• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
नेपालबाट सर्वाधिक निर्यात हुने २० वस्तुः पाम तेल ६९ प्रतिशतले घट्यो, अदुवा ५० प्रतिशतले बढ्यो
64x64
कल्पना घिमिरे मंगलबार, चैत २७, २०८०  २०:०६
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को फागुन मसान्तसम्म (८ महिना) ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ। जसमध्ये १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

जसअनुसार ९१ प्रतिशतको आयात हुँदा ९ प्रतिशत मात्रै निर्यात भएको विभागको तथ्यांकले देखाउँछ। जसले गर्दा देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ बराबर रहेको छ।

निर्यात भएको ९ प्रतिशत हिस्सामा कस्ता कस्ता वस्तु विदेशी मूलुकमा निर्यात हुने गर्दछन् त? जसमध्ये सर्वाधिक निर्यात हुने २० वस्तुको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपालबाट बाहिरी मुलुकमा धेरै निर्यात हुने वस्तुमा जस्तापाता, पोलिस्टार धागो, उलन कार्पेट, अलैँची लगायतका वस्तु रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ।

यी हुन् विदेशमा सर्वाधिक निर्यात हुने २० वस्तु

 

वस्तु

 निर्यात रकम     (रुपैयाँमा)

जस्ता पाता

Ncell 2
Ncell 2

७  अर्ब ९७ करोड ४९ लाख

पोलिस्टर धागो

७  अर्ब १४ करोड ८० लाख

उलन कार्पेट

६ अर्ब ९२ करोड  ८० लाख

जुस

५ अर्ब २८ करोड ६५ लाख

अलैची

५ अर्ब १७ करोड  ४६ लाख

प्लास्टिक बोर्ड

४ अर्ब ९३ करोड ९८ लाख

जुट

४ अर्ब ७६ करोड ७४ लाख

पाम तेल

४ अर्ब ६३ करोड ३० लाख

रेडिमेड कपडा

४ अर्ब २४ करोड ६८ लाख

चिया

२ अर्ब ४५ करोड २९ लाख

पस्मिना

२ अर्ब २ करोड २९ लाख

पिना

१ अर्ब ९२ करोड १४ लाख

बुनेका कपडा

१ अर्ब ६७ करोड ९४ लाख

जडिबुटि

१ अर्ब ३५ करोड २६ लाख

चाउचाउ

१ अर्ब ३३ करोड १३ लाख

आयुर्वेदिक औषधी

१ अर्ब १७ करोड २४ लाख

अदुवा

९८ करोड ३५ लाख

जुत्ता ÷ चप्पल

८४ करोड ६७ लाख

स्रोतः नेपाल राष्ट्र बैंक 
चालू वर्षको फागुन मसान्तसम्ममा ७ अर्ब ९७ करोड ४९ लाख रुपैयाँको जस्तापाता निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। यो गत वर्षको तुलनामा ७४.८ प्रतिशतले निर्यात बढेको छ। गत वर्ष (२०७९/०८०)को सोहि अवधिमा ४ खर्ब ५६ करोड २८ लाख रुपैयाँको जस्तापाता निर्यात भएको थियो।

यस्तै अदुवा निर्यात ५०.४ प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको फागुन मसान्तसम्ममा ९८ करोड ३५ लाख रुपैयाँको अदुवा निर्यात भएको छ। गत वर्षको यसै अवधिमा ६५ करोड ३७ लाख रुपैयाँको मात्रै अदुवा निर्यात भएको थियो।

यस्तै चालू वर्ष ८ महिनामा पोलिस्टर याम, थ्रेड (पोलिस्टर धागो)को निर्यात ६.३ प्रतिशतले बढेको छ। ७ अर्ब १४ करोड ८० लाख रुपैयाँको निर्यात भएको छ। गत वर्ष पोलिस्टर धागो ६ अर्ब ७२ करोड ४६ लाख रुपैयाँको निर्यात भएको थियो।

यस्तै जुस निर्यात ३८.४ प्रतिशतले बढेको छ। ५ अर्ब २८ करोड ६५ लाख रुपैयाँको जुस निर्यात भएको छ। गत वर्षको सोही अवधिमा यस्तो जुस ३ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो।

६९.५ प्रतिशतले पाम तेल निर्यातमा गिरावट
पाम तेल निर्यात पछिल्लो समय निरन्तर रुपमा खस्किँदै गएको छ। चालू वर्षको फागुन ६९.५ प्रतिशतले पाम तेल निर्यातमा गिरावट आएको छ। फागुन मसान्तसम्ममा उक्त तेल ४ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा पाम तेल १५ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। 

उलन कार्पेट निर्यात भने यो वर्ष खस्किएको छ।

८ महिनामा उलन कार्पेट ६ अर्ब ९२ करोड ८० लाख रुपैयाँको निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको उलन कार्पेट निर्यात भएको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्षको ८ महिनामा ५ अर्ब १७ करोड ४६ लाख रुपैयाँको अलैँची निर्यात भएको छ। गत वर्षको सोहि अवधिमा ५ अर्ब ८४ करोड ४५ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो। जसअनुसार गत वर्षको सोहि अवधिको तुलनामा यस वर्ष ११.५ प्रतिशतले निर्यातमा गिरावट आएको छ।

यी हुन् सर्वाधिक आयात हुने 
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा १ खर्ब ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्षको यसै अवधिको तुलनामा ६.१ प्रतिशतले पेट्रोलिय पदार्थको आयात घटेको छ।

मेसिनरी पार्ट्सको आयातमा ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ। यसबाहेक, सवारी साधनको पार्टपुर्जा आयात समेत ४७ अर्ब १५ करोड रुपैयाँको भएको छ। गत वर्ष तुलनामा सवारी साधनको आयात १७ प्रतिशतले बढेको देखिन्छ।

सोही अवधिमा नेपालमा २९ अर्ब ५८ करोड रुपैयाँको औषधी आयात भएको छ। गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा ५.१ प्रतिशतले आयात खुम्चिएको छ। यसबाहेक, यो अवधिमा २५ अर्ब ९१ करोड रुपैयाँको फलामजन्य वस्तु (स्पन्ज आइरन) आयात भएको छ। जसमा गत वर्षको तुलनामा ३ प्रतिशतको गिरावट आएको छ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको ६ नम्बरमा दूरसञ्चार उपकरण पर्छ। दूरसञ्चार क्षेत्रका उपकरणको आयातमा २५ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्षको आयातको तुलनामा २.८ प्रतिशतले बढेको बैंकको तथ्यांकले देखाएको छ। रेडिमेट कपडा २३ अर्ब रुपैयाँभन्दा बढीको रेडिमेट गार्मेन्ट आयात भएको छ। यी वस्तुको आयातमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ। विद्युतीय सामाग्री २२ अर्ब ७६ करोड, रासायनिक मल २१ अर्ब  र २० अर्बभन्दा बढीको टेक्सटायल आयात भएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको... शनिबार, जेठ २४, २०८२
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्