्तन गरेका थिए। त्यसको असर सुदूरपश्चिम लगायत सातै प्रदेशमा परेको थियो। परिणामतः यस प्रदेशको नेतृत्वबाट कांग्रेसका कमलबहादुर शाह विस्थापित भएका थिए। नयाँ मुख्यमन्त्रीका रुपमा चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी र पाँचौं ठूलो दल एकीकृत समाजवादीको दाबी थियो।

गत चैत २३ गते प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि वैशाख २ गतेसम्मको समय दिएर आह्वान गरेका थिए। वैशाख २ मा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश भएको थियो। तर दुईमध्ये एउटालाई मुख्यमन्त्री नियुक्त गर्ने हो भने संघीय सरकारदेखि अन्य प्रदेशको सरकारमा पनि असर पर्ने एकीकृत समाजवादीको चेतावनीपछि वैशाख ४ मा पुनः नयाँ प्रक्रिया सुरु गरिएको थियो। एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिनका लागि पुनः आह्वान गरियो। जसअनुसार वैशाख ६ मा एकीकृत समाजवादीका सोडारीले दाबी पेश गरेका थिए।

यस प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति रहेको नेताहरूको भनाइ छ। अहिलेकै गठबन्धन कायम रहिरह्यो र आलोपालोको सहमति पालना भयो भने पाँचौँबाट चौथो ठूलो दलले सरकारको नेतृत्व गर्ने छ।

सुदूरपश्चिम प्रदेश मात्रै होइन, सात वटै प्रदेशमा अहिले 'साना दल'को नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। कोशीमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस दोस्रो ठूलो दल हो। मधेसमा सरकारको नेतृत्व गरिरहेको जसपा तेस्रो ठूलो दल हो। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र, एमाले, माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी ती प्रदेशका क्रमशः तेस्रो, दोस्रो, तेस्रो, तेस्रो र पाँचौँ ठूला दल हुन्।

प्रदेश सरकारमा मात्रै होइन, संघीय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र समेत प्रतिनिधि सभाको तेस्रो ठूलो दल हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रसँग प्रतिनिधि सभाको २७५ सिटमध्ये केवल ३२ सिट छ। त्यो भनेको १२ प्रतिशतभन्दा पनि कम हो। तर उनी प्रधानमन्त्री बन्न सफल भए। त्यसो त, २०७९ मंसिरमा निर्वाचन भएपछि सानो दलले सरकारको नेतृत्व गर्ने क्रम नै संघीय सरकारबाट सुरु भएको हो। 

संघीय सरकारमा कमजोर दलहरूको नेतृत्वमा गठन हुनुमा स्थानीयभन्दा भूराजनीतिक कारण रहेको बताउँछन्, संविधानविद् विपिन अधिकारी। 'जसलाई शासन गर्ने म्यान्डेट छ, उसैलाई सरकारको नेतृत्व दिइयो भने उसले आफूले चाहेको नीति तथा कार्यक्रम लागू गर्छ। तर, कमजोरहरूको हुल बनाइयो भने विदेशीहरूले उनीहरूलाई सञ्चालन गर्न सजिलो हुन्छ भन्ने आधारमा यस्तो भइरहेको देखिन्छ', नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, 'स्थानीय कारणचाहिँ लोभ, मोह र सत्ताले राजनीतिक संस्कृतिलाई जितेको हुनाले यस्तो भएको हो।'

प्रदेशहरूको हकमा चाहिँ संघमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको स्वार्थले काम गरेको अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2

