काठमाडौँ–गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्र्रिया कार्यक्रमलाई उहाँले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखिएको बताएका हुन् ।
“सूचना दिने हाम्रो कर्तव्य हो, सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो, सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन”, उनले भने, “कतिपय सूचना गोपनीयतासँग जोडिएका हुन्छन्, ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन्, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्, अब ती सूचना पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छाड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”
उनले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताए। “संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु”, मन्त्री लेखकले भने, “गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।