हुन त संसदीय व्यवस्था भनेकै प्रतिनिधि सभा (प्रदेशमा- प्रदेश सभा) को विश्वास जित्न सक्ने व्यक्तिले सरकारको नेतृत्व गर्ने भन्ने अवधारणा हो। संसदीय व्यवस्था अपनाएका विश्वका कैयौं देशमा बेलाबखत साना दलले सरकारको नेतृत्व गरेको पाइन्छ। तर, नेपालमा भने यो नियमित आकस्मिकता जस्तो बन्न पुगेको छ। खासगरी, प्रतिनिधि सभाका पहिलो र दोस्रो दलबीच सहज सम्बन्ध नभएका बेलामा, बहुमतका लागि तेस्रो लगायतका साना दलको सहयोग अनिवार्य हुने अवस्थामा सरकारको नेतृत्व नै तेस्रो दलको हातमा पुग्ने गरेको छ। जसले गर्दा संसद्मा पहिलो दल हुनुभन्दा तेस्रो दल हुनु बढी लाभदायक देखिन थालेको छ। अहिले नै पनि, संघ र प्रदेशका आठ सरकारमध्ये पाँच वटा त तेस्रो ठूलो दलको नेतृत्वमा छ।

२०५१ को मध्यावधिपछि जब सरकार गठनका लागि तेस्रो ठूलो दल राप्रपा अनिवार्य हुने स्थिति आयो, पहिलो र दोस्रो ठूलो दल एमाले र कांग्रेसले एक अर्कालाई रोक्न राप्रपालाई सरकारको नेतृत्व सुम्पिएका थिए। त्यतिबेला एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द र कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनपछि तेस्रो ठूलो दलले लाभ उठाउने क्रम तीव्र भएको छ। जसअनुसार, पहिलो संविधान सभाको कार्यकालमा तेस्रो ठूलो दल एमालेको तर्फबाट माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए। २०७२ मा संविधान जारी एक वर्ष नबित्दै, रुपान्तरित व्यवस्थापिका संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए। नेपाल, खनाल र प्रचण्डले त्यतिबेला संसद्भित्रको उथलपुथलबाट हठात् लाभ लिएका थिए। २०७९ को निर्वाचनपछि भने सुरुमै प्रचण्डले लाभ लिए।

पहिलो र दोस्रो ठूलो दलले तेस्रो लगायतका दललाई सारथिको रुपमा लिनुभन्दा पनि उसको महत्त्वाकांक्षालाई उकासेर प्रधानमन्त्री पद अफर गर्ने र तत्कालीन सत्ता गठबन्धन ढालेर आफू सम्मिलत सत्ता गठबन्धन बनाउने गरेका छन्। जसको लाभ तेस्रो ठूलो दलले लिने गरेको छ।

यसरी संघदेखि प्रदेशसम्म तेस्रो दलले लाभ लिन सक्नुमा राजनीतिक संस्कृतिको अभाव हुनु नै कारण रहेको संविधानविद् अधिकारीको भनाइ छ। भन्छन्, 'यदि संघमा जनतामा म्यान्डेट अनुसारको शासन हुने हो भने त्यसको प्रभाव तत्कालै प्रदेशहरूमा पनि पर्न सक्छ। तर त्यसो हुन सकेको छैन।'

नेपालले अपनाएको संसदीय व्यवस्थामा भने गडबडी नरहेको संविधानविद् अधिकारीको भनाइ छ। 'व्यवस्थामा गडबडी छैन। राजनीतिक संस्कृतिमा गडबडी भएको हो', उनी थप्छन्, 'निर्वाचनको उद्देश्य कुन राजनीतिक दलले जनताको अत्यधिक प्रतिनिधित्व गर्दछ, उसैले शासन गर्ने भन्ने हो। तर अब अत्यधिक प्रतिनिधित्व गर्ने पार्टीहरू पाखामा बस्ने र साना पार्टीहरूले शासन गर्ने पद्धति सुरु भएको छ।'

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
टिप्पणी : २०४७ पछिका प्रकरणको छानबिन प्रस्तावबारे तीन बुँदा
सम्बन्धित सामग्री
बागमती प्रदेशसभा बैठक सुरु सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमति हुन नसक्दा पटक पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले 'कम्प्रमाइज' गरेपछि सु... मंगलबार, जेठ ६, २०८२
सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए... मंगलबार, जेठ ६, २०८२
देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो। मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सेयर बजारमा हरियाली मंगलबार, जेठ ६, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्